jhapaonline add

भद्रपुर, १५ जेठ । १८ औं गणतन्त्र दिवसको अवसर पारेर कोशी प्रदेश सरकारले सकृय पत्रकारितामा रहेका ७ जना अग्रज पत्रकारलाई नगद सहित सम्मान गरेको छ । कोशी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयले कोशी प्रदेशमा रहेर सकृय पत्रकारिता गरिरहेका ७ जना पत्रकारलाई नगद एक लाख सहित सम्मान गरेको हो । यसरी सम्मानित हुनेहरूमा झापाका अग्रज पत्रकार चिन्तामणि दाहाल, मोहन काजी, विमल लामिछाने, रासस कोशी प्रदेश प्रमुख सदरूल मोहमद, राजेशबहादुर श्रेष्ठ धनकुरा, यसोदा सेने सुनसरी, र मनोजकुमार दाहाल मोरङ रहनु भएको छ । यस्तै कार्यक्रममा प्रदेशभरीबाट निबन्ध लेखनमा उत्कृष्ट भएका ५ विद्यार्थी र ५ लेखकलाई समेत नगद सहित सम्मान गरिएको थियो…

Read More

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रू १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको आय–व्ययको अनुमान पेस गर्नुभएको हो । “आगामी आर्थिक वर्षको बजेटमा चालुतर्फ रू ११ खर्ब ८० अर्ब ९८ करोड अर्थात् ६० दशमलव एक प्रतिशत, पुँजीगततर्फ रू चार खर्ब सात अर्ब ८९ करोड अर्थात् २० दशमलव आठ प्रतिशत र वित्तीय व्यवस्थापनमा रू तीन खर्ब ७५ अर्ब २४ करोड अर्थात् १९ दशमलव एक प्रतिशत विनियोजन गरिएको छ”, अर्थमन्त्री पौडेलले बजेट वक्तव्यमार्फत भन्नुभयो । आगामी आर्थिक वर्षको व्ययको अनुमान चालु आर्थिक वर्षको…

Read More

भद्रपुर, १५ जेठ । झापाको भद्रपुरमा किरात धर्मावलम्बीहरुको महान चाड उभौली पर्व–२०८२ आज हर्षोल्लासका साथ मनाइएको छ । किरात राई यायोक्खा भद्रपुर ५–१० संयुक्त प्रारम्भिक समितिको आयोजनामा भद्रपुर–९ स्थित साकेला भूमेथानमा विविध कार्यक्रमका साथ उभौली पर्व मनाइएको हो । प्रारम्भिक समितिका अध्यक्ष रंगवीर राईको अध्यक्षतामा भएको कार्यक्रममा किरात राई यायोक्खा झापा अध्यक्ष गणेश राईको प्रमुख आतिथ्य रहेको थियो । साकेला भूमेथानको पूर्वाधार निर्माण समिति संयोजक नीरबहादुर राईले निर्माण समितिको प्रतिवेदन प्रस्तुत गर्दै आम्दानी र खर्चका बारेमा जानकारी दिनुभयो । येले सम्बत् ५०८५ समेतको शुभकामना आदान–प्रदानसमेत गरिएको कार्यक्रममा प्रमुख अतिथि गणेश राई, विशिष्ट अतिथि किरात राई विद्यार्थी संघ केन्द्रीय सदस्य आयुष…

Read More

भद्रपुर, १५ जेठ । झापाको भद्रपुरमा किरात धर्मावलम्बीहरुको महान चाड उभौली पर्व (लाक्छाम) आज धुमधामका साथ मनाइएको छ । किरात राई यायोक्खा भद्रपुर ५–१० संयुक्त प्रारम्भिक समितिको आयोजनामा भद्रपुर–९ स्थित भूमेथानमा विविध कार्यक्रमका साथ उभौली पर्व मनाइएको हो ।

Read More

झापा, १५ जेठ । झापा, मोरङ र सुनसरीबाट लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । जेठ १४ गते दिउँसो झापाको मेचिनगर-११ स्थितमा जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचिनगर-१२ का २५ बर्षीय अजय मेचेलाई १ ग्राम ७८ मिलिग्राम ब्राउन सुगर, प्रतिबन्धित लागुऔषध Tramadol, Antikof र Spaspain गरि जम्मा ४६ ट्याबलेट फेला पारी नियन्त्रणमा लिएको हो । त्यसैगरी लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरले बिराटनगर-१५ बाट ४ ग्राम ब्राउन सुगर सहित बेलबारी-४ का ३२ बर्षीय हिमाल रिजाललाई पक्राउ गरेको हो । त्यस्तै सुनसरीको कोशी गाउँपालिका-१ स्थितमा इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले रामधुनी नगरपालिका-४…

