jhapaonline add

झापा, २९ पुस । नेपालका कोच समुदायले आज भाक्का दिवस भव्यताका साथ मनाएका छन् । यहाँका कोच समुदायले विगत सात वर्षदेखि पुस २९ गते भाक्का दिवस मनाउँदै आएका छन् । कोच राजवंशी समुदायको लोक परिकार तथा सांस्कृतिक उत्सवका रुपमा दिवस मनाउन थालिएको राजवंशी समाज विकास समितिका केन्द्रीय अध्यक्ष अभय राजवंशीले जानकारी दिनुभयो ।“परम्परागत परिकारको संरक्षण गर्नुका साथै खाना पर्यटनको विकास गर्न पनि दिवस मनाउँदै आएका छौं”, उहाँले भन्नुभयो, “आदिवासी जनजाति समुदाय राजवंशीमा भाक्काको विशेष महत्व छ ।” झापाको बिर्तामोड, भद्रपुर, राजगढ, मोरङ र सुनसरीका विभिन्न स्थानमा भाक्का दिवसको अवसरमा विविध कार्यक्रम गरिँदै छ । जसमध्ये झापाको बिर्तामोडस्थित डोमालाल रंगशालामा राजवंशी…

Read More

भद्रपुर, २९ पुस । जिल्ला कारागार झापामा रहेका कैदीका लागि पुस्तक तथा खेलकुद सामग्री हस्तान्तरण गरिएको छ । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घको १८ स्थापना दिवसको अवसरमा शनिबार कैद भुक्तान गरिरहेका कैदीहरुको पठन संस्कृतिको विकासका लागि पुस्तक हस्तान्तरण गरिएको नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ झापाले जनाएको छ । जिल्लाका विभिन्न पुस्तक तथा स्टेसनरी व्यवसायीबाट संकलित १ लाख ५२ हजार ६३६ बराबरको पुस्तक, स्टेसनरी र खेल सामग्री कैदीलाई प्रदान गरिएको महासङ्घ झापाले जनाएको छ । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ झापाका पदाधिकारीले कारागार भित्रै एक कार्यक्रमको आयोजना गरी कैदीलाई पुस्तक प्रदान गरेको हुन् । व्यवसायीले प्रदान गरेको पुस्तक…

Read More

बनियानी, २९ पुस । झापाको शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकामा भएको दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । शिवसताक्षीमा कार र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जना र कमलमा दुई वटा मोटरसाइकल र एउटा स्कुटर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको हो । ती दुवै दुर्घटनामा आठ जना घाइते भएका छन् । शिवसताक्षी–१० सैनिक चौकस्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आइरहेको बा १४ च ६६०३ न.को कार र विपरीत दिशाबाट आइरहेको मे १० प ७२१२ न.को मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक दमक–९ का २३ वर्षीय अनुप ढकालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो…

Read More

झापा, २९ पुस । झापाको बह्रदशी गाउँपालिका–१ स्थित भागुडुब्बामा विपन्न समुदायका ज्येष्ठ नागरिकलाई न्यानो ब्लाङ्केट वितरण गर्नुका साथै उनीहरुलाई मिष्ठान्न भोजन गराइएको छ । बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना तथा मानवीय उद्धार सेवा केन्द्र नेपालको सहकार्यमा १ सय जना बढी ज्येष्ठ नागरिकलाई न्यानो ब्लाङ्केट वितरण गरिनुका साथै मिष्ठान्न भोजन गराइएको हो । सिम्रिक साकोसले सामाजिक उत्तरदायित्व अन्तरगत शनिबार बाह्रदशी १ मा रहेको जेष्ठ नागरिक भवनमा एक कार्यक्रमको आयोजना गरी झापा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य राजेन्द्र प्रसाद लिङ्देनको प्रमुख आतिथ्यतामा ब्लाङ्केट वितरण गरेको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रतिनिधि सभा…

Read More

झापा, २९ पुस । झापाको बुद्धशान्ति गाउँपालिका–७ निवासी अभिषेक बिककी श्रीमती इन्दिरा नेपाली पाँचथरको फिदिममा मृत अवस्थामा भेटिएकी छन् । फिदिम–२ पल्लोटारमा माइत गएकी नेपाली सदरमुकाम फिदिम नगरपालिका–४ स्थित गढीमा शनिबार बिहान ७ बजे मृत भेटिएकी हुन् ।आहालगैरीदेखि क्याम्पसमोड जाने बाटोमा नवनिर्मित रिञ्जी शेर्पाको घर अगाडि बाटोको भित्तामा शव भेटिएको प्रहरीले जनाएको छ । सडक छेउको डिलदेखि झर्दा नेपालीको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । शव पोस्टमार्टमका लागि पाँचथर अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी सुमित कुशवाहले बताए । घटनाका विषयमा अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ ।

