
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, १० जेठ । झापाको मेचीनगरबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित दुई युवालाई पक्राउ गरेको छ । शुक्रबार बेलुका मेचीनगर नगरपालिका–१० खयरडाँगीमा लागुऔषध कारोबार हुँदै गरेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारी र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी दुई युवालाई पक्राउ गरेको हो । प्रहरी टोलीले मेचीनगर–१० खयरडाँगीका ३३ वर्षीय मोहन चौधरी र मेचीनगर–१५ का ३४ वर्षीय डिपलेस मेचेलाई शंका लागि चेक जाँच गर्दा मोहन चौधरीले मलद्वारमा लुकाएको अवस्थामा ब्राउनसुगर जस्तो देखिने खैरो लिसाइलो पदार्थ प्लाष्टिकसहित ६ ग्राम १५० मिलिग्राम र प्लाष्टिक बाहेक ५ ग्राम १७० मिलिग्राम फेला परेको थियो । उनीहरु दुवै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी…
झापा, १० जेठ । लामो समयदेखि कम्बोडियामा अलपत्र भई बसेका दुई नेपाली नागरिकलाई नेपाली राजदूतावास थाइल्याण्डले उद्धार गरी स्वदेश फर्काएको छ । शुक्रबार स्वदेश फर्कनेमा एक महिला र एक पुरुष छन् । सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र बैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभन परी छिटो, धेरै पैसा कमाउने हेतु कम्वोडिया, लाओस, म्यानमार र थाइल्याण्ड लगायतका देशमा बैदेशिक रोजगारीमा नआउनका लागि राजदूतावासले सम्बन्धित सबैमा पुनःअनुरोध गरेको छ । दूतावासले आमसञ्चारमाध्यम तथा नागरिक समाजलाई समेत यो सन्देश प्रवाह गरी सहयोग गरिदिन आग्रह गरेको छ ।
झापा, १० जेठ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, मधेस र बागमती प्रदेश लगायत बाँकी पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा देखि आंशिक बदली रहेको छ । बागमती प्रदेशको थोरै स्थानहरूमा तथा कोशी, मधेस, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। बङ्गालको खाडीको उत्तर पश्चिमका केही क्षेत्र तथा दक्षिण पश्चिमका अधिकांश क्षेत्रहरूमा साथै मालदिभ्स, श्रीलङ्का लगायतका भूभागसम्म मनसुनको आगमन भएको र बङ्गालको…
सन्तोष शर्माझापा, २ जेठ । झापाको कनकाई नगरपालिका–४ स्थित कनकाई धाम कोटीहवनमा बर्सेनि तीन सय बढीको लगनगाँठो जोडिने गरेको छ । कनकाई धार्मिक विकास (कोटीहवन) का अध्यक्ष शेरबहादुर थापाले बैशाख ३१ गतेसम्म तीन सय ३५ जनाले विवाह गरेको जानकारी दिनुभयो । झापाका मात्र नभई छिमेकी जिल्ला इलाम, मोरङ, सुनसरी लगायतका स्थानबाट विवाहका लागि आउने गरेको उहाँले बताउनुभयो । बैशाखमा मात्रै ३२ जनाको विवाह भएको उहाँले बताउनुभयो । “यहाँ कम खर्चमा विवाह हुन्छ”, उहाँले भन्नुभयो, “सहज र सरल भएकाले पनि यहाँ विवाह गर्ने क्रम बढ्दै गएको छ ।” धाम समितिले नवविवाहित जोडीलाई प्रमाणपत्र समेत दिने गरेको छ । विवाह भोज गर्न…
सुनसरी, २ जेठ । इस्लाम धर्मावलम्बीका लागि जीवनको पवित्रतम यात्रा मानिने हजका लागि साउदी अरेबियाको मक्का मदिनामा सुनसरीबाट एक सय ८० जना जाने भएका छन् । हज समितिको समन्वयमा आवश्यक तयारी पूरा भई यात्री यही जेठ ३ गते शनिबारदेखि मक्कामदिनातर्फ प्रस्थान गर्ने सुनसरी हज समितिका संयोजक मोजम्मील मियाँ अन्सारीले बताउनुभयो । हजयात्री विभिन्न पाँच चरणमा साउदी अरेबिया प्रस्थान गर्ने उहाँले जानकारी दिनुभयो । सुनसरीबाट आइतबार बिहान एक सय १८ जना हजयात्री, एक जना दूतावासका प्रतिनिधि र एक जना हज समितिका सदस्य प्रतिनिधि काठमाडौँबाट साउदी अरेबिया प्रस्थान गर्ने उहाँले बताउनुभयो । सोही दिन राति सुनसरीका थप चार जना अन्य जिल्लाका हजयात्रीको…
