सुनसरी, १७ बैशाख । सुनसरीको हरिनगर गाउँपालिका–३ स्थितबाट लागूऔषध गाँजा ओसर पसारमा संलग्न सिटी सफारी सहित चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
बैशाख १६ गते प्रहरी चौकी घुस्की र अस्थायी प्रहरी चौकी गौतमपुरबाट खटिएको प्रहरी टोलीले हरीनगर–३ गौतमपुर स्थितमा प्रदेश १.०२.००४ ह १६४३ नम्वरको सिटी सफारीलाई संका लागी चेकजाँच गर्ने क्रममा ४१ किलोग्राम गाँजा फेला पारेको हो ।
उक्त गाँजा बरामद भए संगै सिटी र चालक इनरुवा नगरपालिका–७ का ३० बर्षीय अमिर मियाँलाई प्रहरीले पक्राउ गरेको हो ।
गाँजा सहित पक्राउ परेका मियाँको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।
Facebook Comments Box


