
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
सन्तोष कुमार आत्रेयको निर्देशनमा फिल्म ‘शिवांश’ निर्माण हुने भएको छ । अक्षय तृतीयाको अवसर पारेर बुधबार एक पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरिएको हो । पोस्टरमा ‘च्याप्टर एक’ उल्लेख गरिएको छ । अर्थात् फिल्मको दोस्रो भाग पनि निर्माण हुनेछ । ‘शिवांश’को अर्थ भगवान् शिवको एक अंश भन्ने हुन्छ । सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकार प्रवीण खतिवडा फलामको साङ्लोले बाँधिएको अवस्थामा चित्रित छन् । उनको अनुहारको आधा भाग मात्र देखाइएको छ । पोस्टरमा अर्का एक पुरुष पात्रलाई अग्लो स्थानबाट घना बस्तीतिर हेर्दै गरेको देख्न सकिन्छ । र, उनको अगाडि आगोको चक्र छ । यसले शक्ति संघर्षको कथामा फिल्म आधारित रहेको…
१. बिहान उठेर कागती पानी पिउने गर्नाले शरीरको बिकार पदार्थ निकाल्नुका साथै स्फूर्ती पैदा गर्छ । यसले खाना पचाउने काम समेत गर्छ । २. कागती भिटामिन सी तत्वको भण्डार हो । जसमा एन्टी अक्सिडेन्टको गुण पनि हुन्छ । जसले त्वचाको दाग धब्बा हटाएर निखार लेराउने काम गर्छ । ३. कागती पानीले शरीरमा पाचन रसको उत्पादनमा सहयोग गर्छ । पाचन प्रणालीलाई स्वस्थ राख्न मद्दत गर्दछ । ४. शरीरको विभिन्न जोर्नीमा हुने दुखाईलाई कागती पानीले कम गर्छ । ५. कागती पानीले मुख गन्हाउने समस्या समाधान गर्न मद्दत गर्छ । ६. कागतीमा पाईने भिटामिन सी र पोटाशियमले रोगसँग लड्ने क्षमताको वृद्धि गर्छ ।…
झापा, १७ वैशाख। स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु ७०० ले घटेको छ । मङ्गलबार प्रतितोला रु एक लाख ८८ हजार ८०० मा कारोबार भएको पहेँलो धातु रु एक लाख ८८ हजार १०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको मूल्य प्रतितोला रु ५ ले घटेर एक हजार ९६५ कायम भएको छ । मङ्गलबार पनि सोही परिमाणको चाँदी रु एक हजार ९७० मा कारोबार भएको थियो ।
सुनसरी, १७ बैशाख । सुनसरीको हरिनगर गाउँपालिका–३ स्थितबाट लागूऔषध गाँजा ओसर पसारमा संलग्न सिटी सफारी सहित चालकलाई प्रहरीले पक्राउ गरेको छ । बैशाख १६ गते प्रहरी चौकी घुस्की र अस्थायी प्रहरी चौकी गौतमपुरबाट खटिएको प्रहरी टोलीले हरीनगर–३ गौतमपुर स्थितमा प्रदेश १.०२.००४ ह १६४३ नम्वरको सिटी सफारीलाई संका लागी चेकजाँच गर्ने क्रममा ४१ किलोग्राम गाँजा फेला पारेको हो । उक्त गाँजा बरामद भए संगै सिटी र चालक इनरुवा नगरपालिका–७ का ३० बर्षीय अमिर मियाँलाई प्रहरीले पक्राउ गरेको हो । गाँजा सहित पक्राउ परेका मियाँको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।
नेपालगन्ज, १७ वैशाख। आफ्नै नौ वर्षीय छोराको हत्या गरेर शवलाई जमिनमुनि गाड्ने आमा र सौतेला बुवालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरले दिएको जानकारी अनुसार कोहलपुर नगरपालिका ११ हरियाली मार्गमा कोठा भाडामा लिएर बस्दै आएका यशोदा बुढा र उनका दोस्रो पति निरकनाथ योगीले मिलेर आफ्नो नौ वर्षीय छोरा कुशल बुढाको हत्या गरेर शव जमिनमुनि गाडेको हुँदा उनीहरूलाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका निमित्त प्रहरी प्रमुख रेसमलाल पौडेलले कुशल बुढाको शव जमिनमुनि गाडिएको अवस्थामा भेटिएपछि सो घट्नाको अनुसन्धान गर्दै जाँदा सौतेला पिता निरकनाथ योगी र सहोदर आमा यशोदा बुढाले मिलेर बालकको हत्या गरी शव व्यवस्थापन…
