काठमाण्डौ, १७ वैशाख । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । चौधरीलाई कमलादीमा रहेको प्रज्ञा प्रतिष्ठान परिसरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता एवम् प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिनुभयो ।
यसअघिको मुद्दामा कैद भुक्तान बाँकी रहेकाले फैसला कार्यान्वयनका लागि सर्वोच्च अदालतको आदेशमा पक्राउ गरिएको उहाँले बताउनुभयो । प्रहरीले चौधरीलाई पक्राउ गरेर डिल्लीबजार कारागार लगेको छ ।
सीके राउत नेतृत्वको जनमत पार्टीसँग आज हुने भनिएको पार्टी एकता घोषणा कार्यक्रमअघि रेशम चौधरी पक्राउ परेका हुन् । चौधरी पक्राउ परेपछि पार्टी एकता घोषणा कार्यक्रम स्थगित भएको सीके राउतले जानकारी दिनुभयो ।
Facebook Comments Box


