
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, १४ बैशाख । आणविक–शक्ति सम्पन्न प्रतिद्वन्द्वीहरूबीचको सम्बन्ध वर्षौंदेखिको सबैभन्दा निम्न स्तरमा झरेको बेला पाकिस्तान र भारतका सेनाहरूले विवादित काश्मीरमा लगातार तेस्रो रातसम्म गोली हानाहान गरेको अधिकारीहरूले आइतबार बताएका छन् । भारतले पाकिस्तानमाथि विवादित मुस्लिम बहुल काश्मीरमा एक चौथाइ शताब्दीदेखि नागरिकहरूमाथि भएको सबैभन्दा खराब आक्रमण गर्ने बन्दुकधारीहरूलाई ‘सीमापार आतङ्कवाद’ समर्थन गरेको आरोप लगाएको छ । इस्लामाबादले कुनै पनि संलग्नतालाई अस्वीकार गरेको छ र पाकिस्तानलाई आक्रमणसँग जोड्ने प्रयासहरूलाई ‘तुच्छ’ भन्दै कुनै पनि भारतीय कार्यवाहीको जवाफ दिने प्रतिज्ञा गरेको छ । भारतीय सुरक्षा बलहरूले अप्रिल २२ मा पहलगाममा पर्यटकीय स्थलमा २६ पुरुषको हत्या गर्नेहरूको ठूलो खोजी अभियान सुरु गरेका छन् र प्रहरीले…
वीरगञ्ज, १४ बैशाख । राष्ट्रिय आविष्कार केन्द्रले वीरगञ्जको कृषि औजार कारखाना सञ्चालन र व्यवस्थापनको जिम्मेवारी लिएको ३२ महिनामा १६ थरिका कृषि औजार अनुसन्धान तथा विकास गरेको छ । कृषि औजार कारखाना वीरगञ्जका प्रमुख तथा इञ्जिनियर रितेश देवले कारखानामा अहिलेसम्म १६ थरिका कृषि औजार अनुसन्धान र विकास गरेको जानकारी दिनुभयो । “केन्द्रले अहिले नेपालका लागि आवश्यक पर्ने कृषि औजार अनुसन्धान तथा विकास गर्दै आइरहेको छ”, उहाँले भन्नुभयो, “अहिलेसम्म साना–ठूला गरेर १६ थरिका औजार अनुसन्धान र विकास गरेका छौँ ।” केन्द्रले पराल काट्ने, धान काट्ने ९रिपर०, दाना बनाउने, धान रोप्ने सानो मेसिन ९रिपर०, घाँस खुर्किने, ड्याङ बनाउने, खाल्डो खन्ने हाते औजार, आलु…
झापा, १४ बैशाख । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी र मधेस प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम सफादेखि आंशिक बदली रहने छ । मधेस प्रदेशलगायत देशका पहाडी भागका केही स्थानमा तथा बाँकी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया…
झापा, १४ बैशाख । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदै छ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ । छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर…
झापा, १३ बैशाख । देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जनाको मृत्यु भएको छ । मोरङको विराटनगर महानगरपालिका–५ स्थित सडकमा दावाबन्दीबाट केशलीयातर्फ जाँदै गरेको प्र. १–०४–००१ त ०४१० नम्बरको ट्याक्टर शुक्रबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार सुनसरी बर्जु गाउँपालिका–२ बस्ने ४५ वर्षीय गंगाराम साहको मृत्यु भएको छ । ट्याक्टर चालक फरार रहेकाले प्रहरीले उनको खोजी गरिरहेको छ । दाङ घोराही उपमहानगरपालिका–१० स्थित सडकमा रुकुम पश्चिमबाट काठमाडौँतर्फ जाँदै गरेको रा १ ख ३१८७ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५८ वर्षीय काली प्रसाद चौधरीको शुक्रबार राति मृत्यु भएको छ । चितवनको भरतपुर महानगरपालिका–३ पुलचोकस्थित सडकमा आँपटारीबाट गैंडाकोटतर्फ आउँदै…
द्रोण अधिकारी गुहेलीशिक्षा, स्वास्थ्य र सार्वजनिक यातायात क्षेत्र अत्यावश्यक क्षेत्र भएकाले बन्द हड्ताल मुक्त क्षेत्रका रूपमा परिचित छन् । सन्सारका कुनै पनि देशमा अत्यावश्यक क्षेत्र ठप्प हुन पाउँदैनन् । ती क्षेत्रभित्र समस्या भए तुरून्त राज्यले समाधान खोज्ने प्रयास गर्छ । अहिले नेपालमा देखिएको दृष्यले राज्य पक्ष अत्यावश्यक क्षेत्रको भावना अनुकुल सञ्चालित छैन भन्ने संकेत गर्छ । यता विद्रोहमा उत्रिएका पक्षबाट पनि अत्यावश्यक क्षेत्रको भावना बुझेको जस्तो देखिदैन किनकी शिक्षा जस्तो संवेदनशील क्षेत्रमा रहेका शिक्षकहरूले बाल मनोविज्ञानमै नकारात्मक असर छोड्ने गरी सडक आन्दोलन गरिरहेका छन् । आन्दोलनकारीले बालबालिकासम्बन्धी ऐन, २०७५ मा बालबालिकाको शिक्षाको हक सुनिश्चित भएको बुझेका छन् कि छैनन ?…