काठमाण्डौ, १७ वैशाख । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । चौधरीलाई कमलादीमा रहेको प्रज्ञा प्रतिष्ठान परिसरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता एवम् प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिनुभयो । यसअघिको मुद्दामा कैद भुक्तान बाँकी रहेकाले फैसला कार्यान्वयनका लागि सर्वोच्च अदालतको आदेशमा पक्राउ गरिएको उहाँले बताउनुभयो । प्रहरीले चौधरीलाई पक्राउ गरेर डिल्लीबजार कारागार लगेको छ । सीके राउत नेतृत्वको जनमत पार्टीसँग आज हुने भनिएको पार्टी एकता घोषणा कार्यक्रमअघि रेशम चौधरी पक्राउ परेका हुन् । चौधरी पक्राउ परेपछि पार्टी एकता घोषणा कार्यक्रम स्थगित भएको सीके राउतले जानकारी दिनुभयो ।
हरिप्रसाद कोइरालाउर्लाबारी, १७ वैशाख । मोरङको धनपालथान गाउँपालिका–३ ललिया टोलका बुधबार बिहान एक जना मृत अवस्थामा फेला परेका छन् । इलाका प्रहरी कार्यालय रङ्गेलीका प्रहरी निरीक्षक सन्तोष खड्काले धनपालथान–२ का ३७ वर्षीय विजय मण्डल मृत अवस्थामा नालामा फेला परेको जानकारी दिनुभयो । मण्डलको शव भेटिएको नाला नजिकै उहाँ चलाउँदै आएका को. २१ प. १६५६ नम्बरको मोटरसाइकल समेत फेला परेको छ । शव र मोटरसाइकल एउटै स्थानमा भेटिएको भन्दै स्थानीयले विजयलाई कसैले हत्या गरेर फालेका हुनसक्ने स्थानीयले बताएका छन् । प्रहरीका अनुसार मण्डलको शव सडकदेखि करिब तीन मिटर तल रहेको नालामा फेला परेको थियो । बिहान करिब सभा ६ बज तिर…
कोलकाता, १७ वैशाख । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको प्रहरीले बुधबार बताएको छ । आगलागी भएको होटलमा केही मानिस बच्नका लागि झ्यालबाट बाहिर र छतमा चढेर निस्किएका थिए । होटलको कोठा र छतबाट धेरै मानिसलाई उद्धार गरिएको कोलकाताका प्रहरी प्रमुख मनोज वर्माले मङ्गलबार साँझ आगलागी भएपछि बताउनुभयो । “दुई बालबालिका र एक महिलासहित मृतकको सङ्ख्या १५ पुगेको छ”, आगलागीको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिएको जानकारी दिँदै वर्माले भन्नुभयो, “होटल ग्यास च्याम्बरमा परिणत भयो र धेरै मानिसको निस्सासिएर मृत्यु भएको देखिन्छ ।” आगलागी हुँदा ८८ जना पाहुना रहेको ऋतुराज होटल कोलकाताको केन्द्रीय…
झापा, १७ बैशाख । मोरङको विराटनगर महानगरपालिका–१३ स्थितबाट नक्लली नोट सहित १ जना भारतिय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार अररियाका १९ बर्षीय सिम्पी बैसन्ति रहेकी छन । वैशाख १६ गते विराटनगर–१३ स्थितमा रहेको किराना पसलमा सामान किन्ने क्रममा सिम्पी बैसन्तिले भारतीय ५ सय रुपैयाको नोट पसलेलाई दिएकोमा उक्त नोट नक्कली रहेको संका लागी पसल धनीले प्रहरीलाई खवर गरेकोमा तत्काल इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा उनकोकोसाथबाट ५ सय दरको ७ वटा नक्कली भारतीय नोट र नेपाली रुपैयाँ ३ हजार १ सय सहित नियन्त्रणमा लिएको हो । नक्कली नोट सहित पक्राउ परेकी उनको…
झापा,१७ वैशाख । मोरङ र झापाको विभिन्न स्थानहरुबाट लागू औषध ब्राउन सुगर सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । बैशाख १६ गते बिराटनगर महानगरपालिका-१५ स्थितबाट लागू औषध नियन्त्रण व्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा पथरीशनिश्चरे-१ का २७ वर्षीय प्रदिप बस्नेतलाई ४ ग्राम १८ मिलिग्राम र २९ वर्षीय गोपाल भारतीलाई १ ग्राम १३ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी झापाको इलाका प्रहरी कार्यालय कुमरखोदवाट खटिएको प्रहरी टोलीले झापा शिवसताक्षी-८ का २४ वर्षीय गोबिन्दहाङ लिम्बु र ३९ वर्षीय कैलाश रणपहेलीलाई ३ ग्राम ५४० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । सोही दिन प्रहरी चौकी गोलधापले चेकजाँचको…