बिर्तामोड, ८ बैशाख । झापाको बिर्तामोड नगरपालिकाले नगर क्षेत्रमा जथाभावी फोहोर फाले कारबाही गर्ने भएको छ ।
नगरले फोहोर व्यवस्थापनका लागि निराकार सरसफाई प्रालिसँग सम्झौता गरेकाले उक्त संस्थाको फोहोर उठाउन आउने ट्याक्टरमा फोहोर राख्न नगरपालिकाले आग्रह गरेको छ । नगरपालिकाले सात दिने सूचना जारी गर्दै नगर क्षेत्रमा जथाभावी फोहोर फालेको पाइए कारबाही गर्ने जनाएको छ ।

Facebook Comments Box