Read More

झापा, २९ पुस । जङ्गली हात्तीले झापाका दुई र मोरङको एक स्थानमा छावा जन्माएर हुर्काइरहेको छन् । संरक्षणविद्हरुका अनुसार नवजात छावा साथमा हुँदा हात्ती अरूबेलाभन्दा बढी आक्रामक हुने गर्छन् । त्यसैले उनीहरूको समीप जान हुँदैन । झापाको बुद्धशान्ति गाउँपालिका–५ स्थित पाँचपोखरी सामुदायिक वन र कनकाई नगरपालिका–२ सुकेडाँगी सामुदायिक वन क्षेत्रमा दुईवटा छावा जन्मिएका वन डिभिजन कार्यालयका प्रमुख मेघराज राईले बताए । “पाँचपोखरी र सुकेडाँगी वन क्षेत्रमा मङ्सिर महिनातिर दुईवटा छावा जन्मिएको सूचना हामीले पाएका छौँ,” उनले भने, “भर्खर जन्मिएका सन्तानलाई हात्तीले हूल बाँधेर सुरक्षा दिने हुँदा छावा जताजता जान्छ उतैतिर हात्तीको बथान गइरहेको छ ।” छावालाई असुरक्षा नहोस् भनेर माउ…

Read More

ओखलढुङ्गा, २८ पुस । प्रदेशस्तरीय अन्तरपालिका स्तरीय अध्यक्ष कपको उपाधि माङ्सेबुङ गाउँपालिका इलामले जितेको छ । मानेभञ्ज्याङ गाउँपालिकाको आयोजनामा सञ्चालित अन्तरपालिकास्तरीय अध्यक्ष कप फुटबलमा माङ्सेबुङ गाउँपालिकाले आयोजक मानेभञ्ज्याङलाई २–१ गोलअन्तरले पराजित गर्यो । हिजो भएको फाइनलमा माङ्सेबुङको जीतमा टीकाराम योङहाङ र निर्मल राईले एक–एक गोल गरे । मानेभञ्ज्याङका लागि विकास राईले एक गोल फर्काए । विजेता माङ्सेबुङले नगद रु पाँच लाखसहित साढे दुई तोला सुन र दुई सय तोला चाँदीद्वारा निर्मित रनिङ शिल्ड साथै मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ । उपविजेता मानेभञ्ज्याङ गाउँपालिकाले नगद रु तीन लाखसहित मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ । प्रतियोगिताको सेमिफानलमा पुगेका…

Read More

झापा, २८ पुस । निर्यातमा नगद अनुदानका लागि थप एक अर्ब रुपियाँ माग गरिएको छ । चालु आर्थिक वर्षका लागि विनियोजन गरेको निर्यात नगद अनुदान रकम खर्च भइसकेकाले उद्योग विभागले एक अर्ब १० करोड रुपियाँ माग गरेको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चालु आवका लागि निर्यातमा नगद अनुदानका लागि ९० करोड रुपियाँ छुट्याएको थियो । सरकारले निर्यात प्रवर्धनमार्फत मुलुकको व्यापार घाटा न्यूनीकरण गर्दै अर्थतन्त्र सबल बनाउन नेपालबाट निर्यात हुने हस्तकला, सिमेन्ट, कृषिजन्य उत्पादन, चिया, पस्मिना, प्लाइउडलगायतका वस्तुको निर्यातमा आठ प्रतिशतसम्म नगद अनुदानको व्यवस्था गर्दै निर्यात प्रोत्साहन नीति लिएको छ । मङ्सिर महिनासम्म सो रकम खर्च भइसकेकाले थप माग…

Read More

कनकाई, २९ पुस । झापाको कनकाई नगरपालिकालाई नेपाल हृदयरोग निवारण प्रतिष्ठानले सम्मान गरेको छ । प्रतिष्ठानले पुस २७ र २८ गते ललितपुरमा आयोजना गरेको ३२औं केन्द्रिय सभाको अवसरमा कनकाई नगरपालिकालाई विशेष सम्मान गरेको हो । नगर क्षेत्रमा सूर्तिजन्य पदार्थ बिक्री वितरण साथै सेवन गर्न नियन्त्रण र निषेध गर्ने ऐन (२०८०) जारी गर्दै मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर गरी मुटु रोग, दीर्घ स्वासप्रश्वास, क्यान्सर जस्ता नसर्ने घातक रोगहरुबाट नगरबासीलाई जोगाउन नगरपालिकाको तर्फबाट खेलेको महत्वपूर्ण भुमिकाको उच्च मुल्याङ्कन गर्दै कनकाई नगरपालिकालाई सम्मान गरेको आयोजक संस्थाका केन्द्रिय अध्यक्ष बलराम न्यौपानेले बताएका छन् । कनकाई नगरपालिकाले गरेको ऐतिहासिक निर्णयबाट नेपाल हृदयरोग निवारण प्रतिष्ठानको उद्येश्य प्राप्तीमा…

Read More

झापा, २८ पुस । कार्ड अभावले चालक अनुमति पत्र ९लाइसेन्स० जारी गर्न नसकिरहेको अवस्थामा ६ लाख थान कार्ड जर्मनीबाट आएपछि यातायात व्यवस्था विभागलाई राहत मिलेको छ । जर्मनीको म्युह्लवार कम्पनीबाट शुक्रबार बिहान लाइसेन्स कार्ड आइपुगेको विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले बताएका हुन् । विभागसँग करिब ४५ हजार मात्र कार्ड भएको अवस्थामा थप ६ लाख थान आएपछि वितरण खुकुलो पारिनेछ । पर्याप्त कार्ड नभएकाले ६ महिनायता सीमित मात्रामा लाइसेन्स वितरण गरिँदै आएको छ । प्राप्त कार्ड पर्याप्त भने होइनन् । परीक्षा उत्तीर्ण गरी नयाँ लाइसेन्स लिने र नवीकरण गर्नेको सङ्ख्या १४ लाख ५८ हजार पुगेको छ । म्युह्लवार कम्पनीले १२ लाख कार्ड…

Read More