झापा, १६ जेठ । तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदको पाँचौं राष्ट्रिय महाधिवेशनले आगामी ३ वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति निर्वाचित गरेको छ । राष्ट्रिय भेलाले १९ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ ।
महाधिवेशनबाट अध्यक्षमा धनमान गुरुङ निर्वाचित हुनु भएको छ । निर्वाचित समितिको बरिष्ठ उपाध्यक्षमा डम्बरबहादुर गुरुङ चयन हुनु भएको छ । त्यस्तै समितिको उपाध्यक्षमा केशरमान गुरुङ, नरबहादुर गुरुङ, बिमला गुरुङ, श्रीप्रसाद गुरुङ, मनोज गुरुङ, डिबि गुरुङ, महिला उपाध्यक्षमा देबकुमारी गुरुङ चयन हुनुभएको छ ।

त्यस्तै, महासचिव राजु गुरुङ, सह महासचिव गोपाल गुरुङ, उपमहासचिवमा बिष्णु माया गुरुङ, सचिवमा मिलनकुमार गुरुङ, लोकबहादुर गुरुङ, पूर्णबहादुर गुरुङ रहनु भएको छ भने समितिको कोषाध्यक्षमा गंगाबहादुर गुरुङ, सह कोषाध्यक्ष टिकाराम गुरुङ रहनु भएको छ ।
त्यस्तै, कोशी प्रदेश प्रमुखमा आनन्द गुरुङ, मदेश प्रदेश प्रमुखमा एकबहादुर गुरुङ, बगमती प्रदेश प्रमुखमा बिमला देवी गुरुङ, गण्डकी प्रदेश प्रमुखमा जित बहादुर गुरुङ, लुम्बिनी प्रदेश प्रमुखमा झपट बहादुर गुरुङ निर्वाचित हुनु भएको छ ।

त्यस्तै, काठमाडौं उपत्यका प्रमुखमा धर्मराज गुरुङ (राजु), सचिवालय सदस्यमा निर्मला गुरुङ, रगबहादुर गुरुङ, तुलाराम गुरुङ, धिरज गुरुङ, बलिमान गुरुङ निर्वाचित हुनु भएको छ ।
त्यस्तै, केन्द्रीय सदस्य खुल्लातर्फ एमबि लामा गुरुङ, झमकराज गुरुङ, मानकाजी गुरुङ, मित्रकुमार गुरुङ, राजेन्द्रबहादुर गुरुङ, पेमा गुरुङ, प्रजनबहादुर गुरुङ, ईमानसिंह गुरुङ, रामबहादुर (अक्कल बिराही) गुरुङ, जंगबहादुर गुरुङ, धन बहादुर गुरुङ, महेन्द्रकुमार गुरुङ, मोहनबहादुर गुरुङ, शम्भु गुरुङ, गंगा गुरुङ निर्वाचित हुनु भएको छ ।
त्यस्तै, केन्द्रिय सदस्य अनुसूची–७ का तमु संघ संस्थाबाट खेमकुमार गुरुङ, सरला घले, कुम्भराज (कुमार) गुरुङ, डम्बर बहादुर गुरुङ, टिकाराम गुरुङ रहनु भएको छ ।
त्यस्तै, धार्मिक संस्था तमु बौद्ध समिति तर्फ रबिन गुरुङ छन् । त्यस्तै, तमुवान विशेष क्षेत्र केन्द्रिय सदस्यमा यमु गुरुङ, जगत काजी गुरुङ, धनप्रसाद गुरुङ रहनु भएको छ ।

त्यस्तै, आरक्षित महिला कोटातर्फ, शर्मिला गुरुङ, टिचन गुरुङ, आशा गुरुङ र दिल माया गुरुङ निर्वाचित हुनुभएको हो ।
भेलाले १९ बुदे घोषणापत्र सार्वजनिक गर्दै पाँचौ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको छ । तमु ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषदका केन्द्रीय अध्यक्ष कर्णबहादुर गुरुङको अध्यक्षमा भएको कार्यक्रममा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्य रहेको थियो ।
देशभरिका प्रदेश, जिल्ला प्रतिनिधिहरुको सहभागीता रहेको कार्यक्रम जेठ १०, ११, १२ र १३ गतेसम्म काठमाडौँमा सम्पन्न भएको हो ।


