झापा, १४ असार । लायन्स क्लब अफ कनकाई दुर्गापुरको अध्यक्षमा लायन भुवन खतिवडा चयन हुनुभएको छ ।
क्लबको शुक्रबार दुर्गापुरमा सम्पन्न दोस्रो वार्षिक साधारणसभा तथा अधिवेशनबाट लायन्स क्लब अफ कनकाई दुर्गापुरको आगामी बर्ष २०२५–०२६ को अध्यक्षमा युवा व्यवसायी, सामाजिक व्यक्तित्व भुवन खतिवडा सर्वसम्मत चयन हुनुभएको हो ।
त्यस्तै, प्रथम उपाध्यक्षमा लायन रमन अधिकारी, द्वितीय उपाध्यक्षमा लायन इश्वर सुवेदी र तृतीय उपाध्यक्षमा लायन युवराज बोहोरा, निर्वाचित हुनुभएको थियो भने सेक्रेटरीमा लायन दिपक कुमार ओली, ट्रेजररमा लायन युवराज अधिकारी र क्लब चिफ एडभाइजरमा लायन मनोजकुमार पोख्रेल मनोनित हुनभएको निर्वाचन समिति संयोजक तथा क्लबका पूर्व अध्यक्ष दिपक खतिवडाले जानकारी दिनुभएको छ ।
कार्यक्रममा भाइस डिस्ट्रिक गभर्नर इलेक्ट प्रमुख अतिथि लायन लीलाप्रसाद चिमरियाले क्लबका पूर्व अध्यक्ष लायन तिलाचन रिजाल साथै उहाँको टिमले आफ्नो कार्यकालमा गरेको कामको प्रसंशा गर्दै नयाँ क्लब भए पनि क्लबको नेतृत्व गरी आजको अवस्थामा ल्याउन असल भुमिका निर्वाह गर्नु भएकोमा धन्यवाद ज्ञापन गर्नु भएको थियो । चिमरियाले आफ्नो कार्यकालमा क्लबका नियमित कार्यलाई निरन्तरता दिदै थप उत्साह र उर्जाका साथ सामाजिक क्षेत्रमा अघिबढ्न आग्रहका गर्दै क्लबका सबै किसिमका कार्यक्रममा आफ्नो तर्फबाट साथ सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
क्लबका अध्यक्ष लायन रिजालले क्लबको नेतृत्व गर्ने जिम्मेवारी प्रदान गरी बर्ष भरिका कार्यमा समेत संगसंगै हातेमालो गर्दै संस्थालाई चलायमान बनाउन अहम भुका निर्वाह गर्नु हुनेमि सम्पुर्ण प्रति आभार व्यक्त गर्दै नवनिर्वाचित समितिमा पनि आफ्नो साथ सहयोग सदैव रहने वताउदै नवनिर्वाचित समितिलाई बधाई ज्ञापन गर्नुभएको थियोे ।
क्लबका कोषाध्यक्ष युवराज बोहोराले क्लबको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा लायन्स क्लब अफ कनकाई सुरुङ्गाका अध्यक्ष लायन रुपनारायण खतिवडा, डिस्टिक चिफ मनोज बस्नेत, एरिया को–ओडिनेटर डम्बर थापा, प्रथम उपाध्यक्ष लायन कुमार दाहाल, लायन्स क्लब अफ कनकाई दुर्गापुरका लायन्सकर्मी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा क्लबका कोषाध्यक्ष युवराज बोहोराले बधाई तथा धन्यवाद मन्तव्य राख्नु भएको थियो । क्लबका अध्यक्ष लायन तिलचन रिजालको अध्यक्षमा भएको कार्यक्रमको सञ्चालन सचिव लायन दिपक ओलीले गर्नुभएको थियो ।


