दमक, ११ जेठ । गएराति दमकबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरिएको छ ।
दमक नगरपालिका–३ बेलडाँगीमा लागुऔषध बिक्री वितरण भइरहेको छ भन्ने गोप्य सूचानाको आधारमा प्रहरी चौकी बाघखोरबाट खटिएको प्रहरी टोलीले सोही स्थानको सेक्टर नं. सी ३ हट नं. ३३८ का ४० वर्षीय सन्बिर तामाङको घरमा गएर खानतलासी गर्दा सन्बिर तामाङको साथबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ प्लाष्टिकसहित ५३० मिलिग्राम फेला पारेको र सोही घरबाट भाग्दै गरेको अवस्थामा सेक्टर नं. सी ४ हट नं. ५१६ का १९ वर्षीय रोमन गुरुङ समेतलाई नियन्त्रणमा लिई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकमा ल्याएर राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Facebook Comments Box


