jhapaonline add

झापा, १३ कात्तिक । हाल देशका देशका विभिन्न भागमा पश्चिमी वायु र ‘मोन्था’ चक्रवातको आंशिक प्रभाव परेकाले विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै देशमा पश्चिमी वायुको सक्रिय प्रभाव छ भने अरब सागरमा बनेको न्यून चापीय प्रणाली र बङ्गालको खाडीमा विकसित चक्रवात “मोन्था” को आंशिक प्रभाव परेको छ । महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहितका पहाडी भू–भागमा आज दिउँसो अधिकांश समय बादल लाग्ने छ भने तराईका भू–भागमा सामान्य बदली रहनेछ । कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना छ । गण्डकी र लुम्बिनी प्रदेशका पहाडी…

Read More

झापा, १२ कात्तिक । आज कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार, कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा भारी हिमपातको सम्भावना छ । विभागका अनुसार उक्त अवधिमा देशको बागमती, कमला, कोशी र कन्काई नदी र यी नदीका सहायक नदीहरुमा पानीको बहाब उल्लेख्य बढ्ने छ । ती क्षेत्रमा सतर्कता तह आसपास पुग्न सक्ने देखिएको साथै कोशी, बागमती र मधेश प्रदेशका महाभारत, चुरे भई बहने स साना नदीनालामा आकस्मिक बहाव हुनसक्ने सम्भावना रहेको विभागको भनाइ छ । यस्तै बागमती…

Read More

(आजको जेन जेड आन्दोलन सन्दर्भ :भोक कविता-२) – देवेन्द्र किशोर ढुङगानागाउँमा चोर नेता आयो,माथि झण्डा, भित्र धन्दा, मुखमा जनताको फण्डा,हातमा माला,मन मनमा ताला —सत्ता नै छ प्यारा ।भोकाले चुलोनिभाउँदै छ,तर ऊ भनेसिंहदरबारको चुलोमा भात पकाउँदै छ । गाउँको रुख मरेको छ — रुख होइन,विश्वास ढलेको छ,आकाशमा धुवाँउठेको छ —त्यो आगो होइन,विद्रोह हो त्यो ।तर नेता भन्छ —“शान्त रहो,हाम्रो पालो आउँदैछ”,तर जनताको पालो कहिल्यै आउँदैन,जसरी चन्द्रमाले पनि कहिल्यै धरती छोएन ।यो देशमा आन्दोलनहरूपुस्तकका शीर्षक बने,भोकहरू कविताका पंक्तिहरू बने,र नेताहरू?नेताहरू भनेसधैं चोरकापर्यायवाची बने ।जेन जेडको एक हातमा मोबाइल छ,अर्को हातमा मुठ्ठी,उनीहरू ट्वीट गर्छन् — “हाम्रो पेट भोकै छ”,फेसबुकमा लेख्छन् — “देश जल्दै…

Read More

झापा, १२ कात्तिक । सङ्घीय गणतन्त्र जर्मनीले इलामका बाढी प्रभावितलाई रु ६३ लाख ९६ हजार बराबरका सहायता सामग्री प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । नेपालका लागि जर्मनीका राजदूत उदो भोल्जले जर्मनीको गैरसरकारी संस्था डोइचे वेल्टहुङगेहिल्फमार्फत सहयोग सामग्री परिचालन गर्न उक्त संस्थाका देशीय निर्देशक सकेब नवीसँग मङ्गलबार सम्झौता गरेको यहाँस्थित जर्मनीको राजदूतावासले जनाएको छ । आगामी दुई महिनाभित्रमा बाढीप्रभावितलाई स्थानीय समुदायसँगको सहकार्यमा सहायता सामग्री प्रदान गरिने दूतावासले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । विपन्न वर्गलाई प्राथमिकतामा राखेर सहायता सामग्री प्रदान गरिने छ । गत वर्ष पनि सर्लाही र रौतहटका बाढीपीडितलाई जर्मनीले रु एक करोड ६४ लाख बराबरको राहत सामग्री उपलब्ध…

Read More

झापा, १२ कात्तिक । भारतबाट आएका जङ्गली हात्तीले दुई दिन अघि एकाबिहानै मेचीनगर नगरपालिका–२ मा पाक्न लागेको धान खाइरहेको देखेपछि स्थानीयले लखेट्न सुरु गरे । तर पाँच वटाको सङ्ख्यामा रहेका हात्तीलाई मेची नदी तारेर भारत फर्काउन स्थानीयले सकेनन् । हात्ती खेदाउन बच्चादेखि पाकाहरूसम्म गएका थिए । तर हात्तीले घर नजिक बसेर रमिता हेरिरहेका स्थानीय सरस्वती टोल बस्ने १२ वर्षीय आराफ बाँस्तोलालाई लपेट्यो । हात्तीको आक्रमणमा परेर उनी घाइते भए । हाल उनको विर्तामोडस्थित विर्तासिटी अस्पतालमा उपचार भइरहेको छ । गत साता आफ्नै घर अगाडि पूजाका लागि फूल टिप्दै गर्नुभएकी मेचीनगर–६ की ७४ वर्षीया उसिला राईलाई पनि जङ्गली हात्तीले आक्रमण गरेर…

