
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
बिर्तामोड, ८ असार । बिर्तामोड नगरपालिकामा भोलि अत्यावश्यक बाहेक अन्य सेवा बन्द हुने भएको छ । नगरपालिकाको दोस्रो नगर सभाको सातौं अधिवेशन हुने भएकाले अत्यावश्यक बाहेक अन्य सेवा बन्द हुने भएको हो ।
बिर्तामोड, ८ असार । बिर्तामोड नगरपालिका वडा नम्बर ३ स्थित मदरसा तालिमुल कुरान आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक वितरण गरिएको छ। आज एक संक्षिप्त कार्यक्रमका बीच नगर प्रमुख पवित्रा महतारा प्रसाईले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अफरोज खान र प्रधानाध्यापक रेनुका थापा खातुनलाई १ सय ६३ जना विद्यार्थीका लागि तयारी गरिएको पोशाक हस्तान्तरण गर्नुभयो। कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले नगरपालिकाले प्रत्येक वर्ष ४० लाख रुपैयाँ बराबरको पोशाक वितरण गर्दै आएको जानकारी दिनुभयो। पोशाक वितरणले अभिभावकलाई राहत मिलेको उल्लेख गर्दै उहाँले बालबालिकाको सरसफाइमा विशेष ध्यान दिन अभिभावक र विद्यालयलाई आग्रह गर्नुभयो। त्यसैगरी, शिक्षा शाखाका प्रमुख उपसचिव तिलचन भण्डारीले सबै विद्यार्थी एउटै प्रकृतिको पोशाकमा…
झापा, ८ असार । झापाको शिवसताक्षी नगरपालिका–७ स्थित नहरमा एक जना मृत फेला परेका छन् । शिवसताक्षी–७ बैङ्डाँडाका ७९ वर्षीय राधाकृष्ण सोडारी मृत फेला परेका हुन् । उनी घरबाट चोकतर्फ घुम्न जान्छु भनि हिँडेकोमा घरबाट करिब एक किलोमिटर पश्चिमतर्फ शिवसताक्षी–७ र ११ को बीचमा रहेको कनकाई नहरमा मृत फेला परेको जनाइएको छ । के कुन कारण आफू खुसी नहरको पानीमा हाम्फाली बेपत्ता भएको भन्ने इलाका प्रहरी कार्यालय झिलझिलेमा आफन्तले जानकरी गराउन साथ इप्रका शिवगञ्जबाट प्रनानि खड्ग गिरीको कमाण्डमा प्रहरी टोलीले स्थानीयबासीको सहयोगमा खोज तलास गर्ने क्रममा आज बिहान घट्नास्थलबाट करिब ५०० मिटर दक्षिणमा मृत अवस्थामा फेला पारेको छ ।
झापा, ८ असार । चितवनको राप्ती नगरपालिका–३ स्थित पूर्वपश्चिम राजमार्गमा शनिबार भएको दुर्घटनामा सात जनाको मृत्यु भएको छ । हेटौंडाबाट नारायणगढका लागि छुटेको ०३–००१ ज २९९ नम्बरको इभी भ्यान र धनगढीबाट काँकरभिट्टा जाँदै गरेको प्रदेश १–०१–००१ ख ३५८३ नम्बरको यात्रुवाहक बस आपसमा ठक्कर खाँदा इभी भ्यानमा सवार ७ जनाको मृत्यु भयो । एक जनाको शनाखत भएको छैन । चितवन प्रहरीका अनुसार मकवानपुरको हेटौंडा उपमहानगरपालिका–५ कि ५३ वर्षीया मैयाकुमारी न्यौपाने पहाडी, उनका ३५ वर्षीय छोरा सरोज पहाडी र गर्भवती बुहारी २७ वर्षीया रेनुका कँडेल, हेटौंडा–४ का ५५ वर्षीय सोमप्रसाद रूपाखेती, रौतहटको चन्द्रनिगाहपुर–६ की ३१ वर्षीया सीता कुमारी, इभी भ्यान चालक हेटौंडा–१०…
बनियानी, ८ असार । कोशी प्रदेश सरकारबाट झापा क्षेत्र नम्बर–३ (क) मा करोडौंको योजना विनियोजन भएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रम मार्फत झापा संसदीय क्षेत्र न.–३ (क) मा करोडौंका योजना दिएको हो । नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने यस क्षेत्रबाट निर्वाचित प्रदेश सभासद एवम् भौतिक पूर्वाधार विकास राज्यमन्त्री भूमिप्रसाद राजवंशीको विशेष पहलमा कचनकवल गाउँपालिकाका ७ वटा वडा र भद्रपुर नगरपालिकाका १० वटा वडामध्ये (वडा ९ र १० बाहेक) मा अघिल्ला वर्षहरूको तुलनामा यस वर्ष धेरै योजनाहरू परेका हुन् । प्रदेशको सिलिङ बजेट अनुसार प्रत्यक्ष निर्वाचित सभासदले अढाई करोड र समानुपातिक सांसदले डेढ करोड रुपैयाँ…
