
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, २० चैत । झापाको दमकबाट प्रहरीले लागुऔषध सेवन गरी होहल्ला गर्ने पाँच जना प्रयोगकर्तालाई पक्राउ गरेको छ । बिहीबार राति दमक नगरपालिका–६ बाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । दमक प्रहरीको स्विप अप्रेसन टोलीले अनावश्यक भेला जम्मा हुने, होहल्ला गर्ने, लागुऔषध सेवनकर्ता ५ जनालाई फेला पारी पक्राउ गरी इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान गरिरहेको छ ।
झापा, २० चैत । अब सार्वजनिक बिदाको दिन पनि हुलाक कार्यालयमार्फत विदेशमा सामान पठाउने र विदेशबाट आयात भएको सामान छुटाउन सकिने भएको छ । गोश्वारा हुलाक कार्यालय डिल्लीबजारले यसअघि पनि सार्वजनिक बिदाका दिन सेवा दिँदै आएको भए पनि त्यहाँस्थित भन्सार कार्यालय र बैंक नखुल्दा भन्सार जाँचपासमा समस्या हुने गरेको थियो । अन्तरनिकाय समन्वय अभावमा सेवा प्रभावित भइरहेकोबारे गुनासो आउन थालेपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले समेत चासो देखाएको थियो । सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाको निर्देशनपछि हुलाक सेवा विभागले भन्सार विभागसँग समन्वय गरेर सार्वजनिक बिदाको दिन पनि सजिलै सेवा दिन सकिने व्यवस्था मिलाउन प्रक्रिया थालेको हो । “मालसामान हुलाक गर्न वा…
झापा, २० चैत । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम छ । यसका कारण गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा साधारणतया बादल लागेको छ भने अन्य भागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशका हिमाली भागका साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगमा सामान्य बदली रहनेछ भने अन्य स्थानमा आंशिक बदली हुनेछ । गण्डकी र कर्णाली प्रदेशका हिमाली भागका केही स्थान तथा अन्य प्रदेशका हिमाली र पहाडी क्षेत्रका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना छ । साथै, तराईका केही स्थानमा हावाहुरी चल्ने…
झापा, १९ चैत । बिर्तामोड उद्योग वाणिज्य संघ र स्वास्थ्य सेवा प्रदायक संस्थाका रुपमा परिचित ‘जीवन रक्षा होमकेयर प्रा।लि।’बीच स्वास्थ्य सेवामा सहकार्य गर्ने सम्झौता भएको छ । वाणिज्य संघका सदस्य तथा तथा उनीहरुका परिवारलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यसहित दुवै पक्षबीच सम्झौता भएको हो । सम्झौता पत्रमा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने र जीवन रक्षा होमकेयर प्रालिका डा चेवनराज कार्कीले हस्ताक्षर गरेका छन् । सम्झौता पत्रमा दुई पक्षले दीर्घकालीन सहकार्य गर्दै स्वास्थ्य सेवामा विशेष छुट, प्राथमिकता र पहुँच सुनिश्चित गर्ने सहमति भएको छ । सम्झौताअनुसार संघका सदस्य र उनीहरूका परिवारलाई घरमै स्वास्थ्य सेवा पु¥याउने…
झापा, १९ चैत । झापाको बिर्तामोडमा आज करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बिर्तामोडस्थित चेतन सिटौलाले सञ्चालन गरेको पुजा ग्रीलमा काम गर्दै आएका भारत धुपगढी स्थायी घर भई हाल बिर्तामोडमा बस्दै आएका २३ वर्षीय गोविन्द मण्डलको मृत्यु भएको हो । झापाको अर्जुनधारा–४ भाङबारी स्थित विन्दा बासिनी मन्दिरको कम्पाउण्डमा ग्रिलको काम गर्ने क्रममा अचानक करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि विर्तासिटी अस्पताल बिर्तामोडमा ल्याइएकोमा डाक्टरले चेकचाँज मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापा, १९ चैत । आज १९औँ विश्व अटिजम सचेतना दिवस मनाइएको छ । ‘अटिजम र मानवताः हरेक जीवनको मुल्य छ’ भन्ने नाराका साथ दिवस