jhapaonline add

विराटनगर, २४ वैशाख । उदयपुरमा चट्याङ लागेर १ जना र खोटाङमा बिद्युतिय करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । वैशाख २३ गते अपरान्ह उदयपुरको कटारी नगरपालिका–८ का मान बहादुर मगरको १२ बर्षीय छोरा चित्र बहादुर मगर घर नजिकै रहेको जंगलमा बाख्रा चराउन गएको अवस्थामा बर्षा संगै परेको चट्याङले लागेर घटना स्थलमा नै मृत्यु भएको हो । सोही दिन बेलुका ६ बजे खोटाङको ऐसेलुखर्क गाउँपालिका–७ का ३९ बर्षीय बिकाश राईले बिद्युतको पोलमा रहेको ट्रान्सफर्मरमा फ्युज जोड्ने क्रममा करेन्ट लाग्दा उनको घटना स्थलमा नै मृत्यु भएको हो । घटना स्थलमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी अधिकृत सहितको टोली खटी मृतक लाशको…

Read More

उदयपुर, २४ वैशाख । उदयपुरको बेलका नगरपालिका– ८ कोठु स्थित सप्तकोशी नदीमा पुलबाट हाम्फालेर १ जनाको मृत्यू भएको छ । वैशाख २३ गते विहान पौने ११ बजे सुनसरीको बराहक्षेत्र नगरपालिका–१ का ५२ वर्षीय मकर जंग राई सप्तकोशी नदीमा हाम फालेका हुन् । पुलबाट हाम्फालेको भनि अस्थायी प्रहरी पोष्ट कोठुमा जानकारी हुनासाथ तत्काल उद्दारमा खटिएको प्रहरी टोलीले राईलाई नदीबाट निकाली उपचारको लागि धरान घोपा पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

Read More

झापा, २४ वैशाख । झापा, सुनसरी र मोरङको विभिन्न स्थानबाट निषेधित औषधी र खैरो हिरोइन सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । वैशाख २३ गते मोरङ बिराटनगर–१६ स्थितबाट लागू औषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले सुनसरी इटहरी उप(महानगरपालिका–३ का २३ वर्षीय एमन खापुङलाई खैरो हिरोइन १ ग्राम १५ मिलिग्राम सहित पक्राउ गरेको छ । यसैगरी इलाका प्रहरी कार्यालय उर्लाबारी मोरङबाट खटिएको प्रहरी टोलीले उर्लाबारी नगरपालिका–४ आईतवारेमा कोठा भाडालिई बस्दै आएका ४२ वर्षीय योगेन्द्र तुङहाङलाई प्रतिवन्धित औषधी–४० चक्की र खैरो हिरोइन ३ सय १० मिलिग्राम सहित नियन्त्रणमा लिएको छ । त्यसैगरी झापाको अस्थायी प्रहरी चौकी गरामनीबाट खटिएको प्रहरी टोलिले…

Read More

भद्रपुर, २४ बैशाख । झापाको भद्रपुर नगरपालिकाले यहाँका युवालाई लोकसेवा तयारी कक्षा प्रदान गरिरहेको छ । युवाहरुलाई प्रशासनिक क्षेत्रमा रोजगारीको पहुँच पु¥याउने उद्देश्यले नगरपालिकाले यहाँका ७० जना युवालाई लोकसेवा तयारी कक्षा प्रदान गरिरहेको नगरपालिकाकी सामाजिक विकास अधिकृत जीवनकला राउतले जानकारी दिनुभयो । चैत ९ गतेदेखि नायब सुब्बा पदका लागि ५० दिने तयारी कक्षा धमाधम भइरहेको उहाँले बताउनुभयो । युवालाई रोजगार बनाएर स्वदेशमै टिकाउन लोकसेवा कक्षा सञ्चालन गरिएको नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलको भनाई छ । तालिमले यहाँका युवालाई प्रशासनिक क्षेत्रमा रोजगार बन्न सहयोग मिल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । नगरपालिकाले उपलब्ध गराएको अवसरबाट भरपुर लाभ लिन उहाँले आग्रहसमेत गर्नुभयो । चन्द्रगढीस्थित…

Read More

झापा, २४ बैशाख । उप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहकी दिदी रीता सिंहसहित १७ जनाविरुद्ध बालमन्दीरको जग्गा हिनामिनामा मुद्दा चल्ने भएको छ। महान्यायाधिवक्ता रमेश बडालले सिंहसहित १७ जनाविरुद्ध मुद्दा चलाउने निर्णय गरेका महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले बताए ।यसअघि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले मुद्दा चलाउन नपर्ने रायसहित उच्च सरकारी वकिल कार्यालय हुँदै महान्यायाधिवक्ताको कार्यालयमा फायल पेश गरेको थियो। तर महान्यायाधिवक्ताले फायल अध्ययनपछि मुद्दा चल्ने निर्णय गरेका हुन् । महान्यायाधिवक्ताको निर्णयसँगै अब जिल्ला सरकारी वकिल कार्यालयले अभियोग पत्र तयार गरेर काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गर्नेछ। यसअघि नै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान सकेर प्रतिवेदन जिल्ला सरकारी…

