झापा, १८ बैशाख । मकवानपुरको भीमफेदी गाउँपालिका–९ अघोरमा छोराले बुवालाई गोली प्रहार गरेका छन् ।
आफ्नो घरको आँगनमा कुखुरा आएको निहुँमा बुधबार बिहान ३५ वर्षीय इमानसिंह थिङले आफ्नै बुबा ५९ वर्षीय कान्छाराम थिङमाथि गोली चलाएका हुन् ।
भरुवा बन्दुकबाट गोली प्रहारबाट कान्छाराम घाइते भएका छन् भने छोरा इमानसिंहलाई प्रहरीले नियन्त्रणमा लिएका जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी श्यामु अर्यालले जनाएका छन् । बुवा र छोरा अलग बस्दै आएपनि आँगन एउटै रहेको थियो । आफ्नो आँगनतर्फ बुवाले पालेको कुखुरा आएपछि विवाद भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
Facebook Comments Box


