
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
सन्तोष शर्माकानकाई, २९ साउन । झापाको कनकाई नगरपालिका–४ कोटिहोमस्थित कनकाई नदीको पूर्वी तटमा निर्मित विद्युतीय शवदाह गृह सञ्चालन आउन सकेको छैन । निर्माण भएको लामो बितिसके पनि शवदाह गृह सञ्चालनमा आउन नसकेको हो । कोशी प्रदेश सरकार अन्तरगत खानेपानी, सिञ्चाइ तथा ऊर्जा मन्त्रालय, कनकाई नगरपालिका र दाताहरुको करिब २ करोड ५० लाख रुपैयाँको लागतमा विद्युतीय शवदाह गृहको निर्माण कार्य सम्पन्न भइसकेको छ । हालसम्म परीक्षणका रुपमा १०–११ वटा विद्युतीय शवदाह गृहमा दहन गरिसकिएको कनकाई घाट समितिका महासचिव गोपाल खरेलले जानकारी दिनुभयो । निर्माण पक्षले शवदाह गृह निर्माण पश्चात कनकाई नगरपालिकालाई हस्तान्तरण गर्नुपर्ने हुन्छ । निर्माण सम्पन्न भए पनि हालसम्म शवदाह…
झापा, २९ साउन । रोमानियामा रेलको ठक्करबाट मृत्यु भएका दुई नेपाली युवाको शव नेपाल पठाइने भएको छ । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–५, पाल्वाका ३६ वर्षीय शान्तकुमार श्रेष्ठ र चितवनको भरतपुर महानगरपालिका–२०, बागबजारका २५ वर्षीय निश्चल तामाङको शव शनिबार नेपाल पठाउन लागिएको हो । रोमानियासमेत कार्यक्षेत्र रहेको जर्मनीको बर्लिनस्थित नेपाली दूतावाससँगको समन्वयमा आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव नेपाल पठाउने व्यवस्था मिलाइएको हो । रोमानियाको बुखारेस्टका लागि पूर्वअवैतनिक नेपाली वाणिज्यदूत नवराज पोखरेलका अनुसार दुवै जनाको शव अगस्ट १४ तारिख रोमानियाको हेनरी कोन्डा अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्किस एयरलाइन्सको उडानमार्फत इस्तानबुल हुँदै नेपाल ल्याइनेछ। उडान तालिकाअनुसार शव अगस्ट १६ तारिख बिहान काठमाडौं आइपुग्नेछ। यसबारे मृतकका…
झापा, २९ साउन । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज शुक्रबार बिहान ८ बजे जनाएअनुसार हाल देशभरकै आकाशमा साधारणतया बादल लागेको छ। कर्णाली प्रदेशका धेरै ठाउँ तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान साथै बागमती र कोसी प्रदेशका थोरै ठाउँमा मध्यमसम्म वर्षा भइरहेको छ। मौसम महाशाखाले आज बिहान अपडेट गरेको बुलेटिनअनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका धेरै स्थान कोसी र बागमती प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन–चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थान, मधेस प्रदेश साथै कोसी, बागमती…
झापा, २८ साउन । हुलाक सेवालाई आधुनिक, प्रविधिमैत्री र नागरिकमैत्री बनाउँदै ‘सरकारी कुरियर सेवा’का रूपमा विकास गर्ने अभियानले गति लिएको छ । सरकारी कागजात तथा सामग्रीसँगै राहदानी, सवारी चालक अनुमतिपत्र र शैक्षिक प्रमाणपत्रलगायत सेवा नागरिकको घरदैलोसम्म पुर्याउन थालिएपछि हुलाक सेवाको प्रयोग विस्तार हुँदै गएको हो । हुलाक सेवा विभागका अनुसार साउन २७ गतेसम्म ७६ जिल्लाका जिल्ला प्रशासन कार्यालयमा २ लाख ४७ हजार ४३ थान राहदानी हुलाकमार्फत ढुवानी गरिएको छ । तीमध्ये ८ हजार ६६९ थान राहदानी सेवाग्राहीको घरमै पुर्याएर वितरण गरिएको छ । त्यस्तै, यातायात व्यवस्था विभागबाट प्राप्त १० लाख ३८ हजार ८०८ थान सवारी चालक अनुमतिपत्र सातै प्रदेशका यातायात…
झापा, २८ साउन । झापाको कनकाई नगरपालिका–३ र ६ का थप १३ जनालाई जग्गाधनी पुर्जा वितरण गरिएको छ । जिल्ला भूमि समस्या समाधान समितिले बिहीबार १३ जनालाई जग्गाधनी पुर्जा वितरण गरेको हो । पुर्जा प्राप्त गर्नेमा एक जना भूमिहीन दलित, पाँच जना भूमिहीन सुकुमवासी र सात जना अव्यवस्थित बसोबासी रहेका छन् । यसअघि साउन ८ गते समितिले कनकाईका पाँच जनालाई जग्गाधनी पुर्जा वितरण गरेको थियो । नगरपालिकाको भूमि प्रशासन शाखाका अनुसार गत वर्ष असारमा १५७ जनालाई जग्गाधनी पुर्जा वितरण गरिएको थियो । भूमि प्रशासन शाखा प्रमुख बद्रीकुमार दाहालका अनुसार तत्कालीन भूमि आयोगले आर्थिक वर्ष २०७९र८० देखि लगत सङ्कलन सुरु गरेयता…
