
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, १६ जेठ । तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदको पाँचौं राष्ट्रिय महाधिवेशनले आगामी ३ वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति निर्वाचित गरेको छ । राष्ट्रिय भेलाले १९ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ । महाधिवेशनबाट अध्यक्षमा धनमान गुरुङ निर्वाचित हुनु भएको छ । निर्वाचित समितिको बरिष्ठ उपाध्यक्षमा डम्बरबहादुर गुरुङ चयन हुनु भएको छ । त्यस्तै समितिको उपाध्यक्षमा केशरमान गुरुङ, नरबहादुर गुरुङ, बिमला गुरुङ, श्रीप्रसाद गुरुङ, मनोज गुरुङ, डिबि गुरुङ, महिला उपाध्यक्षमा देबकुमारी गुरुङ चयन हुनुभएको छ । त्यस्तै, महासचिव राजु गुरुङ, सह महासचिव गोपाल गुरुङ, उपमहासचिवमा बिष्णु माया गुरुङ, सचिवमा मिलनकुमार गुरुङ, लोकबहादुर गुरुङ, पूर्णबहादुर गुरुङ रहनु भएको छ भने…
झापा, १६ जेठ । झापाको शिवसताक्षीमा आज दिउँसो मानव कंकाल फेला परेको छ । शिवसताक्षी–७ लालपानी मण्डलबस्ति स्थित कृष्ण मण्डलको मकैबारीमा मानव कंकाल फेला परेको हो । कंकाल शिवसताक्षी–७ का ४४ को ओमप्रकाश श्रेष्ठ रहेको कपडा र मालाको आधारमा आफन्तले सनाखत गरेका छन् । घटनास्थलको कानूनी प्रक्रिया पूरा गरी मानव कंकाल पोष्टमार्टमका लागि धरान घोपा पठाइएको छ ।
शिवसताक्षी, १६ जेठ । झापा शिवसताक्षी नगरपालिका वडा नं. ५ ले वडाभित्रका विपन्न तथा जोखिममा रहेका समुदायलाई लक्षित गर्दै लामखुट्टे जन्य रोगको रोकथामका लागि झुल वितरण गरेको छ। वडाले शुक्रबार वडा कार्यालय परिसरमा आयोजना गरेको एक विशेष कार्यक्रममा ५० विपन्न परिवारलाई झुल वितरण गरिएको हो । वडाले वडा शिलिङ बजेटबाट विनियोजित ५० हजार रकम बराबरको झुल वितरण गरेको जनाएको छ । कार्यक्रममा शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले विपन्न समुदायलाई झुल वितरण गरेका हुन् । उनले वडाले विपन्न समुदायलाई झुल वितरण गरेर प्रशसनीय काम गरेको बताए । वडाध्यक्ष पाश्वनले भने, “बर्खायामको सुरुआतसँगै लामखुट्टेको प्रकोप बढ्न सक्छ । डेंगु, मलेरिया, जस्ता लामखुट्टेबाट…
बिर्तामोड, १६ जेठ । बिर्तामोड नगरपालिकाले आयोजना गरेको लोक सेवा तयारी कक्षा तालिम सम्पन्न भएको छ । विपन्न, दलित जनजाति तथा आदिवासीहरुको लागि निःशुल्करुपमा सञ्चालन गरिएको ४५ दिने तालिम आज सम्पन्न भएको हो । नगरपालिकाको सभाहलमा आयोजित तालिम समापन कार्यक्रममा नगर उप प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले तालिममा सहभागीहरुलाइ लोकसेवा तयारी पुस्तक वितरण गर्नु भयो । प्रति विद्यार्थी २५ सय रुपैयाँ मूल्य बराबरको पुस्तक वितरण गरिएको हो । तालिममा ५० जनाको सहभागिता थियो ।महिला बालबालिका शाखा मार्फत आयोजना गरिएको यस तयारी कक्षालाई नोभा फाउण्डेसनले सहजिकरण गरेको थियो । कार्यक्रममा तालिम अवधिमै प्रदेश लोक सेवा पाचौँ तहमा नाम निकाल्न सफल तीन जनालाई…
झापा, १६ जेठ । नेपालमा सरदर मितिभन्दा १५ दिन छिटो मनसुन प्रवेश गरेको छ । जल तथा मौसम विज्ञान विभागले आज विज्ञप्ति जारी गरी यस वर्षको मनसुन बिहीबार रातिबाट नेपालको पूर्वबाट प्रवेश गरी कोशी प्रदेशका अधिकांश भू–भागमा विस्तार भएको जनाएको छ । मनसुनका कारण कोशी प्रदेशका अधिकांश मौसम केन्द्रमा हल्कादेखि मध्यम मनसुनी वर्षा भएको विभागले जनाएको छ । विभागमा महानिर्देशक कमलराम जोशीले नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ रहे पनि मे २९ मा नै नेपालमा मनसुन भित्रिएको जनाकारी दिनुभयो । “नेपालका अन्य भू–भागहरूमा मनसुनको प्रभाव विस्तार हुन अझै केही समयमा लाग्ने देखिन्छ । हाल देशको बाँकी भू–भागमा भने पश्चिमी…