झापा, ८ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानका तीन मुख्य आणविक साइटहरू फोर्डो, नातान्ज र इस्फहानमा हवाई आक्रमण गरेको बताउनुभएको छ। यस आक्रमणले क्षेत्रीय तनाव र युद्धको सम्भावना बढाएको छ। यस घटनाले विश्व अर्थतन्त्र र तेल कारोबारमा पनि प्रभाव पार्ने सम्भावना रहेको विश्लेषकहरूले बताएका छन् । राष्ट्रपतिले आफ्नो सामाजिक सञ्जाल मार्फत भन्नुभयो, “सबै विमानहरू अहिले इरानको आकाशबाट बाहिर छन् । फोर्डोमा मुख्य स्थलमा पूर्ण बमबारी गरियो ।” उहाँले थप्नुभयो, “सामान्य रुपमा बमबारी गरियो र मुख्य स्थल फोर्डोलाई लक्षित गरियो ।” यस घटनाले विश्वव्यापी रुपमा नयाँ तनाव सिर्जना भएको छ । अमेरिकी अधिकारीहरूका अनुसार, यसले इरानको आणविक कार्यक्रमलाई कडा…
इलाम, ८ असार । सूर्योदय नगरपालिका–१ स्थित धजे–मकरजुङ गाउँमा वर्षौँदेखि डोकामा पानी ओसारेर गुजारा गर्दै आएका बासिन्दाको घरआँगनमा अहिले स्वच्छ खानेपानीको धारो बगिरहेको छ । “डोकामा पानी ल्याउने तीतो दिन सम्झिँदा अचेल सपनाजस्तै लाग्छ”, ८० वर्षीय वीरबहादुर राईले भन्नुभयो । साठी वर्षीया तुलसा सापकोटा विगत सम्झिँदै भन्नुहुन्छ, “पहिला एक गाग्री पानीका लागि घण्टौँ हिँड्नुपथ्र्यो, आजकल घरमा धारा बग्दा जीवन नै फेरिएको महसुस हुन्छ ।” विसं २०७५ देखि सुरु गरिएको धजे–मकरजुङ खानेपानी आयोजना २०८१ साल चैत २ गते सम्पन्न भई हाल एक सय ६७ घरमा धारा जडान गरिएको छ । कोशी प्रदेश सरकारको रु ५८ लाख २० हजारमा आयोजना सम्पन्न भएको…
भद्रपुर, ८ असार । झापा जिल्लाको सदरमुकाम नगर– भद्रपुरको मेची रंगशालालाई आगामी आर्थिक वर्षको बजेटमा साढे ६ करोड रुपैयाँ विनियोजन गरिएको छ । जिल्लाकै सबैभन्दा पुरानो र एक मात्र मेची रंगशालामा अब फ्लड लाइट जडान र थप प्यारापिट निर्माण गर्न सो बजेट उपलब्ध गराइएको हो । संघीय सरकारको आर्थिक वर्ष २०८२–८३ को बजेट, नीति तथा कार्यक्रममा यस रंगशालाको प्यारापिट निर्माणका लागि ३ करोड रुपैयाँ विनियोजन भएको भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकालले बताएका हुन् । उनका अनुसार, सङ्घीय सरकारले ३ करोड रुपैयाँ विनियोजन गरेको छ भने कोशी प्रदेश सरकारले पनि आगामी आर्थिक वर्षको बजेटबाट ३ करोड ५० लाख रुपैयाँ विनियोजन…
झापा, ८ असार । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज देशभरका अधिकांश स्थानमा वर्षाको सम्भावना गरेको जनाएको छ । महाशाखाले बिहान ६ बजे जारी गरेको संक्षिप्त बुलेटिनअनुसार आज दिउँसो बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागका धेरै स्थान तथा बाँकी भूभागका केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेशका पहाडी भूभाग, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा–हिमपातको सम्भावना छ। आज राति कोसी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश प्रदेशका धेरै…
झापा, ७ असार । नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले ३५ जना नेपालीहरूको उद्धार गरेको छ । आकर्षक जागिरको प्रलोभनमा भारतको उत्तराखण्डको काशीपुर पुर्याई बन्धक बनाइएका ३५ नेपालीहरूको दूतावासले उद्धार गरेको हो । दूतावासले शनिबार एक विज्ञप्ति जारी गर्दै उत्तराखण्ड प्रहरी र केआइन इन्डियाको सहयोगमा उनीहरूको उद्धार गरिएको जनाएको छ । उत्तराखण्ड पुर्याइएका युवाहरूलाई कुटपिट र यातना दिँदै विभिन्न शीर्षकमा रकम समेत असुल गरेको आरोपमा केही व्यक्तिहरूलाई उत्तराखण्ड प्रहरीले पक्राउ गरेको समेत दूतावासले जनाएको छ ।