
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
द्रोण अधिकारीभद्रपुर, १४ असार । राष्ट्रिय सभा सदस्य तथा पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाले भद्रपुर–विर्तामोड सडक अन्र्तगत चन्द्रगढी खण्डको काम तीव्र गतिमा अगाडि बढाउन नियामक सडक विभाग, जिल्ला प्रशासन कार्यालय झापा र निर्माण ठेकेदारलाई आग्रह गरेपछि अलपत्र सडकको निर्माण थालिएको छ । भद्रपुर १० देउनिया खोलायता चन्द्रगढीसम्मको ३ किलो मिटर सडक विवादमा परेको भन्दै सडक विभाग तथा निर्माण ठेकेदारले काम नगर्दा अलपत्र परेपछि स्थानीय बासिन्दा समेत रहेका सिटौलाले वर्षौं निर्माण नभएको सडक अबिलम्ब निर्माण गर्न दवाव दिएपछि सडक निर्माण थालिएको हो । निर्माण स्थलमा खटिएका सडक विभाग दमकका इञ्जिनियर उज्वल खतिवडाका अनुसार असार मसान्तसम्ममा बेस ग्राभेलको काम सम्पन्न गर्ने गरी भद्रपुर–विर्तामोड…
बिर्तामोड, १४ असार । झापाको बिर्तामोड–४ मुनाल टोलस्थित गोमेन्द्र बिर्ता मोडेल स्कुलले मलेसियाको लिंकन युनिभर्सिटीबाट सम्बन्धन लिएर होटल म्यानेजमेन्ट कक्षा अध्यापन शुरु गरेको छ । कक्षा–११ र १२ मा होटल मेनेजमेन्ट, कम्युटर साइन्स र विजनेश स्टडिज विषयमा अध्यापन गराउँदै आएको स्कूलले थप स्तरीय शिक्षा दिने उद्देश्यले लिंकन युनिर्सिटीबाट सम्बन्धन लिएर होटल म्यानेजमेन्टका कक्षाहरु सञ्चालन गर्न लागेको गोमेन्द्र बिर्ता मोडेलका निर्देशक उत्तम खनालले जानकारी दिनुभयो । आज स्कूल परिसरमा पत्रकार सम्मेलनको आयोजना गरी स्कूलले कक्षा–११ र १२ मा पढाइ हुने विषयहरुको शुल्क सूची समेत सार्वजनिक गरेको छ । बिर्तामोड क्षेत्रमा मध्यम र न्यून वर्गीय विद्यार्थी पढ्न आउने भएकाले कम शुल्कमा गुणस्तरीय…
सन्तोष शर्माबिर्तामोड, १४ असार । झापामा बैशाखयता ६१ जना नयाँ डेंगु संक्रमित फेला परेका छन् । गत बैशाखदेखि असार १३ गतेसम्म जिल्लामा ६१ जना डेंगु संक्रमित फेला परेको बिर्तामोड नगरपालिकाका स्वास्थ्य शाखाका महामारीजन्य रोग नियन्त्रण रोकथाम कार्यक्रम संयोजक ओम खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार बिर्तामोड नगरपालिकामा ५४ जना, दमक नगरपालिकामा एक जना र गौराहद नगरपालिकामा छ जना डेंगु संक्रमित फेला परेको हो । “बिर्तामोडमा डेंगु रोगको संक्रमण उच्च देखिएको छ”, उहाँले भन्नुभयो, “बिर्तामोडमा अन्य जिल्लाबाट उपचारका लागि आउने बिरामीमा परीक्षणका क्रममा डेंगु देखिएकाले पनि संक्रमण दर उच्च देखिएको छ ।” यता, झापामा चालू आर्थिक वर्ष २०८१/०८२ को असार १३…
झापा, १४ असार । मिस्टर एण्ड मिस रोयल झापा सिजन–२ को उपाधि भद्रपुर–८ की प्रेन्सी ओली र बिर्तामोड–५ का पेशल निरौलाले जितेका छन् भने सुपर लिटल प्रिन्स एण्ड प्रिन्सेस २०२५ को उपाधि श्रेयन्स चौधरी र एन्जल लिङ्देनले हात पारेका छन् । झापाको बिर्तामोडमा पीसीएस प्रोडक्सन इन्टरटेन्टमेन्टको आयोजना भएको यी दुई प्रतियोगितामा उनीहरुले उपाधि हात पारेका हुन् । गत असार ७ गते भएको प्रतियोगिताको बिर्तामोडमा आज पत्रकार सम्मेलन गरी पीसीएस प्रोडक्सनका प्रबन्ध निर्देशक चेतनसिंह बस्नेतले जानकारी दिनुभयो । बालबालिका तथा युवायुवतीको प्रतिभा विकास, आत्मविश्वास र नेतृत्व क्षमतामा सक्षम बनाउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको उहाँले बताउनुभयो । प्रतियोगितामा विजेताहरुले उपाधिसँगै तीन…
झापा, १४ असार । लायन्स क्लब अफ कनकाई दुर्गापुरको अध्यक्षमा लायन भुवन खतिवडा चयन हुनुभएको छ । क्लबको शुक्रबार दुर्गापुरमा सम्पन्न दोस्रो वार्षिक साधारणसभा तथा अधिवेशनबाट लायन्स क्लब अफ कनकाई दुर्गापुरको आगामी बर्ष २०२५–०२६ को अध्यक्षमा युवा व्यवसायी, सामाजिक व्यक्तित्व भुवन खतिवडा सर्वसम्मत चयन हुनुभएको हो । त्यस्तै, प्रथम उपाध्यक्षमा लायन रमन अधिकारी, द्वितीय उपाध्यक्षमा लायन इश्वर सुवेदी र तृतीय उपाध्यक्षमा लायन युवराज बोहोरा, निर्वाचित हुनुभएको थियो भने सेक्रेटरीमा लायन दिपक कुमार ओली, ट्रेजररमा लायन युवराज अधिकारी र क्लब चिफ एडभाइजरमा लायन मनोजकुमार पोख्रेल मनोनित हुनभएको निर्वाचन समिति संयोजक तथा क्लबका पूर्व अध्यक्ष दिपक खतिवडाले जानकारी दिनुभएको छ । कार्यक्रममा…
