झापा, २ जेठ । हावाहुरीले हल्दिबारीमा क्षति पु¥याएको छ । बुधबार राति आएको हावाहुरीले यहाँको दुई वटा घर र एउटा विद्यालयमा क्षति पु¥याउँदा १७ लाख ६० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
यस्तो छ क्षतिको विवरण
— हल्दिबारी–४ का केदारप्रसाद उप्रेतीको ईट्टा, सिमेन्टले बनेको २ तल्ले पक्की घरको छत माथि ट्रस्ट जोडी बनाएको टिन उडाउँदा २ लाख ५० हजार बरामबरको क्षति भएको छ ।
— हल्दिबारी–४ का कृष्णकुमारी पौडेलको १ तल्ले घरको टिन उडाउँदा १० हजार बराबर क्षति भएको छ ।
— हल्दिबारी–३ का ढडुवा डाडागाँउस्थित चिल्ड्रेन गार्डेन अंग्रेजी माध्यमिक विद्यालयको टिनको छाना, जिप्सम, वाइरिङ, र शौचालय समेतमा क्षति भई करिब १५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


