झापा, १० जेठ । झापाको मेचीनगरबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित दुई युवालाई पक्राउ गरेको छ ।
शुक्रबार बेलुका मेचीनगर नगरपालिका–१० खयरडाँगीमा लागुऔषध कारोबार हुँदै गरेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारी र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी दुई युवालाई पक्राउ गरेको हो ।
प्रहरी टोलीले मेचीनगर–१० खयरडाँगीका ३३ वर्षीय मोहन चौधरी र मेचीनगर–१५ का ३४ वर्षीय डिपलेस मेचेलाई शंका लागि चेक जाँच गर्दा मोहन चौधरीले मलद्वारमा लुकाएको अवस्थामा ब्राउनसुगर जस्तो देखिने खैरो लिसाइलो पदार्थ प्लाष्टिकसहित ६ ग्राम १५० मिलिग्राम र प्लाष्टिक बाहेक ५ ग्राम १७० मिलिग्राम फेला परेको थियो । उनीहरु दुवै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धुलाबारीमा ल्याई आवश्यक थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


