jhapaonline add

झापा, ३१ बैशाख । सरकारी कार्यालय, सङ्गठित संस्था तथा अन्य संस्था, समिति प्रदेश निकाय र स्थानीय तहहरूसमेतको बेरुजु १२ खर्ब ८४ अर्ब नाघेको छ । आज सार्वजनिक भएको महालेखापरीक्षकको ६२ औँ वार्षिक प्रतिवेदनअनुसार पछिल्लो एक वर्ष अर्थात् आर्थिक वर्ष २०८०–८१ मा मात्रै ९१ अर्ब ५९ करोड ७९ लाख बराबर बेरुजु थपिएको छ । महालेखा परीक्षकको ६२ औँ प्रतिवेदनअनुसार सङ्घीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह र संस्थातर्फ लेखा परीक्षणबाट औँल्याइएको अद्यावधिक बेरुजु सात खर्ब ३३ अर्ब १९ करोड नौ लाख बराबर छ । अद्यावधिक बेरुजु गतवर्षको भन्दा नौ दशमलव ४५ प्रतिशतले बढेको छ । त्यस्तै, अतिरिक्त लेखापरीक्षण बक्यौता, राजस्व…

Read More

हल्दिबारी, ३१ बैशाख । झापाको हल्दिबारी गाउँपालिकामा भूमी समस्या सम्बन्धी एक दिने अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ। हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङदेनको अध्यक्षतामा भएको कार्यक्रममा भूमी सम्बन्धी समस्या समाधान आयोग जिल्ला आयोग अध्यक्ष मदन अधिकारीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रमका स्वागत तथा औचित्य माथि प्रकाश पालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन ९महेन्द० पारेका थिए । उनले भूमी सम्बन्धी समस्याका बारेमा हाल भइरहेका गतिबिधी र अब गर्नुपर्ने काम, आएका समस्याहरुको बारेमा छलफल तथा जनप्रतिनिधिहरुले विज्ञ समक्ष प्रश्नहरु राखेका थिए। हल्दीबारी गाउँपालिकामा रहेका सुकुम्बासीहरूको समस्या समाधान, अव्यवस्थित बसोबास, धनी पुर्जा वितरण लगायतका बारेमा विज्ञहरुले प्रष्ट पारेका थिए कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले…

Read More

कनकाई, ३१ बैशाख । झापाको कनकाई नगरपालिका–४ का पाँच परिवार वर्षौंदेखि बस्दै आएको ठाउँबाट विस्थापित हुने चिन्तामा छन् । कनकाई–४ स्थित कोटिहोम दक्षिण रहेको कविरकुटी नजिकै २०२५ सालदेखि बस्दै आएका उनीहरु विस्थापित हुने चिन्तामा रहेका हुन् । यहाँस्थित धार्मिक संस्था वचन वंशी कविर आश्रमले आफ्नो दाबी गर्दै आएको २ बिगाहा १६ कठ्ठा जग्गामा रामप्रसाद सिटौला, नैनाकला मिश्र, दिनेश मैनाली, देवेन्द्र मिश्र र दयाप्रसाद उप्रेतीको परिवारको बसोबास छ । आश्रम र भोग चलन गर्दै आएका परिवारबीच लामो समयदेखि विवाद हुँदै आएको छ । २०२५ सालदेखि आफूहरु बस्दै आएको उनीहरुले न्याय माग्दै सर्वोच्च अदालतमा मुद्दा हालेको र अदालतले समेत आफूहरुको पक्षमा फैसला…

Read More

कचनकवल, ३१ बैशाख । कचनकवल गाउँपालिकाले स्थानीय शिक्षा प्रणालीलाई सुदृढ बनाउने उद्देश्यसहित कक्षा–१ देखि ८ सम्मको स्थानीय पाठ्यक्रम निर्माण गरि चालु शैक्षिक सत्रदेखि लागू गरेको छ। हाल प्रारम्भिक चरणमा कक्षा १ देखि ३ सम्मको पाठ्यक्रम र पाठ्यपुस्तक औपचारिक रूपमा लागू गरिएको गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीले जानकारी दिए । गाउँपालिकाभित्र रहेका ३० वटा सामुदायिक विद्यालयमा यो पाठ्यक्रम लागू गरिएको छ भने निकट भविष्यमा संस्थागत विद्यालयहरूमा पनि सोही पाठ्यक्रम विस्तार गरिने अध्यक्ष राजवंशीले बताए । गाउँपालिकाको सभाहलमा आयोजित एक समारोहमार्फत ूकचनकवल ज्ञानमाला शृङ्खलाू अन्तर्गत तयार गरिएको स्थानीय पाठ्यक्रम र कक्षा १ देखि ३ सम्मका पाठ्यपुस्तकहरू विमोचन गरिएको हो । उक्त कार्यक्रममा…

Read More

सन्तोष शर्माझापा, ३१ बैशाख । झापाको बुद्धशान्ति गाउँपालिका वडा नं. १ मा संघ र प्रदेशका २९ वटा योजना सञ्चालित छन् । चालू आर्थिक वर्षमा सडक कालोपत्रे, सिञ्चाई, खोला–पैनीको मुहान संरक्षण, मलामी घाट निर्माण, शिक्षा लगायतका २९ वटा योजना सञ्चालनमा रहेको बुद्धशान्ति–१ का वडाध्यक्ष अनिल वाग्लेले जानकारी दिनुभयो । “वडाको विकासका लागि संघ र प्रदेश सरकारमा कार्यक्रम लिएर धाइरहेको छु”, वडाध्यक्ष वाग्लेले भन्नुभयो, “आवश्यकता धेरै छन्, प्राथमिकताका आधारमा काम भइरहेको छ ।” कतिपय योजना सम्पन्न भइसकेका छन् भने कतिपय योजना सम्पन्नको चरणमा रहेको वडाध्यक्ष वाग्ले बताउनुहुन्छ । वडामा कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको वडाध्यक्ष वाग्ले बताउनुहुन्छ । सिञ्चाईका लागि एक दर्जन…

