
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, ९ बैशाख । कञ्चनपुरको बेलौरी नगरपालिका–११ स्थित शिवनगरमा जलेको अवस्थामा एक जनाको शव भेटिएको छ। आज बिहान जलेको अवस्थामा पुरुषको शव भेटिएको हो। सडक छेउमा शव नजिकै जलेको अवस्थामा मोटरसाइकल पनि भेटिएको छ। मोटरसाइकल भन्दा केही पर घोप्टो परेको अवस्थामा शव पूरै जलेर क्षतविक्षत अवस्थामा फेला परेको छ भने शवको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । स्थानीयले घटना शंकास्पद भएकाले सुक्ष्म अनुसन्धानको माग गरेका छन् । घटनास्थल नजिकै मोबाइल र वालेट (पर्स) भेटिएको छ । स्थानीयले उक्त शव बेलडाँडी गाउँपालिका निवासी हरिकृष्ण रानाको रहेको दाबी गरेका छन् । तर, प्रहरीले मृतकको पहिचान यकिन नभएको जनाएको…
कनकाई, ९ बैशाख । झापाको कनकाई नगरपालिकास्थित लक्ष्मीमार्गको करिब पाँच किलोमिटर सडक खण्डको कालोपत्रे गर्ने काम शुरु भएको छ । स्थानीय, प्रदेश र संघीय सरकारको लगानीमा कनकाई–४ र ५ नम्बर वडा हुँदै झापा गाउँपालिका जोड्ने लक्ष्मीमार्गको कालोपत्रे गर्ने काम बैशाख ७ गतेदेखि शुरु भएको हो । कूल ११ किलोमिटर लामो लक्ष्मीमार्गको छ किलोमिटर सडक कालोपत्रे भइसकेको छ । बाँकी पाँच किलोमिटर सडकको निर्माण कार्य यही बैशाखभित्र सम्पन्न गर्ने गरी काम भइरहेको कनकाई–४ का वडाध्यक्ष रोशन सुवेदीले जानकारी दिनुभयो । कनकाई नगरपालिकाको एकल ६५ लाख रुपैयाँको लागतमा ७ सय मिटर , प्रदेश सरकार र स्थानीय तहको साझेदारी अर्थात कनकाई नगरको ४५…
झापा, ९ बैशाख । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३५ रुपैयाँ ९१ पैसा र बिक्रीदर १३६ रुपैयाँ ५१ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १५६ रुपैयाँ ७० पैसा र बिक्रीदर १५७ रुपैयाँ ३९ पैसा, युके पाउन्डस्ट्रलिङ एकको खरिदर १८१ रुपैयाँ ९३ पैसा र बिक्रीदर १८२ रुपैयाँ ७३ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १६९ रुपैयाँ १९ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ २७ पैसा र बिक्रीदर ८७ रुपैयाँ ६६ पैसा, क्यानेडियन डलर…
झापा, ९ बैशाख । आगामी वैशाख ११ गतेदेखि सञ्चालन हुने भनिएको कक्षा–१२ को वार्षिक परीक्षाबारे निर्णय लिन आज बिहान राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दैछ । कक्षा १२ को परीक्षा बैशाख ११ गते सुरु भएर २४ गते सकिने तालिका बोर्डले सार्वजनिक गरेको छ। परीक्षा तोकिएकै मितिमा सञ्चालन गर्ने वा केहीदिन पछि सार्ने विषयमा आवश्यक निर्णयका लागि बोर्डको बैठक बस्न लागेको हो । बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले आज बिहान ८ बजेपछि बैठक बस्ने जानकारी दिए । उनले परीक्षा ११ गतेदेखि नै सञ्चालनको लागि सबै तयारी बोर्डले गरिसकेको बताए । विभिन्न मागसहित विगत २१ दिनदेखि देशैभरिका शिक्षकले काठमाडौँमा आन्दोलन गरिरहेका कारण परीक्षा…
झापा, ९ बैशाख । हाल देशमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। आज राति कोशी प्रदेश लगायत…
