jhapaonline add

अर्जुनधारा, ११ जेठ । झापाको अर्जुनधारा नगरपालिकाले यहाँका युवालाई लोक सेवा आयोगको तयारी कक्षा प्रदान गरेको छ । बढ्दो युवा विदेश पलायनलाई रोक्नुका साथै स्वदेशमै रोजगारी र सरकारी प्रशासनिक क्षेत्रमा प्रवेश गराउने उद्देश्यले नगरपालिकाले दुई महिने लोकसेवा आयोगको तयारी कक्षा प्रदान गरिएको हो । अर्जुनधारा नगरपालिकाको चार लाख रुपैयाँ आर्थिक सहयोग र फाउण्डेसन अफ नोभा एजुकेसनको आयोजनामा गत चैत १० देखि जेठ १० गतेसम्म सञ्चालित तालिमको आज समापन गरिएको छ । समापन कार्यक्रम अर्जुनधाराकी उपप्रमुख खड्गमाया पराजुलीको अध्यक्षमा भएको थियो । उपप्रमुख पराजुलीले यस्ता कार्यक्रमहरू विगतका वर्षदेखि नै गर्दै आएको बताउनुभयो । उहाँले युवालाई अब्बल र योग्य बनाएर स्वदेशमै टिकाउने…

Read More

दमक, ११ जेठ । विषाक्त च्याउ खाएर बिरामी परेका इलाम माङसेबुङको एकै वडाका तीन जनाको ज्यान गएको छ । माङसेबुङ गाउँपालिका–५ का ५५ वर्षीय अमर लावती, २५ वर्षीया मनिषा लिम्बू र १७ वर्षीया नुमा लावतीको ज्यान गएको हो । बिर्तामोडस्थित बिएण्डसी अस्पतालका सूचना अधिकारी डा अनुपम घिमिरेका अनुसार छ दिनअघि चिया बगानमा उम्रिएको च्याउ खाएका उनीहरू एक्कासि बिरामी परेका थिए । मनिषा र नुमाको विराट नर्सिङ अस्पताल विराटनगरमा यसअघि नै मृत्यु भएको थियो । लावतीको आज बिएण्डसी अस्पतालमा मृत्यु भएको हो ।

Read More

बिर्तामोड, ११ जेठ । नेपाल पत्रकार महासंघ झापाले १५ वटै पालिकामा ज्ञापनपत्र बुझाउने अभियान शुरु गरेको छ । महासंघ झापाले सात बुँदे मागसहित झापाका १५ वटै स्थानीय तहहरुमा ज्ञापनपत्र बुझाउने भएको छ । यसैक्रममा आज (आइतबार) बिर्तामोड नगरपालिकामा महासंघले ज्ञापनपत्र बुझाएको हो । महासंघका अध्यक्ष एकराज गिरीको नेतृत्वमा बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा प्रसाईलाई आज ज्ञापनपत्र बुझाएको छ । बाचन महासंघका उपाध्यक्ष सुव्रत न्यौपानेले गरेको कार्यक्रमको सहजीकरण सचिव राजु पाठकले गरेका थिए । अध्यक्ष गिरीले नगर प्रमुख प्रसाईलाई सात बुँदे मागसहितको ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्र बुझ्दै नगर प्रमुख प्रसाईले नगरको स्रोत र साधनले ध्याएसम्म सञ्चार क्षेत्र तथा सञ्चार माध्यमलाई…

Read More

विराटनगर, ११ जेठ । कोशी प्रदेश सरकारले प्रदान गर्दै आएको पुरस्कार दलीय भागबण्डामा वितरण नगर्न सरकारलाई सचेत गराउँदै समाजवादी प्रेस संगठन कोशीले निश्चित मापदण्ड र पारदर्शी प्रक्रिया अवलम्बन गर्न माग गरेको छ । संगठनले आइतबार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रामप्रसाद आचार्यलाई ज्ञापन(पत्र बुझाउँदै पुरस्कार वितरण प्रक्रिया पारदर्शी, निष्पक्ष र मापदण्डयुक्त बनाउन आग्रह गरेको हो। संगठनका प्रदेश अध्यक्ष बन्धु पोखरेल नेतृत्वमा गएको प्रतिनिधिमण्डलले कोशी प्रदेश सरकारले पत्रकारिता पुरस्कार जस्तो संवेदनशील विषयलाई समेत दलगत भागबण्डाको आधारमा वितरण गर्ने तयारी गरिरहेकोमा आपत्ति जनाएको छ । ‘यस प्रकारको कार्यले योग्य र निस्वार्थ पत्रकारहरूको सम्मान गर्नुपर्ने प्रक्रियालाई नै बदनाम गर्ने हाम्रो ठहर छ’…

Read More

झापा, ११ जेठ । यसवर्षको प्रि–मनसुन सुरु भएसँगै मनसुन भित्रिने अवस्थामा पुगेको छ । यस वर्षको मनसुनबाट मुलुकमा चार लाख ५० हजार घरका २० लाख नागरिक प्रभावित हुने अनुमान गरिएको छ । मौसम विज्ञान विभागको पूर्वानुमानका आधारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सबै विषयवस्तुको विश्लेषण गरी तयार पारेको प्रस्तावित मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२ मा उक्त अनुमान गरिएको हो । प्रभावितमध्ये १० प्रतिशत मानिसलाई उद्धार र राहत गर्नुपर्ने अवस्था आउनसक्ने आँकलनसहितको कार्ययोजना निर्माण गरिएको प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले जानकारी दिनुभयो । यही जेठ १४ गते बस्ने गृहमन्त्री अध्यक्ष रहेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको…

