jhapaonline add

बिर्तामोड, १८ बैशाख । संयुक्त पहिचानवादी मोर्चा जिल्ला समन्यवय समिति झापाको संयोजकमा एलवी पालुङ्वा सर्वसम्मत चयन हुनुभएको छ । बिर्तामोडमा आज आयोजित मोर्चाको भेलाले पालुङ्वाको संयोकत्वमा ८० सदस्यीय समिति सर्वसम्वत गठन गरेको हो । चार वटा पहिचानवादी पार्टीको एकीकरणपछि संयुक्त पहिचानवादी मोर्चा गठन भएको हो । केपी पालुङ्वाले नेतृत्व गरेको नेपाल जनमुक्ति पार्टी, डा. महेन्द्र लावतीले नेतृत्व गरेको पहिचानवादी मोर्चा, ज्ञानबहादुर गुरुङले नेतृत्व गरेको नागरिक उन्मुक्ति पार्टी र डकेन्द्रसिंह थेगिमले नेतृत्व गरेको पहिचानका लागि प्रदेश नम्बर १ पुनः नामाङ्कन अभियान समिति एकीकरण भएर संयुक्त मोर्चा निर्माण भएको छ । मोर्चाको सह–संयोजकमा भावनी विक्रम सेलिङ, दिनेश किराती मावो, हरि चौधरी, नीरबहादुर…

Read More

बिर्तामोड, १८ बैशाख । नेकपा (माओवादी केन्द्र) को जनवर्गीय संगठनले झापाको बिर्तामोडमा अन्तराष्ट्रिय मजदुर दिवस विभिन्न कार्यक्रम गरेर मनाएको छ । श्रम ऐन २०७४ को मजदुर विरोधी दफा खारेजी तथा योगदानमा आधारित सामाजिक सुरक्षा कार्यान्वयनका लागि संघर्ष गरौ भन्ने मूल नाराका साथ १३६ औं मजदुर दिवस मनाएको हो । कार्यक्रममा अखिल नेपाल टे«ड युनियन महासंघ, अखिल नेपाल ढुवानी मजदुर संघ पूर्व इलाका बिर्तामोड झापाको नेतृत्वमा विभिन्न मजदुर संगठनको सहभागीतामा कार्यक्रम भएको हो । मजदुर दिवसको अवसर पारेर बिर्तामोडमा निकालीएको ¥याली कोण सभामा परिणत भएको थियो । अखिल नेपाल ढुवानी मजदुर संघका पूर्व इलाका अध्यक्ष नन्दी चौधरीको अध्यक्षतामा भएको कोण सभाको…

Read More

सन्तोष शर्माभद्रपुर, १८ बैशाख । नेपाल रेडक्रस सोसाइटी झापा शाखाले अत्याधुनिक ल्याबसहितको रक्तसञ्चार सेवा सञ्चालनमा ल्याएको छ । रेडक्रस झापा शाखाको आज ५१ औं वार्षिक साधारणसँगै अत्याधुनिक ल्याबसहितको रक्तसञ्चार सेवा सञ्चालनमा आएको हो । झापा शाखाले रू ७५ लाखको लगायतमा अत्याधुनिक ल्याबसहितको रक्तसञ्चार सेवा सञ्चालनमा ल्याएको झापा शाखा सभापति लोकराज ढकालले जानकारी दिनुभयो । अब एक पोका रगतबाट तीन–चार जनाको आवश्यकता पूर्ति गर्न सकिने उहाँले बताउनुभयो । “रगतका विभिन्न तत्वलाई छुट्याउने कम्पोनेन्ट मेसिन स्थापना गरिएको छ”, उहाँले भन्नुभयो, “जसबाट रातो रक्तकोष, सेतो रक्तकोष, प्लेट्लेस र प्लाज्मालाई छुट्याउन सकिन्छ, जसलाई जे आवश्यक छ अब त्यही दिन सकिन्छ ।” कोशी प्रदेशमै ‘पहिलो’…

Read More

झापा, १८ बैशाख । झापाको बिर्तामोड नगरपालिका–५ स्थित कृषिथोक बजार व्यवस्थापन समितिले ‘हिनामिना’ गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । कृषिथोक बजार व्यवस्थापन समितिका अध्यक्ष समेतको मिलेमतोमा हिनामिना भएको भन्दै उजुरी परेपछि यथार्थ छानबिनसँगै आवश्यक कारबाही गर्न कृषि विभाग हरिहरभवन ललितपुरलाई अख्तियारले पत्र काटेको हो । गत चैत ३१ गते अख्तियारले विभागलाई काटेको पत्रमा भनिएको छ– “जिल्ला झापा बिर्तामोड नगरपालिका वडा नं. ५ स्थित कृषिथोक बजार व्यवस्थापन समितिका अध्यक्ष समेतको मिलेमतोमा बजार समितिको कार्यालय सञ्चालन गर्ने कोठा निर्माण गर्दा सामग्री आफू खुसी खरिद गरेको साथै बजारको आर्थिक आम्दानी समेत हिनामिना गरेको भन्ने समेत व्यहोराको यस कार्यालयमा दर्ता…

