jhapaonline add

झापा, ३१ बैशाख । जिल्ला अदालत काठमाडौँले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौँका श्रेष्तेदार तीर्थराज भट्टराईका अनुसार मिश्रलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । गत चैत १५ गते पक्राउ परेका मिश्रसहितका आरोपितलाई आठौँपटक म्याद थपका लागि आज अदालत लगिएको थियो । राजावादीले गत चैत १५ गते काठमाडौँको तीनकुनेमा आयोजना गरेको प्रदर्शन हिंसात्मक भएपछि त्यसमा भूमिका खेलेको आरोपमा मिश्रलगायतमाथि प्रहरीले विभिन्न अभियोगमा अनुसन्धान गरिरहेको छ । नेता मिश्रमाथि प्रहरीले राज्यद्रोह, सङ्गठित अपराध, आपराधिक उपद्रव कसुरमा अनुसन्धान गरिरहेको छ ।…

Read More

झापा, ३१ बैशाख । वैदेशिक रोजगारीको लागि विदेश पठाउने भन्दै रु ५१ लाख ९० हजार ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा बर्दिया ठाकुरबाबा नगरपालिका–१ बस्ने ३५ वर्षीय प्रेमबहादुर साउद तथा सुर्खेत सिम्ता गाउँपालिका–८ बस्ने २१ वर्षीय ललित बोहरा रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखी विदेश नपठाई सम्पर्कविहीन भएकोमा पीडितहरूको उजुरीका आधारमा निज दुई जनालाई पक्राउ गरिएको हो ।” पक्राउ परेकामध्ये साउदले तीन जनालाई…

Read More

झापा, ३१ बैशाख । प्रेस चौतारी नेपाल मधेश प्रदेशका अध्यक्ष वरिष्ठ पत्रकार फणिदेव महतको निधन भएको छ। ब्रेन ट्युमरका कारण लामो समयदेखि बिरामी रहेका महतको काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचारका क्रममा गए राति निधन भएको हो। दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहनुभएका महतले चन्द्रनिगाहपुरबाट रेडियो सुप्रिम र अनलाइन पत्रिका ‘कलमपाटी डटकम’ सञ्चालन गर्दै आउनुभएको थियो। उहाँका दुई सन्तान छन्। महतको पार्थिव शरीर चन्द्रपुर नगरपालिकास्थित निवासमा राखिएको छ। पत्रकार महतको निधनले नेपाली पत्रकारिता क्षेत्रमा एक निडर र प्रतिबद्ध पत्रकारको क्षति भएको छ।

Read More

झापा, ३१ बैशाख । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ २४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ८४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १५१ रुपैयाँ ३६ पैसा र बिक्रीदर १५१ रुपैयाँ ०२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७९ रुपैयाँ ९५ पैसा र बिक्रीदर १८० रुपैयाँ ७४ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६१ रुपैयाँ ८६ पैसा र बिक्रीदर १६२ रुपैयाँ ५८ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ३६ पैसा र बिक्रीदर ८७ रुपैयाँ ७४ पैसा, क्यानेडियन…

Read More

झापा, ३१ बैशाख । नेकपा (एमाले) ले जनताको बहुदलीय जनवादका प्रणेता मदन भण्डारी र कुशल सङ्गठक जीवराज आश्रित (मदन–आश्रित) स्मृति दिवस आगामी जेठ ३ गते देशव्यापीरूपमा विभिन्न कार्यक्रम आयोजना गरी भव्यरूपमा मनाउने भएको छ । महासचिव शंकर पोखरेलले एक परिपत्र जारी गर्नु भई पार्टीका सबै प्रदेश तथा जिल्ला कमिटीहरूलाई स्मृतिसभा आयोजना गर्न र अन्य सिर्जनात्मक तथा विविध विधासँग सम्बन्धित कार्यहरू सम्पादन गर्न निर्देश गर्नुभएको छ । एमाले जनताको बहुदलीय जनवादको दिशानिर्देश बमोजिम अगाडि बढिरहेको र मुलुकको बाम तथा प्रजातान्त्रिक आन्दोलनका साथै पार्टी निर्माणमा मदन–आश्रितको देन, उत्सर्ग, समर्पण जति उल्लेख गरे पनि कमी हुने भन्दै पार्टी केन्द्रले मातहतका कमिटीहरूलाई नेताहरूको सम्मान…

Read More

झापा, ३१ बैशाख । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले गण्डकी प्रदेशमा साधरणतया बदली रही बाँकी पहाडी भूभागमा आंशिक बदली रहेको छ । गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा कोशी र बागमती प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफा देखि आंशिक बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका…