Read More

झापा, १२ कात्तिक । झापाको दमक नगरपालिका–२ स्थित पाङ्गिनी चोकमा गएराति यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा २१ जना घाइते भएका छन् । दमकबाट मोरङको टाडीतर्फ जाँदै गरेको करिब ३५ जना सवार बा २ ख १९८३ नम्बरको यात्रुबाहक बस मंगलबार राति ११ः५५ अनियन्त्रित भई सडकको नालीमा पल्टिँदा बसमा सवार मोरङ मिक्लाजुङ गाउँपालिका–३ का ३६ वर्षीय भीमबहादुर मगरको उपचारको क्रममा आम्दा अस्पताल खरखरेमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । घाइते २१ जनामध्ये मोरङ मिक्लाजुङ–३ की १७ कि सपना श्रेष्ठबाहेक २० जना आज बिहान दमकस्थित आम्दा अस्पताल…

Read More

गौरीगञ्ज, ११ कात्तिक । झापा जिल्लाको गौरीगञ्ज गाउँपालिका–५ फत्तेपुर सीमास्थित क्षेत्रमा भारतबाट नेपालतर्फ आउँदै गरेका दुई पैदल यात्रुलाई प्रहरीले लागुऔषधसहित नियन्त्रणमा लिएको छ । आज साँझ ४ः३० बजे इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट गस्तीमा खटिएको टोलीले शंका लागी चेकजाँच गर्दा लागुऔषध फेला परेको हो । पक्राउ पर्नेमा झापा दमक नगरपालिका–३ का २७ वर्षीय निमा दोर्जी तामाङ र ३८ वर्षीय सुकबहादुर राई रहेका छन् । चेकजाँचको क्रममा निमा दोर्जी तामाङको साथबाट ब्राउन सुगर जस्तो देखिने लिसाइला पदार्थ प्लास्टिकसहित ५ ग्राम १५० मिलिग्राम (प्लास्टिकबाहेक ४ ग्राम ११० मिलिग्राम) फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले लागुऔषधसहित दुबै व्यक्तिलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय…

Read More

काभ्रेपलाञ्चोक, ११ कात्तिक । बीपी राजमार्ग अन्तर्गत सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका–६ चैनपुरमा मंगलबार बिहान भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। बा ७ च ७५५४ नम्बरको कार विराटनगरबाट काठमाडौंतर्फ जाँदै गर्दा अनियन्त्रित भई सडकबाट करिब ४२ फिट तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा परी मोरङको विराटनगर उपमहानगरपालिका–१७ निवासी ६५ वर्षीय ओमबहादुर अर्जेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीले जानकारी दिए। मृतक अर्जेल स्वयं कार चालक थिए। दुर्घटनाको समयमा कारमा उनकी श्रीमती ४९ वर्षीया सुनिता अर्जेल र ३१ वर्षीय छोरा निशान्त अर्जेल पनि सवार थिए। दुर्घटनामा सुनिता गम्भीर घाइते भएकी छन्…

Read More

दमक, ११ कात्तिक । झापाको दमक नगरपालिका–९ स्थित शान्ति चोकमा लागुऔषध बिक्री वितरण गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सोमबार साँझ ७ः०० बजे इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले दमक–९ का ३६ वर्षीय मनोज धिमाललाई पक्राउ गरेको हो । ९३६० हुन्। उनले चलाइराखेको मे १ ह ७०६५ नम्बरको सिटी सफारी गाडीको सिटमुनी लुकाई छिपाई राखिएको अवस्थामा खैरो हेरोइन जस्तो देखिने लिसाइला पदार्थ फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बरामद लागुऔषधमध्ये प्लास्टिकसहितको मात्रा १२ ग्राम २० मिलिग्राम र प्लास्टिकबाहेकको मात्रा ६ ग्राम रहेको छ। साथै, धिमालको साथबाट १८ हजार रुपैयाँ र मोबाइल फोन…

Read More

झापा, ११ कात्तिक । आज पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज तोलामा २९०० रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा २ लाख ३९ हजार ९०० रुपैयाँ कायम भएको सुनको मूल्य आज घटेर तोलामा २ लाख ३७ हजार रुपैयाँ कायम भएको छ । मंगलबार सुन १० ग्रामको २ लाख ३ हजार १९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । यसैबीच, मंगलबार चाँदीको मूल्य समेत घटेको छ । सोमबार तोलामा २ हजार ९८० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार घटेर तोलामा २ हजार ९२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Read More