
बिर्तामोड, १४ असार । झापाको बिर्तामोड–४ मुनाल टोलस्थित गोमेन्द्र बिर्ता मोडेल स्कुलले मलेसियाको लिंकन युनिभर्सिटीबाट सम्बन्धन लिएर होटल म्यानेजमेन्ट कक्षा अध्यापन शुरु गरेको छ ।
कक्षा–११ र १२ मा होटल मेनेजमेन्ट, कम्युटर साइन्स र विजनेश स्टडिज विषयमा अध्यापन गराउँदै आएको स्कूलले थप स्तरीय शिक्षा दिने उद्देश्यले लिंकन युनिर्सिटीबाट सम्बन्धन लिएर होटल म्यानेजमेन्टका कक्षाहरु सञ्चालन गर्न लागेको गोमेन्द्र बिर्ता मोडेलका निर्देशक उत्तम खनालले जानकारी दिनुभयो ।

आज स्कूल परिसरमा पत्रकार सम्मेलनको आयोजना गरी स्कूलले कक्षा–११ र १२ मा पढाइ हुने विषयहरुको शुल्क सूची समेत सार्वजनिक गरेको छ । बिर्तामोड क्षेत्रमा मध्यम र न्यून वर्गीय विद्यार्थी पढ्न आउने भएकाले कम शुल्कमा गुणस्तरीय शिक्षा दिन गोमेन्द्र बिर्ता मोडेल प्रतिबद्ध रहेको निर्देशक खनालको भनाइ छ ।
गोमेन्द्र बिर्ता मोडेलले अत्याधुनिक र सुविधा सम्पन्न प्रयोगशालामा दैनिक प्रयोगात्मक कक्षाहरुको माध्यमबाट होटल मेनेजमेन्ट पठनपाठन गराउँदै आएको विद्यालयका भाइस प्रिन्सिपल तीर्थ दाहालले जानकारी दिनुभयो ।
होटल मेनेजमेन्ट अन्तर्गत कक्षा–११ मा भर्ना शुल्क, मासिक शुल्क र प्रयोगात्मक शुल्क गरी ८५ हजार तोकिएको छ भने मलेसियाको लिंकल युनिभर्सिटीसँगको सहकार्यमा डुवल कोर्षका लागि २ लाख ५० हजार, एक्ज्युकेटिभ प्रोफेसनल डिप्लोमा ३ लाख ७० हजार, प्रोफेसनल डिप्लोमा इन कलिनरी आर्टसमा ३ लाख ३० हजार र एक्ज्युकेटिभ प्रोफेसनल डिप्लोमा इन कलिनरी आर्टसमा ५ लाख १० हजार शुल्क तोकिएको छ ।
त्यस्तै, प्रोफेसनल डिप्लोमाका लागि २ लाख ५० हजार, एक्ज्युकेटिभ प्रोफेसनल डिप्लोमा २ लाख ६० हजार, डिप्लोमा इन कलिनरी आर्टसमा २ लाख २० हजार र एक्ज्युकेटिभ प्रोफेसनल डिप्लोमा इन कलिनरी आर्टसमा ४ लाख शुल्क तोकिएको खनालले जानकारी दिनुभयो ।
उल्लेखित सबै कार्यक्रमहरुमा परीक्षा रजिष्ट्रेशनका लागि अतिरिक्त १२० डलर लाग्ने जनाइएको छ । होटल मेनेजमेन्ट अध्ययन गर्ने विद्यार्थीको प्रयोगात्मक कक्षाका लागि पाँचतारे होटलहरुसँग सहकार्य गरिएको जनाइएको छ ।
त्यस्तै, सिटिइभिटी अन्तर्गत वारिष्टा, वेटर–वेट्रेस, बारटेण्डर, रिसेप्सनिष्ट आदिको छोटो अवधिको तालिमसमेत विद्यालयले प्रदान गर्दै आएको प्रिन्सिपल गीता ढकालले जानकारी दिनुभयो ।
कम्प्युटर साइन्स अध्ययन गर्ने विद्यार्थीका लागि भर्ना शुल्क ८ हजार, मासिक शुल्क ४ हजार तथा विजनेश स्टडिज गर्नेहरुका लागि भर्ना शुल्क ८ हजार र मासिक शुल्क तीन हजार पाँच सय तोकिएको प्रिन्सिपल ढकालले बताउनभुयो ।