Read More

कनकाई, १५ जेठ । झापाको कनकाई नगरपालिकाले झण्डात्तोलन, दिपावली र बिरामीलाई फलफूल वितरण गरेर १८ औं गणतन्त्र दिवस मनाइरहेको छ । नगरले आज बिहान नगरपरिसरमा झण्डात्तोलन गरेको छ । आज साँझ नगरमा दीपप्रज्वलन गरिनेछ भने भोलि कनकाई आधारभूत नगर अस्पतालमा रहेका बिरामीलाई फलफूल वितरण गरिने छ । नगरपालिकाको कार्यालयमा नगर प्रमुख राजेन्द्रकुमार पोखरेल, उप–प्रमुख आशा शर्मा शिवाकोटीसहित जनप्रतिनिधिले झण्डात्तोलन गर्दै सहिदहरुको तस्वीरमा फुलगुच्चा अर्पण गर्दै गणतन्त्र दिवस मनाएको हो। नगर प्रमुख पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत तथा औचित्यमाथि प्रकाश उप–प्रमुख शिवाकोटीले गर्नुभएको थियो । कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै उप–प्रमुख शिवाकोटीले गणतन्त्रको अवसरमा आज साँझ नगरमा दीपप्रज्लन गरिने र भोलि कनकाई…

Read More

झापा, १५ जेठ । कर्मचारी मिलन केन्द्र झापाले आयोजना गरेको रक्तदानमा १०५ जनाले रक्तदान गरेका छन् । गणतन्त्र दिवस २०८२ को अवसरमा आयोजना गरिएको उक्त कार्यक्रममा ९७ जना पुरुष र आठ जना महिलाले रक्तदान गरेका हुन् । जिल्ला प्रशासन कार्यालयको प्राङ्गणमा बुधबार भएको रक्तदान कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, जिल्लास्थित विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका कर्मचारी तथा सर्वसाधारणको सहभागिता रहेको मिलन केन्द्रका अध्यक्ष संजिवकुमार शाहले जानकारी दिए । उनले रगतको अभावले कुनै पनि व्यक्तिले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए । रक्तदान कार्यक्रम जिल्ला प्रशासन कार्यालयको समन्वय तथा नेपाल रेडक्रस सोसाइटी झापाको सहयोगमा सम्पन्न…

Read More

झापा, १५ जेठ । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितकी पत्नी शोक परेको छ । गएराति पण्डितकी पत्नी विमला महतको निधन भएको हो । विमलाको जन्म २०२२ साल असोज २ गते ललितपुरमा भएको हो । विमला करिब डेढ वर्षदेखि मायसाइटिस भन्ने रोगबाट ग्रसित थिइन् । २०५९ सालमा नेकपा एमालेको बल्खुस्थित तत्कालीन पार्टी कार्यालयमा केही मानिसहरू भेला भए। लालबाबु पण्डितको बिहे गर्ने एकाएक कुरा चल्यो । बिहे कोसँग गर्ने त ? कुरैकुरामा साथीहरूले विमलाको प्रस्ताव ल्याए। विमला त्यसबेला जनप्रतिनिधि थिइन्। २०५४ सालको निर्वाचनमा उनी ललितपुरको सैँबु गाविस वडा नम्बर ४ मा वडाध्यक्ष निर्वाचित भएकी थिइन्। भैँसेपाटीमा पर्ने त्यो क्षेत्र हाल…

Read More

मकवानपुर, १५ जेठ । भिमफेदी गाउँपालिका–८ भर्याङडाँडास्थित कान्तिलोकपथ सडकखण्डमा सुख्खा पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको छ । आज बिहिबार १५ गते बिहान करिब ३ः३० बजे सडक माथिबाट ढुंगा र माटोसहितको सुख्खा पहिरो खस्दा सवारी आवागमन ठप्प भएको प्राप्त भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ। घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा खटिएको छ। पहिरो पन्छाएर यातायात पुनः सुचारु गर्न सडक विभागसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ।

Read More

बिर्तामोड, १५ जेठ । रोटरी क्लब अफ बिर्तामोडले क्लब स्थापनाको १५ औं स्थापना दिवस (चार्टर डे) अन्तरगत क्लबका पूर्व अध्यक्ष विनोद बस्नेतलाई सम्झन्दै मनाएको छ । क्लबले चार्टर डेको प्रथम चरणमा बिर्तामोडको विराटपोखरस्थित विराट भरत विश्रान्ति आश्रममा विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरु रोपण गरेको छ। संयोजक ओमकृष्ण विमलीको संयोजकत्वमा आयोजित वृक्षारोपण कार्यक्रममा क्लबका पूर्व अध्यक्षसहित रोटेरियन र रोट्रयाक्टरहरूको उल्लेख्य उपस्थिति रहेको थियो। दोश्रो चरणमा बिर्ताबजार चोकस्थित दुर्गा मन्दिर परिसरमा बृहत रक्तदान कार्यक्रम गरेको छ । ५२ वर्षको अल्पायुमा निधन भएका पूर्वअध्यक्ष बस्नेत मानवीय सेवाको भावको सम्मान गर्दै आयोजित रक्तदान कार्यक्रममा ५२ पिन्ट रगत संकलन गरी नेपाल रेडक्रस सोसाइटी उपशाखा बिर्तामोड…

Read More