
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, ९ बैशाख । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभाव रहदा देशका हिमाली भूभागमा सहित कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी मौसम ‘बुलेटिन’का अनुसार हाल कोशी प्रदेशको एकदुई स्थानमा हल्का वर्षा भइरहेकोे छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी प्रदेशका हिमाली भूभागका साथै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बादल लाग्ने र बाँकी भूभागमा मौसम सफा रहनेछ । कोशी…
झापा, ८ बैशाख । झापाको कनकाई नगरपालिकामा अटो र मोटरसाइकल एकापसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । आज कनकाई नगरपालिका–३ नयाँबस्तीस्थित पूर्व–पश्चिम राजमार्गमा बिर्तामोडबाट सुरुङ्गातर्फ जाँदै गरेको प्र१–०१–००१ह ८२५२ नम्बरको अटो अनियन्त्रित भइ बिपरित दिशाबाट आउँदै गरेको मे ५ प ६६२० नम्बरको मोटरसाइकलसँग ठोक्किएको थियो । दुर्घटनामा अटोमा सवार हल्दिबारी–३ का ६८ वर्षीया मन्जुधरी ढकालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । टाउकोमा चोट लागेर गम्भीर घाइते भएकी ढकालको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा दिउँसो ४ः३५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको लास सोही अस्पतालमै रहेको छ । अटोमा…
झापा, ८ बैशाख । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ रकम ठगी गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा रौतहट बौधीमाई नगरपालिका–७ का २५ वर्षीय मिथिलेश कुशवाहा, भोजपुर नगरपालिका–७ का ४४ वर्षीय केदारबहादुर भण्डारी, सप्तरी सुरूङगा नगरपालिका–५ का ५३ वर्षीय रामतुला मियाँ र भक्तपुर सूर्यविनायक नगरपालिका–७ की ५५ वर्षीया सुनिता खत्री रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ परेकामध्ये मिथिलेशले कुवेत पठाइदिन्छु भन्दै तीन लाख ५० हजार रुपैयाँ, केदारबहादुरले पोर्चुगल पठाइदिन्छु भन्दै रु एक लाख २५ हजार…
झापा, ८ बैशाख । देशका विभिन्न भागमा बढ्दो तापक्रमसँगै तातो हावाको लहर (लु) को जोखिम अझै केही दिन कायम रहने भएको छ । जल तथा मौसम विज्ञान विभागले बिहीबारसम्म तराईका केही जिल्लामा लु चल्ने सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । विभागका अनुसार आज दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । धनगढी र नेपालगञ्जमा ४३ डिग्री, भैरहवामा ४४ डिग्री र काठमाडौँमा ३३ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ । विभागका मौसमविद् विनु महर्जनका अनुसार पूर्वी भूभागमा शनिबारसम्म र पश्चिम क्षेत्रमा अझै केही दिन बढी तातो रहने सम्भावना छ…
महेन्द्रनगर, ८ बैशाख । कञ्चनपुरको पुनर्वास नगरपालिका–५ भानुबस्तीमा विवाहमा गएका युवकमाथि गएराती चक्कु प्रहरी गरी हत्या गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आफन्तको बिहेमा सहभागी भएका पुनर्वास नगरपालिका–५ का १८ वर्षीय उज्जल सायरको छातीमा चक्कु प्रहार गरी हत्या गरिएको हो । स्थानीय युवाहरूबिच आपसी विवाद हुँदा चक्कु प्रहरी गरी गम्भीर घाइते भएका सायरको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा राति २ः०० बजे मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले हत्यामा संलग्न भएको आरोपमा स्थानीय २५ वर्षीय धनबहादुर बयाडी र १९ वर्षीय टङ्क थापालाई नियन्त्रणमा लिएको बताउनुभयो । उहाँले आरोपितहरूलाई इलाका प्रहरी कार्यालय…
