भद्रपुर, २० असार । झापाको भद्रपुर नगरपालिकाले १४ जना छात्रलाई छात्रवृत्ति प्रदान गरेको छ ।
भद्रपुर-७ स्थित वीरेन्द्र माध्यमिक विद्यालयमा विज्ञान संकायमा अध्ययनरत कक्षा-११ का १२ जना छात्रालाई जनही १२ हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरेको हो । नगरले प्रदान गरेको छात्रवृत्तिले उनीहरूलाई उच्च शिक्षा हासिल गर्न सहयोग मिल्ने नगरप्रमुख गणेश पोखरेलले विश्वास व्यक्त गर्नुभयो ।



उच्च शिक्षा हासिल गरेर विद्यार्थीले भविष्य निर्माण गरे उनीहरूको सफलता नै नगरको सफलता हुने उहाँले बताउनुभयो । नगरपालिकाले १४ जना छात्रालाई १ लाख६८ हजार छात्रवृत्ति बापत वितरण गरेको हो ।
Facebook Comments Box


