मोरङ, ३१ वैशाख । मोरङको रतुवामाई नगरपालिका–३ मिर्चा डागी स्थितमा करेन्ट लागेर २ जना बृद्धाको मृत्यु भएको छ ।
वैशाख ३० गते राती साढे ९ बजे छिमेकीको बिवाहमा गएका ७३ बर्षीया सुर्य देवी गनगाइ र ७० बर्षीया रामुदेवी गनगाई बासमा बाधेको माइक हावाहुरीका कारण ढली हाइ टेन्सन लाइनमा छोएर बिद्युत प्रवाह हुँदा करेन्ट लागि घाईते भएका थिए ।
घाईते दुबैजनाको उपचारको क्रममा रंगेली अस्पताल मोरङमा मृत्यु भएको थियो । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय सिजुवा मोरङबाट आवश्यक कानूनी प्रकृया भईरहेको छ ।
Facebook Comments Box