Read More

झापा, २४ बैशाख । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३४ रूपैयाँ ८० पैसा र बिक्रीदर १३५ रूपैयाँ ४० पैसा कायम भएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १५२ रूपैयाँ ७० पैसा र बिक्रीदर १५३ रूपैयाँ ३८ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८० रूपैयाँ १४ पैसा र बिक्रीदर १८० रूपैयाँ ९४ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६३ रूपैयाँ ४० पैसा र बिक्रीदर १६४ रूपैयाँ १३ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ०५ पैसा र बिक्रीदर ८७ रूपैयाँ ४४ पैसा, क्यानेडियन…

Read More

झापा, २४ बैशाख । आज विभिन्न कार्यक्रम गरी ‘१०औँ राष्ट्रिय पत्रकारिता दिवस’ मनाइँदैछ । गोरखापत्र प्रकाशन भएको दिनको अवसर पारेर वैशाख २४ गते अर्थात् आजको दिनलाई राष्ट्रिय पत्रकारिता दिवस मनाउने गरिन्छ । सरकारले २०७३ सालमा पत्रकारिता दिवस राष्ट्रिय रुपमै मनाउन मान्यता दिएपछि यो दिवस वैशाख २४ गते मनाउन थालिएको हो । विसं १९५८ वैशाख २४ गतेदेखि साप्ताहिक रुपमा गोरखापत्रको प्रकाशन सुरु भएको हो । ‘विश्वसनीय सूचनाको आधारः जवाफदेही पत्रकारिता र सुरक्षित पत्रकार’ भन्ने मूल नाराका साथ पत्रकारिता दिवस मनाइँदैछ । पत्रकारिता दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रम गरिनेछ ।

Read More

झापा, २४ बैशाख । भारतले गएराती गरेको हवाई आक्रमणबाट पाकिस्तानमा दुई बालबालिकासहित सात जनाको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ । पाकिस्तान आर्मी इन्टर–सर्भिस पब्लिक रिलेशन्स (आईएसपीआर) का महानिर्देशक अहमेद सारिफ चौधरीलाई उद्धृत गर्दै पाकिस्तानी सञ्चारसंस्थाहरुले हालसम्म ३५ जना घाइते भएको जनाएका छन् । भारत सरकारले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका नौ स्थानमा आक्रमण गरेको जनाएको छ । तर पाकिस्तानी सेनाले भने तीन स्थानमा आक्रमण भएको बताएको छ । ठूला विस्फोटको आवाजले आफुहरुलाई स्तब्ध बनाएको पाकिस्तान प्रशासित कश्मीरको मुजफ्फराबादका बासिन्दाहरूले बताएका छन् । भारतले पाकिस्तानले पहलगाममा पयर्टकमाथि भएको आतंककारी आक्रमणको बदलामा भारतले पाकिस्तानमाथि जवाफी कारबाही गरेको जनाएको छ । भारतले…

Read More

झापा, २४ बैशाख । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखी साधारणतया बदली रहेको छ। देशको पहाडी भूभागको थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ । देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ । कोशी र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका ‍एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षासँगै हिमपातको पनि…

Read More

बिर्तामोड, २३ बैशाख । झापाको बिर्तामोडमा लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। आज बेलुका बिर्तामोड-८ नारायण कृष्ण टोल स्थित कबिता रिमालको घरमा कोठा भाडा गरी बस्दै आएका मानिसहरुले अबैध रुपमा लागु औषध कारोबार गरिरहेको छ भन्ने सुचनाको आधारमा कचनकवल गाउँपालिका-७ का २६ वर्षीय खड्गसिंह माझी र २० वर्षीय मुस्कान भुजेललाई प्रहरीले पक्राउ गरेको हो। अस्थायी प्रहरी चौकी गरामुनीबाट प्रहरी टोली खटिगई चेकजाँच गर्दा उक्त घरको भुई तल्लामा कोठा भाडा गरी बस्दै आएका उनीहरुलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा सुत्ने बिस्ताराको सिरानी मुनी भित्र १२ (बाह्र) थान हरियो र रातो प्लाष्टिकको पोका भित्र लागुऔषध (खैरो हेरोईन) जस्तो देखिने…

Read More