झापा, १३ बैशाख । झापाको शिवसताक्षीमा आज बिहान यात्रुबाहक नाइट बस पल्टिएको छ ।
आज बिहान ५ः३० बजेको समयमा शिवसताक्षी नगरपालिका वडा नम्बर ९ दुधेस्ति मिलनचोकमा स्थित पूर्व–पश्चिम लोकमार्गमा काठमाडौंबाट काँकरभिट्टातर्फ आउँदै गरेको को प्रदेश १–०१–००१ ख ४२३५ नम्बरको नाइट बस अनियन्त्रित भई पल्टिँदा २१ जना घाइते भएका हुन् ।
दुर्घटनामा घाइते भएकाहरुलाई उपचारको लागि पठाइएको छ । बस चालक शिवसताक्षी नगरपालिका–८ झिलझिलेका ३८ वर्षीय महेन्द्र कन्दङवा इलाका प्रहरी कार्यालय झिलझिलेको नियन्त्रणमा रहेका छन् ।
निम्न घाईतेहरु :-
B&C असपताल बिर्तामोडमा उपचारार्थ घाईतेहरू
१. जिल्ला झापा मेचिनगर नगरपालिका -१ बस्ने बर्ष- ५५ को टेक चन्द्र फुयाल अबस्था सामान्य ।
२. जिल्ला दोलखा गौरीशंखर नगरपालिका ४ बस्ने बर्ष- ५२ को शान्ति प्रसाद उप्रेती सामान्य ।
३. जिल्ला इलाम सन्दकपुर गाउपालिका – ५ बस्ने ब र्ष- ४६ को गोपाल खतिवडा सामान्य ।
४. जिल्ला झापा मेचिनग नगरपालिका १४ बस बे बर्ष- ५२ को सिकेन्द्र ढकाल टउकोमा चोट अबस्था सामनाय ।
५. जिल्ला झापा अर्जुनधारा नपा १० बस्ने बर्ष ४० को लोक नाथ ढकाल –टाउकोमा चोट सामान्य
६. जिल्ला पाचथर फाल्गुनन्द गापा ७ बस्ने बर्ष ४५ को सिताराम अधिकारी टाउकोमा चोट सामान्य ।
७. जिल्ला कालिकोट रास्कोट नपा४ बस्ने बर्ष ३६ को पुर्ण नाथ योगि टाउकोमा चोट सामान्य ।
८. जिल्ला झापा कचनकवल गापा ३ बस्ने बर्ष २० को श्याम तमाङ टाउकोमा चोट सामान्य।
९. जिल्ला झापा मेचिनागर नगरपालिका १ बस्ने बर्ष ३९ को अनिल बि.क. हात खुट्टामा चोट सामान्य ।
बिर्तासिटि अस्पताल बिर्तामोडमा उपचारार्थ घाईतेहरूः-
१.जिल्ला झापा भद्रपुर नगरपालिका ५ बस्ने बर्ष- ३७ को भोला पन्थि सामान्य ।
२.जिल्ला इलामा फाकफोथुम गउपालिका ३ बस्ने बर्ष- ३५को सन्तोष अचार्य सामान्य
३.जिल्ला झापा बिर्तामोड नगरपालिका – ६ बस्ने बर्ष- ४३ की शान्तिमाया राई सामान्य ।
४.ऐ. मेचिनगर नगरपालिका – ९ बस्ने बर्ष- ४६ को ईश्वर प्रसाद भन्डारी सामान्य।
५.ऐ.ऐ. १३ बस्ने बर्ष ३२ की सृजना प्रासाई सामान्य ।
६.ऐऐ. बस्ने बर्ष- ५२ की सिता मगर सामान्य ।
७.ऐऐ. १३ बस्ने बर्ष- ५० को सिताराम रिमाल सामान्य ।
८.ऐऐ. ४ बस्ने बर्ष- ५५ को मिन बहादुर पौडेल सामान्य ।
९.जिल्ला पचथर आँसाराङ गाउपालिका ५ बस्ने बर्ष- २८ को दिपक सुब्बा सामान्य ।
१०.जिल्ला झापा मेचिनगर नगरपालिका -८ बस्ने बर्ष- ४२ को पदम प्रासद पौडेल सामान्य ।
११.कनकाइ नगरपालिका -३ बस्ने बर्ष- २४ राजन चिमरिया सामान्य ।
१२.जिल्ला रौतहट राजपुत नगरपालिका ५ बस्ने बर्ष- २५ को बिक्रम कुमार दास सामान्य ।


