झापा, १६ जेठ । झापाको शिवसताक्षीमा आज दिउँसो मानव कंकाल फेला परेको छ । शिवसताक्षी–७ लालपानी मण्डलबस्ति स्थित कृष्ण मण्डलको मकैबारीमा मानव कंकाल फेला परेको हो ।
कंकाल शिवसताक्षी–७ का ४४ को ओमप्रकाश श्रेष्ठ रहेको कपडा र मालाको आधारमा आफन्तले सनाखत गरेका छन् । घटनास्थलको कानूनी प्रक्रिया पूरा गरी मानव कंकाल पोष्टमार्टमका लागि धरान घोपा पठाइएको छ ।
Facebook Comments Box


