झापा, २६ असार । झापाको बिर्तामोड नगरपालिका–२ रामचौक नजिक सडक छेउमा भएको सवारी दुर्घटनामा एक पुरुषको मृत्यु भएको छ। घटना मिति २०८२ साउन २५ गते राति १०:४५ बजेको हो।
अनारमनी प्रहरीचौकीबाट गस्तीमा खटिएको टोलीले तत्काल नाम, थर नखुलेका ४०–४५ वर्षका एक पुरुषलाई गम्भीर घाइते अवस्थामा फेला पारी बिर्तासिटी अस्पताल पुर्याएको थियो। टाउकोसहित शरीरका विभिन्न भागमा चोट भएका ती व्यक्तिलाई अस्पताल ल्याउनासाथ राति १०:५५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
पछिल्लो अनुसन्धानबाट घटना मिति साउन २६ गते दिउँसो १२:०० बजे काकरभिट्टा बसपार्कबाट बा ५ ख ६८०३ नम्बरको हायस गाडी र चालक रोशन तामाङ (मकवानपुर, थाहा नगरपालिका–७ निवासी)लाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। चालक प्रेम ब. तामाङका २७ वर्षीय छोरालाई आवश्यक अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ।
मृतकको पहिचान सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिका–१ निवासी ३८ वर्षीय राम ब. भुजेलको रुपमा खुलेको छ। प्रहरीले घटनाको थप अनुसन्धान जारी राखेको जनाएको छ।


