इलाम, १ जेठ । तमु ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद इलाम जिल्लाको जिल्ला कार्यसमितीको बुधबार बसेको भेलाले नयाँ कार्यसमिति चयन गर्ने गरी अधिवेशन सम्पन्न गर्न मूल आयोजक समिति गठन गरेको छ ।
जिल्ला कार्यसमितिले बुधबार इलाम जिल्लाको आदिवासी जनजाति महासंघको सभाहलमा सम्पन्न भेलाले आयोजक समिति गठन गरेको हो । जिल्ला अध्यक्ष दिपक गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तमु ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद केन्द्रीय सदस्य आनन्द गुरुङको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा तमु ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद केन्द्रीय सल्लाहकार सदस्य नरेन्द्र बहादुर गुरुङ, सूर्योदय नगरपालिका वडा नं ८ का जनप्रतिनिधि वडाध्यक्ष जंग बहादुर गुरुङ, इलाम नगरपालिका वडा नं १ का वडा सदस्य मोहन गुरुङ लगाएत उपस्थिति रहेको थियो ।
कार्यक्रममा दिपक गुरुङको संयोजकत्वमा २५ सदस्यीय समिति गठन गरिएको हो । त्यस्तै समितिको सदस्यहरुमा उमेश गुरुङ ,टेक बहादुर गुरुङ, जंग बहादुर गुरुङ, हरि बहादुर गुरुङ, तिर्थराज गुरुङ,नन्द कुमार गुरुङ्, तुलामाया गुरुङ, योग्य गुरुङ,विना गुरुङ,जमुना गुरुङ, धनमाया गुरुङ, अप्सरा गुरुङ, नागरिता गुरुङ, छत्रबहादुर गुरुङ, तेजवहादर गुरुङ, विनोद गुरुङ, दर्पण गुरुङ, बुद्धमाया गुरुङ, कविता गुरुङ्, कृतिमाया गुरुङ, अनिल गुरुङ, सुरज गुरुङ, रुद्धबहादुर गुरुङ, तोयानाथ गुरुङ, रत्न गुरुङ रहेका छन् ।
नवगठित आयोजक समितिले ६ महिना भित्रमा जिल्ला अधिवेश समपन्न गरिसक्नु पर्ने जिल्ला सचिव उमेश गुरुङले जानकारी दिनुभयो