झापा, २ जेठ । हावाहुरीले हल्दिबारीमा क्षति पु¥याएको छ । बुधबार राति आएको हावाहुरीले यहाँको दुई वटा घर र एउटा विद्यालयमा क्षति पु¥याउँदा १७ लाख ६० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यस्तो छ क्षतिको विवरण— हल्दिबारी–४ का केदारप्रसाद उप्रेतीको ईट्टा, सिमेन्टले बनेको २ तल्ले पक्की घरको छत माथि ट्रस्ट जोडी बनाएको टिन उडाउँदा २ लाख ५० हजार बरामबरको क्षति भएको छ ।— हल्दिबारी–४ का कृष्णकुमारी पौडेलको १ तल्ले घरको टिन उडाउँदा १० हजार बराबर क्षति भएको छ ।— हल्दिबारी–३ का ढडुवा डाडागाँउस्थित चिल्ड्रेन गार्डेन अंग्रेजी माध्यमिक विद्यालयको टिनको छाना, जिप्सम, वाइरिङ, र शौचालय समेतमा…
झापा, २ जेठ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली र बाँकी भूभागमा मौसम मुख्यतया सफा देखि आंशिक बदली रहेको छ । कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको एक–दुई स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र…
झापा, २ जेठ । नेपाली राजदूतावास साउदी अरेबियाले स्थानीय जुबेलस्थित सेन्दान इन्टरेनसनल कम्पनीमा कामविहीन भएका नेपाली कामदारलाई स्वदेश फर्काउनका लागि आवश्यक पहल थालेको छ । रोजगारदाता कम्पनी टाट पल्टिने अवस्थामा पुगी कामविहीन भएका चार सय ६९ नेपाली नागरिकमध्ये केहीले तलबभत्ता उपलब्ध गराउन र नेपाल फिर्ता तथा अन्य कम्पनीमा स्थानान्तरणका लागि पहल गरिदिन अनुरोध गरेका थिए । कामदारको अनुरोधपछि राजदूतावासले समस्या समाधानका लागि निरन्तर कूटनीतिक पहल गरिरहेको जनाएको छ । नेपाल फर्कन चाहनेको हकमा बहिर्गमन भिसाका लागि साउदी सरकारको सम्बन्धित श्रम कार्यालयलाई आवश्यक कागजातसमेत पठाइसकिएको नेपाली दूतावासले जनाएको छ । साउदी अरबबाट नेपाल जान इच्छुक नेपाली श्रमिकलाई र विशेषगरी सेन्दान इन्टरनेसनल…
झापा, १ जेठ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमले बिहीबार राति १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो। निगमले पेट्रोल प्रतिलिटर १ रुपैयाँ र डिजेल तथा मट्टितेल प्रतिलिटर ३ रुपैयाँले घटाइएको छ। मूल्य घटेसँगै काठमाडौँमा पेट्रोल प्रतिलिटर १५७ रुपैयाँ र डिजेल तथा मट्टितेल १४२ रुपैयाँ कायम भएको निगमले जनाएको छ।
इलाम, १ जेठ । तमु ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद इलाम जिल्लाको जिल्ला कार्यसमितीको बुधबार बसेको भेलाले नयाँ कार्यसमिति चयन गर्ने गरी अधिवेशन सम्पन्न गर्न मूल आयोजक समिति गठन गरेको छ । जिल्ला कार्यसमितिले बुधबार इलाम जिल्लाको आदिवासी जनजाति महासंघको सभाहलमा सम्पन्न भेलाले आयोजक समिति गठन गरेको हो । जिल्ला अध्यक्ष दिपक गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तमु ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद केन्द्रीय सदस्य आनन्द गुरुङको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा तमु ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद केन्द्रीय सल्लाहकार सदस्य नरेन्द्र बहादुर गुरुङ, सूर्योदय नगरपालिका वडा नं ८ का जनप्रतिनिधि वडाध्यक्ष जंग बहादुर गुरुङ, इलाम नगरपालिका…