झापा, २० असार । लागुऔषध नियन्त्रण व्यूरो काँकरभिट्टा झापाको प्रहरी टोलीले भारतको पानीट्याङ्कीबाट नेपाल प्रवेश गर्ने क्रममा लागु औषधसहित एक युवकलाई पक्राउ गरेको छ।
बिहीबार राति ९ः०० बजे मे.८ प. १५८५ नम्बरको टीभीएस मोटरसाइकललाई शंका लागि मेचीनगर नगरपालिका–६ स्थित पुरानो मेचीपुल नजिक चेकजाँच गरिएको थियो । सो क्रममा मोटरसाइकलको च्यासिस भागमा विशेष रूपमा बनाइएको प्वालभित्र सेतो प्लास्टिकको पोका फेला परेको थियो । डिजिटल तराजुबाट तौल गर्दा सो पोका प्लास्टिकसहित ५ ग्राम र प्लास्टिक बाहेक ४ ग्राम लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ रहेको पुष्टि भएको प्रहरीको भनाइ छ।
घटनासँग सम्बन्धित मोटरसाइकल चालक झापा मेचीनगर–१४ धाइजन गोलबारीका २६ वर्षीय सरोज लामिछानेलाई लागु औषधसहित पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।