मनाइएको हो । विश्वभर कार्यक्रम गर्दै गर्दा नेपालमा अटिजम भएका बालबालिकाको अवस्था, सेवा पहुँच र नीतिगत व्यवस्थाबारे गम्भीर प्रश्नहरू उठिरहेका छन् । अटिजम स्पेक्ट्रम डिसअर्डर ९एएसडी० एक न्यूरो–विकासात्मक अवस्था भएको र जसका कारण बालबालिकाको व्यवहार, सञ्चार क्षमता र सामाजिक अन्तरक्रियामा प्रभावित हुने झापामा आयोजित एक पत्रकार सम्मेलनमा जानकारी दिइयो । समान भविष्य फाउण्डेशन र न्याय र विकासका लागि सामाजिक सञ्जाल (एसएनजेडी) ले संयु्क्त रुपमा आयोजना गरेको पत्रकार भेटघाटमा नेपालमा अटिजमसम्बन्धी चेतना विस्तार हुँदै गएको भए पनि…
झापा, १९ चैत । झापा प्रहरीले नाकमा लागुऔषध लुकाएर ल्याउँदै गरेको अवस्थामा एक जनालाई पक्राउ गरेको छ । झापाको भद्रपुरमा बुधबार साँझ बिर्तामोडका एक युवालाई प्रहरीले पक्राउ गरेको हो । भद्रपुर नगरपालिका–५ मेचीपुल स्थितमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको पैदलयात्री देश भारत जिल्ला सुपोल त्रिवेणीगञ्ज–१२ घर भई हाल जिल्ला झापा बिर्तामोड नगरपालिका–४ बस्दै आएका १८ वर्षीय अमर कुमारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनीमाथि शंका लागेर चेक जाँच गर्दा उनले नाकभित्र लुकाई छिपाई ल्याउदै गरेको लागुऔषध ब्राउनसुगरजस्तो देखिने लिसाईलो पदार्थ प्लाष्टिकसहित तौल गर्दा २ ग्राम ८९० मिलिग्राम बरामद भएको…
झापा, १९ चैत । आजदेखि शुरु भएको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा झापा जिल्लाबाट १७ हजारभन्दा बढी विद्यार्थीले परीक्षा दिँदै छन् । आजदेखि २९ गतेसम्म हुने परीक्षामा नियमित र ग्रेड वृद्धि गरी १७ हजार छ सय ६३ जना विद्याथीर्लेपरीक्षा दिन लागेको शिक्षा विकास तथा समन्वय इकाई झापाका सूचना अधिकारी किरण अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा नियमिततर्फ १५ हजार चार सय एक जना र ग्रेड वृद्धितर्फ दुई हजार दुई सय ६२ जनाले एसईई परीक्षा दिनेछन् । जिल्लाभरिका ५७ वटा परीक्षा केन्द्रबाट सञ्चालन हुने परीक्षामा आठ हजार नौ सय ३२ जना छात्र र आठ हजार सात सय १३…
झापा, १९ चैत । आज विश्व अटिजम सचेतना दिवस हो । यो मस्तिष्क विकाससँग सम्बन्धित छ । विशेषज्ञहरूका अनुसार अटिजम भनेको व्यक्तिको यस्तो अवस्था हो जसमा उसले सामान्य मानिसभन्दा पृथक रूपमा व्यवहार गर्दछ । बोल्ने र सोच्ने शैली फरक हुन्छ । अटिजम भएकाहरूको गरिमा, अधिकार र समाजमा समान सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २००७ देखि यो दिवस मनाउन प्रारम्भ भएको हो । राष्ट्रसङ्घले अटिजम भएका हरेक व्यक्तिको योगदान र अधिकारलाई सम्मान गर्ने सन्देश प्रवाहका निम्ति यस वर्ष यो दिवस मनाउन सदस्य राष्ट्रहरूसँग अनुरोध गरेको छ । यसै अवसरमा आज एक सन्देश जारी गर्दै राष्ट्रसङ्घका महासचिव एन्टोनियो…
झापा, १९ चैत । प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त हनुमान जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ । चैत्र शुक्ल पूर्णिमाका दिन हनुमानको पूजाआराधना गरेमा बल, बुद्धि, विद्या मिल्ने, दुःख र सङ्कटबाट मुक्ति पाइने विश्वास छ । यस अवसरमा हनुमानढोकास्थित हनुमानको मूर्ति, पशुपतिस्थित हनुमान मन्दिर, गोकर्णेश्वर नगरपालिकामा रहेको पञ्चमुखी हनुमानलगायत देशभरका हनुमान मन्दिरमा विशेष पूजाआराधना गरिन्छ । हनुमानढोका दरबारको नासलचोकनजिकै रहेको पञ्चमुखी हनुमान मन्दिरमा भने पुजारीले मात्र पूजाआराधना गर्ने चलन छ । संस्कृत व्याकरणअनुसार ‘हनु’ धातुमा ‘मतुप’ प्रत्यय लागेर हनुमान शब्द बनेको छ । हनुको अर्थ चिउँडो हो । यो हन् धातुबाट बनेको छ ।…