Read More

भद्रपुर, १८ बैशाख । झापाको भद्रपुरमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मंगलबार साँझ ७ः३० बजेको भद्रपुर नगरपालिका–२ स्थित बनियानी–भद्रपुर सडकखण्डमा हिमाली टोलबाट भद्रपुरतर्फ आउँदै गरेको बीआर ३७ भी २१२७ नं. को मोटरसाइकललाई सोही दिशातर्फ आई पश्चिमतर्फ मोड्दै गरेको मे १ च ५४४७ नं को पिकअपले ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक भद्रपुर–१ का ३५ वर्षीय दिलिप राजवंशी गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागि ओमसाई पाथीभरा अस्पताल भद्रपुर पठाइएकोमा राति ८ः५ बजे चिकित्सकले मृत घोषणा गरेको थियो । दुबै सवारी साधन र पिकअप चालक भद्रपुर–३ का ४४ वर्षीय पंकज सुवेदीलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा…

Read More

झापा, १८ बैशाख । आफू बसोबास गरेको स्थानमाबाट नै सेवाग्राहीले स्वास्थ्य बिमा सेवा पाउने व्यवस्था भएको छ । बुधबारको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य बिमा नियमावली संशोधन गर्ने निर्णय गरेसँगै अब स्वास्थ्य बिमा गरेकाले आफ्नै थातथलोमा लिन सक्ने छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको निजी सचिवालयका अनुसार अब सेवाग्राहीले एक महिनाभित्रमा नै सुविधा उपभोग गर्न पाउने छन् । यसअघि बिमासेवा लिन तीन महिना प्रतीक्षा गर्नुपथ्र्यो ।

Read More

झापा, १८ बैशाख । मकवानपुरको भीमफेदी गाउँपालिका–९ अघोरमा छोराले बुवालाई गोली प्रहार गरेका छन् । आफ्नो घरको आँगनमा कुखुरा आएको निहुँमा बुधबार बिहान ३५ वर्षीय इमानसिंह थिङले आफ्नै बुबा ५९ वर्षीय कान्छाराम थिङमाथि गोली चलाएका हुन् । भरुवा बन्दुकबाट गोली प्रहारबाट कान्छाराम घाइते भएका छन् भने छोरा इमानसिंहलाई प्रहरीले नियन्त्रणमा लिएका जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी श्यामु अर्यालले जनाएका छन् । बुवा र छोरा अलग बस्दै आएपनि आँगन एउटै रहेको थियो । आफ्नो आँगनतर्फ बुवाले पालेको कुखुरा आएपछि विवाद भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

Read More

झापा, १८ बैशाख । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य घटेको को छ। यी सबै मुद्राको विनियमदर हिजो भने बढेको थियो। आज अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ८९ पैसा र बिक्रीदर १३५ रुपैयाँ ४९ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ १३ पैसा र बिक्रीदर १३६ रुपैयाँ ७३ पैसा थियो। गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो…

Read More

झापा, १८ बैशाख । नेपाल शिक्षक महासंघ र सरकारबीच ९ बुँदे सहमति भएको छ । शिक्षामन्त्री रघुजी पन्त र शिक्षक महासंघबीच ९ बुँदे सहमति भएको हो । सहमति भएका विषयहरू मन्त्रिपरिषदबाट पारित भएपछि कार्यान्वयनमा आएका हुन् । ७ बुँदाको जगमा टेकेर शिक्षा मन्त्रालयले सहमति गरेको हो । त्यसका लागि शिक्षामन्त्री पन्तले निर्तमान शिक्षामन्त्री विद्या भट्टराईलाई धन्यवाद दिए । यी हुन् ९ बुँदे सहमति१. शिक्षकहरूको स्वास्थ्य उपचारका सम्बन्धमा काठमाडौँमा अवस्थित निजामती अस्पतालमा सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारीलाई सहुलियत उपलब्ध गराउने व्यवस्था गर्ने ।२. अस्थायी प्रकृतिका शिक्षक – राहत,अस्थायी, साबिक उमावि, सिकाई अनुदान, प्राविधिक धार, विशेष शिक्षा र बाल विकास सहजकर्ताको बिरामी…

Read More

झापा, १८ बैशाख । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ। कोशी, बागमती, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउसो देशभर आंशिक देखि साधरणतया बदली रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका हिमाली भूभागका थोरै स्थानहरूमा हिमपातको पनि सम्भावना…

Read More