झापा, ३१ बैशाख । मंगलबार साँझ नुहाउने क्रममा नुवाकोटमा त्रिशूली नदीमा डुबेर दुई बालिका बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा बेलकोटगढी नगरपालिकाका–७ का ११ वर्षीया जेनी डंगोल र ११ वर्षीया सदीक्षा रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका एसपी दुर्गाराज रेग्मीले जानकारी दिए ।
उनीहरु बेलकोटगढी–७ कचौडे भिरस्थित नदीमा नुहान र लुगाधुन भनेर मंगलबार साँझ गएका थिए । दुई बालिका त्रिशूलीमा बेपत्ता भएको जानकारी पाउनासाथ प्रहरी टोली खोजीमा जुटेको छ ।
Facebook Comments Box