काठमाडौँ, २८ साउन । नेपाली काङ्ग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले देशमा राष्ट्रिय एकता सुदृढ बनाउन र विगतका विभाजन एवम् विद्वेषका घाउहरू निको पार्न आह्वान गर्नुभएको छ। जेन्जी आन्दोलनका क्रममा सांघातिक आक्रमणमा परी घाइते हुनुभएका पूर्वसभापति देउवाले पाँच महिनाको विदेश उपचारपछि बिहीबार स्वदेश फर्किएलगत्तै एक विशेष सन्देश जारी गर्दै सो आह्वान गर्नुभएको हो। आफ्नो सन्देशमा उहाँले आफू कुनै शक्ति प्राप्त गर्नका लागि नभई राष्ट्रिय एकतालाई बलियो बनाउने उद्देश्यका साथ स्वदेश फर्किएको स्पष्ट पार्नुभएको छ । पूर्वसभापति देउवाले जारी गर्नुभएको वक्तव्यमा मुलुकको विद्यमान जटिल परिस्थितिलाई समाधान गर्न सम्पूर्ण राजनीतिक तथा प्रजातान्त्रिक शक्ति एकाकार हुनुपर्नेमा जोड दिनुभएको छ । उहाँलाई स्वागत गर्न काङ्ग्रेसका केही…
झापा, २८ साउन । आज १० वटा जिल्लामा बाढीको जोखिम रहेको छ । बाढी पूर्वानुमान महाशाखाले ताप्लेजुङ, सोलुखुम्बु, खोटाङ, कास्की, लमजुङ, पर्वत, पाल्पा, तनहुँ, स्याङ्जा, जुम्ला, दैलेखलगायत जिल्ला भएर बग्ने स–साना नदी तथा खोलामा बाढीको जोखिम रहेको जनाएको छ । नदी तथा खोलानालामा आगामी तीन दिन पानीको बहाव बढ्ने पूर्वानुमान गरिएको छ । महाशाखाले जारी गरेको बुलेटिनअनुसार कोशी, नारायणी, कर्णाली, महाकाली, राप्ती, कन्काई, कमला, बबई, पूर्वी राप्ती तथा पश्चिम राप्तीका सहायक नदीहरूमा बहाव बढ्ने सम्भावना रहेको छ । महाशाखाका अनुसार अधिकांश ठूला नदीमा बहाव सामान्य रूपमा बढ्ने पूर्वानुमान गरिएको छ । यद्यपि नारायणी नदीअन्तर्गत देवघाटमा भोलि बहाव उल्लेख्य बढ्ने तथा…
झापा, २८ साउन । आज सुनको भाउमा सामान्य घटेको छ । सुनको भाउ ५०० रुपैयाँले घटेर तोलाको ३ लाख ६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ ३ लाख ६ हजार ७०० रुपैयाँ थियो । आज चाँदी ५ रुपैयाँले बढेको छ । आज चाँदीको भाउ ४ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी ४ हजार ७४५ रुपैयाँ थियो ।
काठमाडौँ, २८ साउन । नेपाल पत्रकार महासङ्घले वरिष्ठ पत्रकार एवं ‘जनआस्था’ साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न माग गरेको छ । प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष श्रेष्ठलाई काठमाडौँ प्रहरी परिसरको टोलीले ललितपुरको कुसुन्तीस्थित निवासबाट पक्राउ गरेको घटनाको विरोध गर्दै महासङ्घले अविलम्ब रिहा गर्न माग गरेको हो । महासङ्घका महासचिव रामप्रसाद दाहालद्वारा आज जारी विज्ञप्तिमा ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, पत्रकार आचारसंहिता र संविधानविरुद्ध पक्राउ गरिएकोमा आपत्ति व्यक्त गर्दै रिहाइको माग गरिएको छ । सम्पादक श्रेष्ठको रिहाइको माग गर्दै महासङ्घको आह्वानमा भद्रकालीस्थित जिल्ला प्रहरी परिसर, काठमाडौँको कार्यालय अगाडि पत्रकारहरूले आज बिहानदेखि धर्ना दिएका छन् । पत्रकार महासङ्घसहित आमसञ्चारसम्बद्ध विभिन्न सङ्घ,…
अर्जुनधारा, २८ साउन । झापाका पत्रकार प्रेम आचार्यलाई मातृशोक परेको छ । पत्रकार आचार्यकी ममतामयी माता चन्द्रकला आचार्यको ७५ वर्षको उमेरमा बिहीबार बिहान उपचारका क्रममा निधन भएको हो । झापाको अर्जुनधारा–८ निवासी चन्द्रकलाको कनकाई अस्पतालमा उपचारकै क्रममा बिहीबार बिहान करिब ३ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ । स्वर्गीय चन्द्रकलाका तीन छोरामध्ये पत्रकार प्रेम आचार्य माइला छोरा हुन् । उनका जेठा छोरा अम्बिका आचार्य र कान्छा छोरा खगेन्द्र आचार्य हुन् । स्वर्गीय चन्द्रकला आचार्यको पार्थिव शरीरको बिहीबार बिहान १०ः३० बजेपछि कनकाई माईमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । झापा अनलाइन परिवार दिवंगत माताप्रति हार्दिक श्रद्धाञ्जली एवम् शोकाकुल परिवारजनमा…