झापा, ८ चैत । राजावादीहरूले गरेको प्रदर्शनका क्रममा तोडफोड तथा आगजनीमा संलग्न भएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । गत चैत १५ गते राजावादीहरूले गरेको प्रदर्शनका क्रममा तोडफोड तथा आगजनीमा संलग्न भएको आरोपमा झापा अर्जुनधारा नगरपालिका–५ घरका ४८ वर्षीय ओमप्रकाश लुइँटेललाई पक्राउ गरेको हो । लुइँटेललाई काठमाडौँ जिल्ला अदालतबाट ४ दिनको मिलान म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक अपिलराज बोहराले जनाएका छन् । तीनकुने स्थित खुल्ला चौरमा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’ द्वारा आयोजित प्रदर्शनका क्रममा भएको घटनाको अनुसन्धानको सिलसिलामा लुइँटेलले निजी तथा सार्वजनिक सम्पत्ति माथि तोडफोड…
बिर्तामोड, ८ बैशाख । झापाको बिर्तामोड नगरपालिकाले नगर क्षेत्रमा जथाभावी फोहोर फाले कारबाही गर्ने भएको छ । नगरले फोहोर व्यवस्थापनका लागि निराकार सरसफाई प्रालिसँग सम्झौता गरेकाले उक्त संस्थाको फोहोर उठाउन आउने ट्याक्टरमा फोहोर राख्न नगरपालिकाले आग्रह गरेको छ । नगरपालिकाले सात दिने सूचना जारी गर्दै नगर क्षेत्रमा जथाभावी फोहोर फालेको पाइए कारबाही गर्ने जनाएको छ ।
बिर्तामोड, ८ बैशाख । बिर्तामोड नगरपालिका वडा नम्बर २ का १५ जना कृषकलाई बाख्रा वितरण गरिएको छ । नगरको मेयर पकेट प्याकेज बाख्रा साटासाँट कार्यक्रम अन्तर्गत समृद्धि पूर्णिमा कृषक समूह सोमबारेका १५ जना कृषकलाई ३–३ वटाका दरले ४५ वटा बाख्रा वितरण गरिएको हो । नगर कार्यपालिका सदस्य सिता ढुङ्गाना विश्वकर्माको अध्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख अतिथि वडाअध्यक्ष किशोर पौडेलले गोलाप्रथा विधिबाट बाख्रा छनोट गरेर हस्तान्तरण गर्नु भयो । नगरपालिकाले पशुपंछि तथा मत्स्य विकास शाखाबाट २०७४ सालदेखि हरेक वर्ष बाख्रा साटासाट कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस आर्थिक वर्षसम्म आइपुग्दा १६ वटा समूहलाई ७ सय २० वटा बाख्रा वितरण भईसकेको नगरपालिकाले…
इटहरी, ८ बैशाख । सप्तकोशी नदीमा नुहाउने क्रममा डुबेर दुई जना बेपत्ता भएका छन् । आज बिहान बराहक्षेत्र मन्दिरमा पूजा गर्न गएका यहाँको इटहरी उपमहानगरपालिका–१६ बालग्रामका १६ वर्षीय जेनिस आचार्य र ४० वर्षीय नवराज बास्तोला नदीमा डुबेर बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले बराहक्षेत्र—१ क्षेत्रस्थित नदिमा दुवै जना डुबेर बेपत्ता भएको बताउनुभयो । दुवै जना मामा भाञ्जा हुन् । भान्जा जेनिस नुहाउँदै गर्दा नदीमा डुबेपछि बचाउन जाँदा मामा पनि बेपत्ता भएको प्रहरीले जनाएको छ । दुवै जनाको गोताखोरसहित नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले खोजी गरिरहेको प्रवक्ता खतिवडाले जानकारी दिनुभयो ।
झापा, ८ बैशाख । औषधि व्यवस्था विभागले बजारबाट पेटसम्बन्धी समस्या निको पार्ने दुई औषधि बजारबाट तुरुन्त फिर्ता गर्न निर्देशन जारी गरेको छ । ‘पिलपान ४० एमजी’ र ‘एसीटप ४० एमजी’ नामक दुवै औषधिहरू परीक्षणका क्रममा गुणस्तरहीन पाइएको हो । उक्त ब्याच नं भएका औषधिहरूको सिफारिस, बिक्री वितरण तथा प्रयोग नगर्न र नगराउन सबैलाई विभागले अनुरोध गरेको छ । विभागले बजार अनुगमनका क्रममा सङ्कलन गरिएको औषधिहरूको नमूना राष्ट्रिय औषधि प्रयोगशालाबाट परीक्षण गर्दा उत्पादकबाट उत्पादित उक्त ब्याच नं का औषधिहरू न्यून गुणस्तर पाइएको जारी सूचनामा उल्लेख छ । औषधि ऐन, २०३५ को दफा १४ बमोजिम बिक्री वितरण रोक्का गरी उक्त ब्याचका औषधिहरू…