झापा, ८ बैशाख । विज्ञापन बोर्डले वैदेशिक रोजगारीसम्बन्धी विषयमा सामाजिक सञ्जालमा भ्रामक विज्ञापन नगर्न–नगराउन सचेत गराएको छ । आकर्षक रोजगारीको प्रलोभन देखाई टिकटक, फेसबुक, ह्वाट्सएप जस्ता सामाजिक सञ्जालका माध्यमबाट विज्ञापन गरी विश्वका विभिन्न देशमा कामदार लैजाने र उनीहरूलाई अनलाइन स्क्यामिङको ठगी धन्दामा लगाउने गरेको पाइएको भन्दै बोर्डले विभिन्न देशमा रहेका नेपाली दूतावासबाट त्यससम्बन्धी उजुरी परराष्ट्र मन्त्रालयमार्फत बोर्डमा आएको जनाएको छ । बोर्डले वैदेशिक रोजगार विभागबाट इजाजतपत्र प्राप्त कम्पनीमार्फत मात्र वैदेशिक रोजगारमा जान तथा सामाजिक सञ्जालमा प्रकाशित भ्रमपूर्ण विज्ञापनको भरमा नपर्नसमेत अनुरोध गरेको छ । बोर्डले वैदेशिक रोजगार ऐन, २०६४ को दफा १६ तथा नियमावलीको नियम १४ विपरीत विज्ञापन प्रकाशन तथा…
झापा, ८ बैशाख । उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका–७ बेल्टार बजारमा गएराति करिब २ः३० बजे भएको आगलागीमा दुई घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्। घटनास्थलबाट दुई जनाको शव फेला परेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुमानअनुसार विद्युत् सर्टका कारण आगलागी भएको हो। लक्ष्मी खड्का र रविन कुमार दासको घर ध्वस्त भएको छ भने लक्ष्मी खडकाको पुस्तक पसलको गोदाम समेत जलेको छ। आगो नियन्त्रणका लागि विभिन्न नगरपालिकाबाट दमकल खटिएको थियो। करिब तीन घण्टापछि आगो नियन्त्रणमा आएको हो। घटनास्थलमा फेला परेका कंकाल लक्ष्मी खड्का र पवन खड्काका हुन सक्ने अनुमान गरिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको छ।
झापा, ८ बैशाख । झापाको भद्रपुर नगरपालिका–४ स्थित मन्त्रिचोकमा सोमबार राति ९ः३० बजे अष्टजाम हेर्न जादा दुई समुह बीच झगडा भएको छ । उक्त झगडामा एक जना घाइते भएका छन् भने चार जना पक्राउ परेका छन् । झगडा भएर कुटपिट हुँदा कचनकवल गाउँपालिका–४ का १७ को बिक्रम माझी घाइते भएका छन् । उनको अवस्था बोल्न सक्ने अवस्था मध्यम टाउँकोमा र कानमा चोट लागेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिर्एको प्रहरी टोली घटनामा संलग्न चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भद्रपुर–७ बोक्तोबारीका १८ वर्षीय आदित्य सहनी, १९ वर्षीय रोमन मिस्त्री, १८ वर्षीय विवेक राजबंशी र भद्रपुर–६ फुटानीचोकका १८…
झापा, ८ बैशाख । भारतको पश्चिम बङ्गाल प्रान्तमा हुने विधानसभाको चुनावलाई लक्षित गर्दै सोमबार साँझदेखि ७२ घण्टाका लागि पूर्वी सीमानाका बन्द गरिएको छ । भारतको दार्जिलिङ जिल्ला प्रशासन कार्यालयले सोमबार साँझ ६ः०० बजेदेखि वैशाख १० गते मतदान सम्पन्न नभएसम्म काँकरभिट्टासँग सीमा जोडिएको पानीटङ्की नाकाबाट मानिस तथा सवारीसाधन आवतजावत पूर्ण रूपमा बन्द गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । भारतको पश्चिम बङ्गालमा वैशाख १० गते विधानसभाको चुनाव हुँदैछ । विगतमा पनि नेपाल र भारत दुवैतर्फ चुनावअघि सहमतिमा नाकामा आवागमन बन्द गरिँदै आइएको थियो । ‘बोर्डर शिल’ गरिएको अवधिमा पैदल हिँड्ने सर्वसाधारण र सवारीसाधनको आवतजावत पूर्ण रूपमा…
झापा, ८ वैशाख । हाल नेपालमा पश्चिमी स्थानीय वायुका साथै पूर्वी नेपालको नजिक रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । यसको प्रभाव रहँदा हिमाली भू–भागमा साधारणतया बादल लाग्ने छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी मौसम ‘बुलेटिन’का अनुसार कोशी प्रदेशको पहाडी र तराई तथा बाँकी पहाडी भू–भागमा आंशिक बादल लाग्ने र बाँकी तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । देशका हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा–हिमपातको सम्भावना रहेको ‘बुलेटिन’मा जनाइएको छ । साथै मधेसलगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोचहरूमा तातो दिन हुने सम्भावना रहेको छ भने…