Read More

झापा, ३० बैशाख । जिल्ला प्रहरी कार्यालय झापाका नयाँ प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बूले झापा जिल्लामा शान्ति सुरक्षा कायम राख्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउनु भएको छ । जिल्ला प्रहरी कार्यालयको सभाहलमा आज जिल्ला सञ्चारकर्मीसँग परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा त्यस्तो प्रतिबद्धता जनाउनुभएको हो । प्रहरी सेवा थप नागरिकमैत्री बनाउँदै प्रहरीसम्मको पहुँचलाई बृद्धि गर्ने उहाँले बताउनुभयो । भिडियो समाचारका लागि यहाँ क्लिक गर्नुहोस् । https://www.facebook.com/jhapaonlineportal/videos/661995503346435 झापामा विकराल बन्दै गएको लागुऔषध नियन्त्रण, आत्महत्या, मानव बेचबिखन, दुर्घटना लगायत शान्तिसुरक्षासँग सबै कामलाई चुस्त र प्रभाकारी बनाउने उहाँको भनाइ छ । अन्तक्रियामा सहभागी पत्रकार तथा सञ्चारकर्मीहरुले मोटरसाइकल चोरी, लागुऔषध नियन्त्रण, प्रतिबन्धित औषधि बिक्री…

Read More

रेवतीराज घिमिरेभद्रपुर, ३० बैशाख । नेपालको वर्तमान कानून विपरित भद्रपुरका १२ वटा निजी विद्यालयहरुले आइतवार विदा दिने निर्णय गरेका छन् । भद्रपुर क्लस्टर नाम दिएका ती संस्थागत विद्यालयहरूले सरकारी नियमलाई चुनौति दिँदै शैक्षिक क्यालेण्डरमै आइतवार विदा घोषणा गरेको देखिएको हो । सो कार्य वर्तमान कानून विपरितको भए पनि नियामक भने बेखवर जस्तै देखिएको छ । भद्रपुर नगरपालिका भित्र रहेका ३१ वटा संस्थागत विद्यालय मध्ये राज्यको नीतिलाई चुनौति दिँदै आफू खुशी विदाको घोषण गर्ने विद्यालयहरूमा विभूति विद्या मन्दिर, प्रज्ञा एकाडेमी, मेरिगोल्ड, डोल्मा मेमोरियल, ग्यालेक्सी इङ्लिस स्कुल, एमरेल्ड एकाडेमी, होलिल्याण्ड, ग्रिनफिल्ड, गुरूकुल पब्लिक स्कुल, इष्टपोइन्ट इङ्लिस स्कुल लगायतका १२ वटा विद्यालयहरुले क्लष्टर…

Read More

झापा, ३० बैशाख । काभ्रेको रोशी गाउँपालिका माम्तीस्थित रोशी खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध भएको बीपी राजमार्ग पूर्णरुपमा सुचारु भएको छ । अविरल वर्षापछि आएको बाढीका कारण सोमबार रातिदेखि अवरुद्ध भएको बीपी राजमार्ग मङ्गलबार दिउँसो १ बजेबाट सञ्चालनमा आएको सशस्त्र प्रहरीका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो । बीपी राजमार्गको माम्तीस्थित रोशी खोलाको बाढीले सोमबार राति ८ः५० बजे डाइभर्सन बगाएको थियो । उहाँका अनुसार बगाएको डाइभर्सन पुनः बनाएपछि यातायात सुचारु भएको हो ।

Read More

झापा, ३० बैशाख । आईसीसी महिला टी–२० विश्वकप एशिया छनोटमा नेपाल हङकङसँग ७ विकेटले पराजित भएको छ । थाइल्यान्डको एआईटी ग्राउन्टमा नेपालले दिएको ३० रनको लक्ष्य हङकङले ४ ओभर ३ बलमा ३ विकेट गुमाएर भेटायो । हङकङकी शनजीन शाहजादले नटआउट १५ रन बनाइन् । नेपालकी कविता कुँवरले २ विकेट लिइन् । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५ ओभरमा ३ विकेट गुमाएर २९ रन बनायो । दिउँसो सवा १२ बजे शुरू हुनुपर्ने खेल वर्षाका कारण प्रभावित भएपछि ५ ओभरमा झारिएको हो । नेपालकी सम्झनाकुमारी खड्काले सबैभन्दा धेरै १० रन बनाइन् । हङकङकी मे वे सुले ३ विकेट लिइन्…

Read More