Read More

झापा, ३१ बैशाख । झापाको हल्दिबारी गाउँपालिकामा गएराति एक पुरुष मृत फेला परेका छन् । हल्दिबारी–२ आसमानबारीका ४२ वर्षीय दिलबहादुर राजवंशी शौचालयमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । दिलबहादुर राति शौचालय गएका थिए । उनका दाजु राजकुमार राजवंशी शौचालय जाँदा भित्रबाट ढोका बन्द रहको र धेरै समयसम्म पनि ढोका नखोलेपछि टेलिफोन मार्फत प्रहरीलाई जानकारी गराएको प्रवक्ता खड्काले बताउनुभयो । शौचालयको ढोका भित्रबाट चुकुल लगाएको र खोलेर हेर्दा शौचालय बसेकै ठाउँमा मृत अवस्थामा दिलबहादुर फेला परेका हुन् । कानूनी प्रक्रिया पुरा गरी शव पोष्टमार्टमका लागि प्रदेशिक अस्पताल भद्रपुर पठाइएको जिल्ला प्रहरी…

Read More

गाजा, ३१ वैशाख । खान युनिसको एक युरोपेली अस्पतालमा गरिएको इजरायली हवाई आक्रमणमा कम्तीमा २८ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्। यो जानकारी हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सीका प्रवक्ताले दिएका हुन्। स्थानीय स्रोतका अनुसार इजरायली लडाकु विमानहरूले गाजाको यस अस्पतालमा एकैसाथ छ वटा बम खसालेका थिए, जुन अस्पतालको आँगन र वरपरका क्षेत्रहरूमा खसेका थिए। इजरायली सेनाले भने ‘कमाण्ड एण्ड कन्ट्रोल सेन्टरमा हमास आतंककारीहरूमाथि सटीक हमला’ गरेको बताएको छ। इजरायलले यो केन्द्र अस्पताल मुनि रहेको दाबी गरेको छ। यस हवाई हमलामा गाजामा बीबीसीका लागि काम गर्ने एक स्वतन्त्र पत्रकार पनि घाइते भएका छन्। यद्यपि, उपचार पछि, उनको अवस्था…

Read More

मोरङ, ३१ वैशाख । मोरङको रतुवामाई नगरपालिका–३ मिर्चा डागी स्थितमा करेन्ट लागेर २ जना बृद्धाको मृत्यु भएको छ । वैशाख ३० गते राती साढे ९ बजे छिमेकीको बिवाहमा गएका ७३ बर्षीया सुर्य देवी गनगाइ र ७० बर्षीया रामुदेवी गनगाई बासमा बाधेको माइक हावाहुरीका कारण ढली हाइ टेन्सन लाइनमा छोएर बिद्युत प्रवाह हुँदा करेन्ट लागि घाईते भएका थिए । घाईते दुबैजनाको उपचारको क्रममा रंगेली अस्पताल मोरङमा मृत्यु भएको थियो । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय सिजुवा मोरङबाट आवश्यक कानूनी प्रकृया भईरहेको छ ।

Read More

तीर्थ तिम्सिनाबुद्धशान्ति, ३१ बैशाख । झापाको बुद्धशान्तिमा बृहत सिंचाई परियोजनाको काम धमाधम भइरहेको छ । बुद्धशान्ति–३ (साबिक बुधबारे–७) पश्चिममा रहेको झिलमिले खोलामा कोशी प्रदेश सिंचाई मन्त्रालय मार्फत ४० लाख र जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय झापाबाट पुन थप भएको २८ लाख बजेट सम्झौता भए पश्चात धमाधम काम सुरु गरिएको छ । अहिले करिव ५० प्रतिशत काम सम्पन्न भई सकेको जनाइएको छ । झिलमिले मुहान बिरिङ तटबन्ध सिंचाई जल उपभोक्ता संस्था बुद्धशान्ति–३ ले जलस्रोत तथा सिंचाई विकास डिभिजनको समन्वयमा धमाधम काम गरिरहेको छ । बैशाख ८ मा परियोजनाको सम्झौता गरी असारको तेस्रो सातासम्ममा सम्पन्न गर्नेगरी काम गरिँदै छ । उक्त…

Read More

झापा, ३१ बैशाख । मंगलबार साँझ नुहाउने क्रममा नुवाकोटमा त्रिशूली नदीमा डुबेर दुई बालिका बेपत्ता भएका छन् । बेपत्ता हुनेमा बेलकोटगढी नगरपालिकाका–७ का ११ वर्षीया जेनी डंगोल र ११ वर्षीया सदीक्षा रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका एसपी दुर्गाराज रेग्मीले जानकारी दिए । उनीहरु बेलकोटगढी–७ कचौडे भिरस्थित नदीमा नुहान र लुगाधुन भनेर मंगलबार साँझ गएका थिए । दुई बालिका त्रिशूलीमा बेपत्ता भएको जानकारी पाउनासाथ प्रहरी टोली खोजीमा जुटेको छ ।

Read More