एक सर्वेक्षणअनुसार ३७ प्रतिशत पुरुष स्वास्थ्यमा समस्या भएको अनुभव गरेपनि अस्पताल वा चिकित्सककहाँ जाँदैनन् । किनभने त्यो रोग भयानक हुनसक्छ भन्ने स्वयम्ले अनुमान गरेर सत्यको सामना गर्न डराउँछन् । अर्थात रोग लुकाएर बस्छन् । नतिजा, सही समयमा उपचार नहुँदा रोग जटिल बन्दै जान्छ । आखिर यस्तो अवस्था पनि आउन सक्छ जतिबेला रोगको उपचार गर्न ढिला भइसकेको हुन्छ । त्यसबेला पछुतो गर्नुको विकल्प हुँदैन । त्यसैले रोग लुकाउने भन्दा पनि यसप्रति सजग वा सर्तक हुनु उत्तम हो । यसका लागि समय–समयमा स्वास्थ्य परीक्षण गर्नु जरुरी हुन्छ । अतः पुरुषले संभावित जोखिमबाट बच्न यी सात स्वास्थ्य परीक्षण गर्न सक्छन् । १.प्रोस्टेट क्यान्सर…
काठमाडौँ, १४ असार । तामाङ भाषामा रहेको प्रेम गीत ‘जालमाया’ को नयाँ संस्करण सार्वजनिक भएको छ । गायिका निर्मला घिसिङको अफिसियल युट्युब च्यानल मार्फत प्रस्तुत गरिएको यस गीतको नयाँ संस्करणमा गायिका घिसिङसँगै गायक रमण थामीको स्वरलाई सुन्न सक्नुहुनेछ । अडियो प्लेटफर्ममार्फत गीत सार्वजनिक गरिएपश्चात भिडियोलाई युट्युबमार्फत सार्वजनिक गरिएको हो । तामाङ सिनेमा ‘जालमाया’ को शीर्षक गीत रहेको यस गीत विक्रम संबत २०६० सालमा गायक अमृत लामा र स्वर्गीय गायिका योगिता मोक्तानको स्वरमा रेकर्ड गरिएको थियो । फिल्म निर्माता सन्तलाल घिसिङले रचना गर्नुभएको गीतमा कुबेर दोङको सङ्गीत र उहाँकै सङ्गीत संयोजन रहेको छ । करिब २२ वर्षपछि रेकर्ड गरिएको ‘जालमाया’ को…
सुनसरी, १४ असार । सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट लागू औषध ब्राउन सुगर सहित ७जनालाई प्रहरीले पक्राउ गरेको छ । असार १३ गते लागू औषध नियन्त्रण ब्यूरो विराटनगर, जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकहीबाटखटिएको प्रहरी टोलीले सुनसरीको बिभिन्न स्थानहरुबाट चेकजाँचको क्रममा २१ ग्राम ९४० मिलिग्राम ब्राउन सुगर सहित बेचबिखानमा संलग्न धरान– ११ का १९ को सुअन तामाङ र २७ बर्षीय मिसन राई, धरान– १५ का ३२ बर्षीय रोमन शाही, २५ बर्षीय अरुण मण्डल, ३० बर्षीय सागर तामाङ र ३१ बर्षीय प्रस्तावराई र ओसार पोसारमा प्रयोग भएका २ थान सवारी साधान सहित नियन्त्रणमालिएको हो भने इलाका प्रहरी कार्यालय भण्टाबारीले…
फुङ्लिङ (ताप्लेजुङ), १४ असार । ताप्लेजुङको एकमात्र हवाई सेवा सञ्चालन हुँदै आएको सुकेटार विमानस्थलमा हवाई उडान ठप्प भएको छ । चार महिना लामो बन्दपछि चैतको अन्तिम साताबाट पुनः सञ्चालनमा आएको नेपाल वायु सेवा निगमको हवाई सेवा जेठ ३० गतेयता एकपटक पनि सञ्चालन हुन सकेको छैन । निगमका ताप्लेजुङ स्टेसन इञ्चार्ज नारायणकुमार कार्कीका अनुसार बर्खायाम सुरू भएसँगै कुहिरो र कम भिजिबिलिटीका कारण असारयता चार उडान प्रभावित भएका छन् । प्रत्येक सोमबार र शुक्रबार नियमित हुने काठमाडौँ–ताप्लेजुङ उडान निरन्तर रद्द हुन थालेपछि यात्रुहरू मर्कामा परेका छन् । इञ्चार्ज कार्कीले भन्नुभयो, “मौसम प्रतिकूल भएकाले जहाजले अवतरण गर्नसक्ने अवस्था छैन । भिजिबिलिटी न्यून भएकाले…
मोरङ, १४ असार । मोरङको विराटनगर महानरपालिका–१८ स्थित करेन्ट लागेर १ जनाको मृत्युभएको छ । असार १४ गते बिहानको राती साढे १ बजे बिवाहमा डिजे बजाई नाच्ने क्रममा अचानक डिजेकोको तारबाट करेन्ट लागि घाईते भएका सोहिस्थानका बिजय यादवको १७ बर्षीय छोरा अमित यादवलाई उपचारको लागि कोशी अस्पताल विराटनगर पुर्याउन साथ मृत्यु भएको थियो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।