सुनसरी, १४ असार । सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट लागू औषध ब्राउन सुगर सहित ७
जनालाई प्रहरीले पक्राउ गरेको छ ।
असार १३ गते लागू औषध नियन्त्रण ब्यूरो विराटनगर, जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकहीबाट
खटिएको प्रहरी टोलीले सुनसरीको बिभिन्न स्थानहरुबाट चेकजाँचको क्रममा २१ ग्राम ९४० मिलिग्राम ब्राउन सुगर सहित बेचबिखानमा संलग्न धरान– ११ का १९ को सुअन तामाङ र २७ बर्षीय मिसन राई, धरान– १५ का ३२ बर्षीय रोमन शाही, २५ बर्षीय अरुण मण्डल, ३० बर्षीय सागर तामाङ र ३१ बर्षीय प्रस्ताव
राई र ओसार पोसारमा प्रयोग भएका २ थान सवारी साधान सहित नियन्त्रणमालिएको हो भने इलाका प्रहरी कार्यालय भण्टाबारीले सप्तरी हनुमान नगरका २४ बर्षीय आकाश मण्डललाई कोशी गाउँपालिका– ८ बाट २ ग्राम ५०मिलिग्राम ब्राउन
सुगर सहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनको थप अनुसन्धान भईरहेको छ ।


