
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, १८ जेठ । हात्ती प्रभावित मेचीनगर नगरपालिका–२ र ४ मा दैनिकजसो चितुवाले बाख्रा मार्न थालेपछि स्थानीयवासी समस्यामा परेका छन् । दिनभरि चिया बगान, पारिवारिक निजी वनमा लुक्ने उक्त चितुवाले साँझ परेपछि स्थानीयवासीका खोरबाट बाख्रा, सुँगुर मारेर खाने गरेको मेचीनगर–२ का वडाध्यक्ष दीपक बरालले जानकारी दिनुभयो । विगत लामो समयदेखि हात्ती र बाँदरको आतङ्क खेपिरहेको बाहुनडाँगीले पछिल्लो १५ दिनयता चितुवाको थप आतङ्क खेप्नुपरेको उहाँले बताउनुभयो । “ हात्तीको नियमित आतङ्क, बाँदरको अस्वाभाविक बिगार खेपिरहेका हामीले फेरि चितुवाको पनि सामाना गर्नुपरिरहेको छ”, वडाध्यक्ष बराल भन्नुहुन्छ, “प्रत्येक दिन खोरबाट बाख्रा, सुँगर तानेर खाइरहेको छ । अब बालबालिका कसरी जोगाउनु भन्ने चिन्ता छ…
मोरङ, १८ जेठ । मोरङको बेलबारी नगरपालिका–२, लालभित्तीबाट एकै स्थानका चार जना बालिका बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सुन्दरहरैचा–११ शुक्रबारेस्थित महेन्द्र माविमा अध्ययनरत १३ वर्षीया जेनिसा नेपाली र १५ वर्षीया सविता परियार, बेलबारी–२ स्थित कविर माविमा अध्यानरत १२ वर्षीया स्मृति कार्की डोली र अनुष्का कार्की डोली छन् । उनीहरु साथी भेट्न जाने भन्दै यही जेठ १५ गते गणतन्त्र दिवसका दिन घरबाट निस्किएका जनाइएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक कृष्णबहादुर खत्रीले बेपत्ता बालिकाहरूको खोजी जारी रहेको जानकारी दिनुभयो ।
इलाम, १८ जेठ । इलामको सूर्योदय नगरपालिकामा बृहत् साकेला प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ । ‘भाषा लिपि धर्म संस्कृति हाम्रो पहिचान, सम्पुर्ण किराँत राईहरुको एकता हाम्रो अभियान’ भन्ने नाराका साथ किरात राई यायोख्खा सूर्योदय नगर कार्य समितिको आयोजनामा भएको कार्यक्रममा नगर क्षेत्रका १४ वटै वडाका किराती समुदायका विभिन्न संस्था तथा समुदायको बाक्लो उपस्थिति रहेको थियो । यलेदोङ सम्बत ५०८५को अवसर पारेर आयोजना गरिएको कार्यक्रममा हजारौँको सङ्ख्यामा उपस्थित भएका किराती समुदायले विभिन्न शिल्पीहरू प्रस्तुत गरेका थिए । आयोजकका अध्यक्ष गौरव चाम्लिङ राईको अध्यक्षता सूर्योदय नगरपालिकाका प्रमुख रण बहादुर राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति इलामका उपप्रमुख चित्रकला बराइली सूर्योदय…
झापा, १८ जेठ । हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफादेखि आंशिक बदली रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भागका केही स्थानमा र बाँकी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको उच्चपहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको…
झापा, १८ जेठ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले भारतको इन्डियन आयल कर्पोरेसनबाट शनिबार प्राप्त नयाँ मूल्य अनुसार पेट्रोलमा २ रुपैयाँ र डिजेल र मट्टीतेलमा १ रुपैयाँले बढेर आएको जनाएको हो । त्यस्तै हवाई इन्धन भने २ रुपैयाँ ५७ पैसाले घटेर आएको निगमले जनाएको छ । एलपी ग्यासको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ । निगमले आजै राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलिय पदार्थको नयाँ खुद्रा बिक्री मूल्य लागू हुने जनाएको छ ।