उदयपुर, १६ जेठ । उदयपुरको चौदण्डीगढी नगरपालिका–२ स्थितबाट प्रहरीले लागूऔषध गाँजा सहित ओसारपसारमा संलग्न २ जना महिलालाई पक्राउ गरेको छ । जेठ १५ गते विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले चौदण्डीगढी–१ की रत्न माया श्रेष्ठको घर कोठा खानतलासी गर्दा सोही स्थानकी ४२ बर्षीया कमला श्रेष्ठले ३५ वटा प्लास्टिकको वोरामा लुकाई छिपाई राखेको १ हजार १ सय ४३ किलो २७५ ग्राम गाँजा बरामद गरेको हो । गाँजा बरामद भए संगै संलग्न दुवै जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ । यसै गरी सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित सप्तकोशी नदीमा वेवारिसे अवस्थामा…
विराटनगर, १६ जेठ । झापा, मोरङ र उदयपुर जिल्लाहरुको बिभिन्न स्थानहरुबाट जेठ १५ गते लागू औषध ब्राउन सुगर र प्रतिबन्धीत औषधी सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । लागू औषध नियन्त्रण ब्यूरो विराटनगरको प्रहरी टोलीले विराटनगर महानगरपालिका–१५ र १६ स्थितबाट उर्लावारी नगरपालिका–४ का २४ बर्षीय प्रसान भण्डारीलाई ब्राउन सुगर ३ ग्राम ३६ मिलिग्राम रर NITRAZEPAM ३५ चक्की सहित, इटहरी उप–महानगरपालिका–२० का ३२ बर्षीय सुबास गुरुङ र २८ बर्षीय भिसन गुरुङलाई ब्राउन सुगर २ ग्राम १६ मिलिग्राम सहित, मोरङको केरावारी गाउँपालिका–८ का २३ बर्षीय राज कुमार भुजेल र १८ बर्षीय युगेश राईलाई ब्राउन सुगर १ ग्राम ९८ मिलिग्राम सहित नियन्त्रणमा…
सुनसरी, १६ जेठ । सुनसरीको इनरुवा नगरपालिका–७ स्थित हुलाकी राजमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन । जेठ १५ गते प्रदेश १.०२.००१ ख ८०५४ नम्वरको सेफ्टी ट्याङ्की सफा गर्ने ट्याङ्करले विपरित दिशाबाट आउदै को. ३२ प १३९२ नम्वरको मोटरसाईकललाई ठक्कर दिंदा घाईते भएका मोटरसाईकल पछाडि सवार दुहवी नगरपालिका–११ का ४८ बर्षीय देव नारायण उरावलाई उपचारको लागि इनरुवा अस्पताल लगिएकोमा अस्पताल पुर्यािउनासाथ उनको मृत्यु भएको थियो भने मोटरसाईकल चालक सोही स्थानका २३ बर्षीय मनिरत्न चौधरीको गोल्डेन अस्पताल विराटनगरमा उपचार भईरहेको छ । दुर्घटनामा सम्लग्न ट्याङ्कर र चालक इनरुवा–२ का लस्कर अन्सारीलाई जिल्ला प्रहरी…
मोरङ, १६ जेठ । मोरङको विराटनगर महानगरपालिका–१४ स्थित सिंघिया खोलामा पौडी खेल्ने क्रममा डुवेर एक जना बालकको मृत्यु भएको छ । जेठ १५ गते अपरान्ह जहदा गाउँपालिका–२ का श्रवण महतोको ६ बर्षीय छोरा कुस कुमार महतो खोलामा पौडी खेल्ने क्रममा डुबी मृत्यु भएको हो । पौडी खेल्ने क्रममा खोलामा डुबी बेपत्ता भएको भन्ने खवर इलाका प्रहरी कार्यालय रानीमा प्राप्त हुनासाथ तत्काल प्रहरी टोली खटी स्थानिय बासीको सहयोगमा खोजी गर्दा पानीमा डुवी मृत अवस्थामा बालकलाई फेला पारेको थियो । मृतक लाशलाई पोष्टमार्टमको लागी कोशी अस्पताल विराटनगर पठाएको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।
काठमाडों, १६ जेठ । रोकिएको मध्यपहाडी लोकमार्गकेन्द्रित अभियान माओवादी केन्द्रले २१ जेठदेखि पुनः सुरु गर्ने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा शुक्रबार बसेको पदाधिकारी बैठकले २१ देखि २५ जेठसम्म अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । माओवादीले गत २ जेठदेखि बैतडीको पाटनबाट मध्यपहाडी लोकमार्गमा केन्द्रित हुँदै जनजागरण अभियान पोखरा पुगेर रोकिएको छ ।