झापा, ९ बैशाख । कञ्चनपुरको बेलौरी नगरपालिका–११ स्थित शिवनगरमा जलेको अवस्थामा एक जनाको शव भेटिएको छ। आज बिहान जलेको अवस्थामा पुरुषको शव भेटिएको हो। सडक छेउमा शव नजिकै जलेको अवस्थामा मोटरसाइकल पनि भेटिएको छ।
मोटरसाइकल भन्दा केही पर घोप्टो परेको अवस्थामा शव पूरै जलेर क्षतविक्षत अवस्थामा फेला परेको छ भने शवको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । स्थानीयले घटना शंकास्पद भएकाले सुक्ष्म अनुसन्धानको माग गरेका छन् । घटनास्थल नजिकै मोबाइल र वालेट (पर्स) भेटिएको छ । स्थानीयले उक्त शव बेलडाँडी गाउँपालिका निवासी हरिकृष्ण रानाको रहेको दाबी गरेका छन् । तर, प्रहरीले मृतकको पहिचान यकिन नभएको जनाएको छ।
Facebook Comments Box