झापा, १३ बैशाख । सरकार र नेपाल शिक्षक महासंघबीच आज बिहान सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्ता सकिएको छ। महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले वार्ता भर्खरै सकिएको र छलफल र संवादलाई निरन्तरता दिने सहमति भएको जानकारी दिए। तर, आफूहरूको आन्दोलन जारी रहने उनले बताए। अध्यक्ष सुवेदीले भने, ‘शिक्षक महासंघ आन्दोलनमा छ। मन्त्रीको उपस्थितिमा छलफल भयो। छलफललाई निरन्तरता दिने सहमति भयो। अर्को बैठक कहिले भन्ने भएको छैन। छलफलबाट तय हुनेछ।’ तत्काल नयाँ शिक्षा ऐन ल्याउनुपर्ने प्रमुख मागसहित नेपाल शिक्षक महासंघको नेतृत्वमा देशैभरिका शिक्षक काठमाडौँमा २५ दिनदेखि आन्दोलनरत छन्।शिक्षक आन्दोलनका कारण विद्यार्थी भर्ना अभियानसहित विद्यालय तहका सम्पूर्ण शैक्षिक गतिविधि ठप्प…
नकुल काजीविगत व्यवस्थाकालका अनुभवहरूसँग पाकेर त्यस कालखण्डका असली साक्षी बनी बाँचिरहेकाहरू र वर्तमान शासनको आभ्यासिक स्वरूपसँग विरक्तिरहेका नेपालीका आवाज बलात् दमित राखिएका छन्, अहिले । यद्यपि, यो वर्तमानमा प्रकीर्ण अनपेक्षित विषम परिस्थितिको सही विश्लेषण गर्न सक्ने त्यस वर्गका निरपेक्ष र न्यायपरायण नेपालीहरू सबै भन्दैछन्– अहिलेको अस्थिरता, अराजकताकृत बेथिति र तानाशाही दलनको दोष मौजूदा ‘व्यवस्था’–माथि थोपरिनु घनघोर अन्याय हुन्छ । अहिलेको होहल्ला वास्तवमा ‘व्यवस्था’–को विरुद्ध नभएर यसका चालकहरूका बेलगाम मैमत्त बुर्कुसीद्वारा उत्सर्जित ‘दुरावस्था’–को स्वाभाविक उपज हो । अहिले उर्लिरहेको कोकोहोलोको अन्तर्यलाई नागरिकका सरोकारी भावले छिन्किने हो भने यही यथार्थ हात लाग्नेछ । तर, पालो फेरि–फेरि सत्ताको चास्नी घिच्ने दुव्र्यसनीहरू कसरी जमेका छन् भने, मानो, यहाँ…
झापा, १३ बैशाख । झापाको शिवसताक्षीमा आज बिहान यात्रुबाहक नाइट बस पल्टिएको छ । आज बिहान ५ः३० बजेको समयमा शिवसताक्षी नगरपालिका वडा नम्बर ९ दुधेस्ति मिलनचोकमा स्थित पूर्व–पश्चिम लोकमार्गमा काठमाडौंबाट काँकरभिट्टातर्फ आउँदै गरेको को प्रदेश १–०१–००१ ख ४२३५ नम्बरको नाइट बस अनियन्त्रित भई पल्टिँदा २१ जना घाइते भएका हुन् । दुर्घटनामा घाइते भएकाहरुलाई उपचारको लागि पठाइएको छ । बस चालक शिवसताक्षी नगरपालिका–८ झिलझिलेका ३८ वर्षीय महेन्द्र कन्दङवा इलाका प्रहरी कार्यालय झिलझिलेको नियन्त्रणमा रहेका छन् । निम्न घाईतेहरु :-B&C असपताल बिर्तामोडमा उपचारार्थ घाईतेहरू१. जिल्ला झापा मेचिनगर नगरपालिका -१ बस्ने बर्ष- ५५ को टेक चन्द्र फुयाल अबस्था सामान्य ।२. जिल्ला दोलखा गौरीशंखर…
खोटाङ, १३ बैशाख । यहाँको खोटेहाङ गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने दुई वडाका पाँच दम्पतीलाई सम्मान गरेको छ । वडा नम्बर १ लिकुवापोखरीका सुदेश राई र रिता खड्का, शम्भुजित कटवाल र अम्बिका राई, विजय सार्की र मुना श्रेष्ठ तथा विनोद राई र ममता तामाङ तथा वडा नम्बर २ वाप्लुखाका आस्मिन राई र सुष्मा विश्वकर्मा दम्पतीलाई गाउँपालिकाले बिहीबार सम्मान गरेको हो । फरक–फरक समुदायका भए पनि विवाह गरेर राम्ररी घरजम बसाएका जोडीलाई प्रोत्साहनका लागि सम्मान गरिएको गाउँपालिकाका उपप्रमुख रुपेश राईले जानकारी दिए । गाउँपालिकाको दलित लक्षित कार्यक्रमअन्तर्गत गाउँपालिकाबाट विनियोजित रकमबाट नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ, खोटेहाङ गाउँपालिका कार्यसमितिको अगुवाइमा अन्तरजातीय विवाह गर्ने जोडीलाई…