Read More

झापा, ११ जेठ । झापामा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भद्रपुर नगरपालिका–५ बस्ने २१ वर्षीय शंकर राजवंशीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । शंकरले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई कनकाई नगरपालिका–८ लक्ष्मीपुरबाट पक्राउ गरेको हो । यस्तै, इलाममा २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा इलाम नगरपालिका–४ छयारछयारे बस्ने ३२ वर्षीय गोविन्द विष्टलाई शुक्रबार दिउसो प्रहरीले पक्राउ गरेको छ । गोविन्दले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ…

Read More

दमक, ११ जेठ । गएराति दमकबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरिएको छ । दमक नगरपालिका–३ बेलडाँगीमा लागुऔषध बिक्री वितरण भइरहेको छ भन्ने गोप्य सूचानाको आधारमा प्रहरी चौकी बाघखोरबाट खटिएको प्रहरी टोलीले सोही स्थानको सेक्टर नं. सी ३ हट नं. ३३८ का ४० वर्षीय सन्बिर तामाङको घरमा गएर खानतलासी गर्दा सन्बिर तामाङको साथबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ प्लाष्टिकसहित ५३० मिलिग्राम फेला पारेको र सोही घरबाट भाग्दै गरेको अवस्थामा सेक्टर नं. सी ४ हट नं. ५१६ का १९ वर्षीय रोमन गुरुङ समेतलाई नियन्त्रणमा लिई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकमा ल्याएर राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More

सुनसरी, ११ जेठ । सुनसरीको धरान उपमहानगरपालिका वडा नं. १५ देवी गाँउ स्थितबाट ८२ किलोग्राम लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा धनकुटा चौबिसेका २० वर्षीय अर्जुन लिम्बु रहेका छन् । हिजो राति पौने ९ बजे इलाका प्रहरी कार्यालय धरानबाट खटएको प्रहरी टोलीले लिम्बुलाई प्र. १–०२–०४४ प ४३२० नम्बरको मोटरसाइकलमा ४ वटा बोरामा लोड गरी ल्याउँदै गरेको अवस्थामा फेला पारेको थियो । गाँजासहित पक्राउ परेका लिम्बूको थप अनुसन्धान भइरहेको छ । लागुऔषधसहित छ जना पक्राउयसैबीच, धरान उपमहानगरपालिका वडा नं. ८ र ११ बाट प्रतिबन्धित लागूऔषधसहित ६ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा धरान ११ का १८…

Read More

झापा, ११ जेठ । झापाको बिर्तामोड–८ स्थित देउनिया खोलामा बिश्रान्ती घाट निर्माण शुरु गरिएको छ । कोशी प्रदेश सरकारका खानेपानी, सिञ्चाई तथा ऊर्जामन्त्री एकराज कार्कीले एक कार्यक्रमका बीच बिश्रान्ती घाटको शिलान्यास गर्नुभएको छ । डीपीआर तयार गरी करिब दुई करोड रुपैयाँको लागतमा विश्रान्ती घाट, स्नान घर, मलामी घर, बगैंचा लगायतका संरचनासहित धार्मिक एवम् पर्यटकीयस्थल निर्माण गरिने बिर्तामोड–८ का वडाध्यक्ष अजय कार्कीले बताउनुभयो । विश्रान्ती घाटको शिलान्यास गर्दै मन्त्री कार्कील प्रदेश सरकारबाट सक्दो सहयोग गर्ने आश्वासन दिनुभयो । उहाँले प्रदेश सरकारको बजेट बैंकमा सो योजना पारेर क्रमागत रुपमा बजेट दिएर भए पनि पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा हल्दिबारी गाउँपालिकाका अध्यक्ष…

Read More

दमक, ११ जेठ । सानो प्रयास युवा समाज दमकले शव वहान सेवा सञ्चालनमा ल्याएको छ । करिब १२ लाख रुपैयाँको लगानीमा खरिद गरिएको उक्त सवारी साधन दमक, कमल, उर्लाबारी लगायत आसपासका क्षेत्रमा सेवा दिने लक्ष्यका साथ सञ्चालनमा ल्याइएको हो । अन्य शव वहानको तुलनामा सहुलियत शुल्कमा सेवा प्रदान गरिने र आर्थिक रूपमा कमजोर परिवारहरूलाई विशेष छुट दिइने समाजले जनाएको छ । संस्थाका अध्यक्ष छबि खतिवडाका अनुसार, गरिब तथा ठूला परिवारलाई लक्षित गर्दै सञ्चालनमा ल्याइएको उक्त सवारीमा ३० जना यात्रु अटाउन सक्ने सुविधा छ, जुन अन्य शव वहानको तुलनामा धेरै हो । यसले गर्दा अन्तिम संस्कारमा सहभागी परिवारका सदस्यहरूले अर्को सवारी…

Read More