झापा, १८ जेठ । सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडद्वारा आयोजित दुई दिवसीय सहकारी व्यवस्थापन, क्षमता अभिबृद्धि तथा कर अभिमुखीकरण तालिम समापन भएको छ । झापा बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको सिम्रिक साकोसको आयोजनामा जेठ १६ गतेदेखि शुरु भएको दुई दिने तालिम शनिबार समापन भएको हो । सहकारी संस्थाका ४६ वटै सेवा केन्द्रका व्यवस्थापक, सञ्चालक समिति, व्यवस्थापन तह, अन्य समिति तथा उप समितिका कर्मचारी तथा पदाधिकारीहरुको क्षमता बृद्धिका लागि तालिमको आयोजना गरिएको संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले जानकारी दिनुभयो । आगामी आर्थिक वर्ष २०८२÷०८३ लाई लक्षित गरी संस्थाको नीति नियममा रहेर जोखिम रहित कारोबार गरेर संस्थालाई माथि उठाउने उद्देश्य…
बिर्तामोड, १७ जेठ । इपिएस मार्फत दक्षिण कोरिया गएकाहरुको परिवालाई वित्तीय साक्षरता प्रदान गरिएको छ । अंकुर नेपालले कोरियन अन्तर्राष्ट्रिय सहयोग निकाय (कोइका) अन्तर्गत के–हामी, ह्याप्पी माइग्रेशन परियोजनाको सहयोगमा झापाबाट इपिएस रोजगारीको क्रममा कोरियामा रहेका नेपाली श्रमिक परिवारका सदस्यहरुलाई वित्तीय साक्षरता प्रदान गरिएको अंकुर नेपालका पूर्व उपाध्यक्ष तथा के–हामी, ह्याप्पी माइग्रेशन परियोजनाका सम्पर्क संयोजक सञ्जीव चापागाईंले बताए । कार्यक्रममा प्रशिक्षक सहकारी विज्ञ चूडामणि ओझाले सहभागीलाई वित्तीय साक्षरता प्रदान गरेका थिए भने कार्यक्रममा अंकुर नेपालका पूर्व उपाध्यक्ष चापागाईंले कोरिया आप्रवासी कामदारका अभिभावक र आफन्तको दायित्व र जिम्मेवारी बारेमा सहभागीलाई जानकारी दिएका थिए । अंकुर नेपालका झापा संयोजक राम पौड्यालको अध्यक्षता तथा…
झापा, १७ जेठ । झापाको मेचीनगर नगरपालिकामा चितुवाको आतङ्क बढ्दै गएको छ । नगरपालिकाको वडा नं २ र ४ स्थित आलडाँगी क्षेत्रमा प्रवेश गर्ने चितुवाले आतङ्क मच्चाएको हो । केही दिनयता चितुवाले बाख्रा, कुकुर, सुँगुरका पाठा लगायत झण्डै दुई दर्जन घरपालुवा जनावरलाई आक्रमण गरी मारेको स्थानीयवासीले बताएका छन् । चितुवा अहिले वडा नं. २ आसपासका जङ्गली क्षेत्र तथा बस्तीमा देखिन थालेको बताइएको छ । वडा नं २ कार्यालयले बालबालिका र सर्वसाधारणलाई सतर्क रहन सूचना जारी गर्दै बालबालिकालाई एक्लै घरबाहिर नपठाउन आग्रह गरेको छ । वडा नं। ४ का अध्यक्ष अर्जुन कार्कीका अनुसार चितुवा नियन्त्रणका लागि डिभिजन वन कार्यालय, राष्ट्रिय प्रकृति…
झापा, १७ जेठ । स्तरोन्नति भइरहेको पूर्वपश्चिम राजमार्गको पूर्वीखण्डमा गए रातिको अविरल वर्षापछिको बाढीले निर्माणाधीन ‘एसियन हाइवे’ का तीन वटा डाइभर्सन बगाएको छ । बाढीले बगाएका तीनवटै डाइभर्सन मेचीनगर नगरपालिका क्षेत्रका हुन् । काँकडभिट्टा–लौकही सडक योजना कार्यालय ९पूर्वी खण्ड० का आयोजना प्रमुख इञ्जिनियर सुनिलबाबु पन्तका अनुसार मेचीनगरको काँकडभिट्टास्थित कालीखोला, धुलाबारीको ढुकुरे खोला र चारआलीको ‘एनिमल अन्डरपास’ को डाइभर्सन बाढीले बगाएको हो । डाइभर्सन बगेपछि आज बिहानदेखि पूर्वपश्चिम राजमार्गमा यातायात अवरुद्ध भएको थियो । बिहान ११ बजेसम्ममा चारआलीको ‘एनिमल अन्डरपास’ बाहेक कालीखोला र ढुकुरे खोलाको डाइभर्सन मर्मत सम्भार गरेर यातायात चल्न सक्ने बनाइएको उहाँले जानकारी दिनुभयो । “एनिमल अन्डरपासको डाइभर्सनमा धमाधम…
झापा, २७ जेठ । झापाको मेचीनगर नगरपालिका–१ सुनारे टोलस्थित सिचाइ नहरमा एक पुरुषको शव फेला परेको छ। इलामको रोङ गाउँपालिका–६ निवासी ५६ वर्षीय भगिरथ तामाङ सिद्धी खोलाले बगाई ल्याएको अवस्थामा मृत फेला परेका हुन् । आज बिहान प्राप्त जानकारी अनुसार तामाङको शव मेचीनगर नगरपालिका–२ भृकुटीसम्म सिचाइका लागि लगिएको नहरको ढोकामा घोप्टो परेर अड्किएको अवस्थामा फेला परेको हो । घटना सम्बन्धमा जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय काँकरभिट्टा र प्रहरी चौकी तिर्थेखोलाबाट खटिएको प्रहरी टोलीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।