jhapaonline add

झापा, २३ बैशाख । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, युरो, पाउन्ड दिनारसहितका विदेशी मुद्राको विनियमदर घटेको छ। युरो र पाउन्डको विनियमदर हिजो पनि घटेको थियो। अस्ट्रेलियन डलरको मूल्य भने आज पनि बढेको छ। अस्ट्रेलियन डलरको मूल्य हिजो पनि बढेको थियो। आज अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ५१ पैसा र बिक्रीदर १३५ रुपैयाँ ११ पैसा छ। विगत तीन दिनसम्म स्थिर रहेको अमेरिकी डलरको विनियमदर आज बढेको हो। हिजो अमेरिकी डलर १ को खरिददर १३५ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३५ रुपैयाँ ६४ पैसा थियो। गएको माघ २५ गते अमेरिकी डलर…

Read More

झापा, २३ बैशाख । सरकारले २५ वर्षमा बाल मृत्युदरमा ७८ प्रतिशतले कमी आएको जनाएको छ । सरकारले सञ्चालन गरेका खोप, पोषण र बाल स्वास्थ्यजस्ता कार्यक्रमले बाल मृत्युदर ७८ प्रतिशतले घटेको स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार बाल स्वास्थ्यसम्बन्धी कार्यक्रमले नै पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर सन् १९९६ देखि सन् २०२३ सम्म ७८ प्रतिशतले घटेको पाइएको हो । “बाल स्वास्थ्य कार्यक्रमले नै सन् १९९६ देखि सन् २०२३ सम्ममा पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर ११८ जना प्रतिहजार जीवित जन्मबाट २६ जनाभन्दा बढीमा घटाउन सफल भयो”, गौतमले भन्नुभयो, “यो सरकारको ठूलो सफलता हो ।…

Read More

दार्चुला, २३ बैशाख । माथिबाट खसेको ढुंगाले लागेर दार्चुलाको लेकम गाउँपालिकाका एक जनाको मृत्यु भएको छ । सोमबार लेकम गाउँपालिका–४ ओदालीमा भिरबाट खसेको ढुंगाले लागेर गाउँपालिकाका शिक्षा अधिकृत ३८ वर्षीय केशवराज ओझाको मृत्यु भएको हो । लेकम–५ स्थित चौपातामा सोमबार सामाजिक विकास कार्यालयले आयोजनाको गरेको शैक्षिक कार्यक्रममा सहभागी भएर फर्किने क्रममा ओझा सवार मोटरसाइकलमाथि ढुंगा बज्रिएको लेकम गाउँपालिकाका प्रवक्ता सुरेशसिंह थापा बताउनुभयो । ओदालीमा जेसिबीको प्रयोग गरेर सडक कटिङ्गको काम भइरहेको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि चौपाता हुँदै गोकुलेश्वर अस्पतालमा पु¥याइएको थियो। उपचारका क्रममा उनलाई चिकित्सकले मृत घोषणा गरेका हुन ।

Read More

झापा, २३ बैशाख । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडी र अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ। कोशी प्रदेश लगायत बाँकी पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ। आज राति कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेश…

Read More

चन्द्र बस्नेतकनकाई, २३ बैशाख । झापाको कनकाई नगरपालिकाले महिलाहरूलाई स्वरोजगार सहित आत्मनिर्भर हुने तालीमलाई तिव्रता दिएको छ । महिलाहरूले आत्मनिर्भरसहित स्वरोजगारको बाटो अपनाई सहज तवरबाट जीवन सञ्चालन होस भन्ने उद्देश्यले तालीम दिन दिन थालिएको हो । नगरपालिका विभिन्न वडा तथा नगरबाट नै महिला लक्षित कार्यक्रम अन्तर्गत छुट्टाछुट्टै बजेटको व्यवस्थापन गर्दै सबै जस्तो वडा कार्यालयले यस्तो तालीमलाई प्राथमिकता दिएको नगर उपप्रमुख आशा शर्मा शिवाकोटीले बताउनुभयो । कनकाई वडा नं. ७ मा उद्घोषण तथा माइन्युट लेखन, वडा नं. ४ मा ४५ दिने सिलाई कटाइ तालीम, कनकाई वडा नं. ३ मा नगरपालिकाको सम्वन्यनमा र घरेलु तथा साना उद्योगको आर्थिक सहयोगमा ४५ दिने ढाका…

Read More

झापा, २२ बैशाख । झापाको शिवसताक्षीमा अलकत्रा बोकेको ट्रकमा आगलागी हुँदा जलेर एकजना घाइते भएका छन् । हिजो दिउँसो शिवसताक्षी नगरपालिका वडा नं– ९ चिल्लागढस्थित चिल्लागढ–बैंकडाँडा सडकखण्डमा कालोपत्रे गर्ने क्रममा पार्वती अम्बिका कन्स्ट्रक्सन प्रा।लि। को ना ८ ख १३६४ नम्बरको अलकत्रा बोक्ने ट्रकमा अचानक आगलागी भएको हो । आगलागीबाट ट्रकको पछाडिको भाग जलेको छ । आगो निभाउने क्रममा सोही सडकमा काम गर्ने गौरीगञ्ज गाउँपालिका वडा नं। ४ बस्ने २५ वर्षीय ओम ताजपुरिया घाइते भएका छन् । कम्मरमुनि अगाडिको भाग जलेर घाइते भएका ताजपुरियालाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोडमा भर्ना गरिएकोमा थप उपचारका लागि पारस अस्पताल विराटनगर लगिएको प्रहरीले जनाएको छ…

Read More

झापा, २२ बैशाख । झापाको कमल गाउँपालिका–५ पाडाजुँगीस्थित पूर्वपश्चिम लोकमार्गमा टिपर, कार र मोटरसाइकल ठोक्किँदा चार जना घाइते भएका छन् । आज दिउँसो ५ बजे कमल–५ स्थित लोकमार्गमा दमकबाट पाडाजुँगीतर्फ जाँदै गरेको ना १ क ७६७६ नम्बरको टिपर र विपरित दिशाबाट आउँदै गरेको को १ च ७९६९ नम्बरको कार र सोही कार पछाडी आउँदै गरेको प्रदेश १–०१–०१६ प ४३९२ नम्बरको मोटरसाइकल समेत ठक्कर खाई दुर्घटना हुँदा उनीहरु घाइते भएका हुन् । दुर्घटनामा कार चालक जिल्ला सुनसरी धरान उपमहानगरपालिका–११ का ६८ को जीवन कुमार विश्वकर्माको छातीमा चोट लागेको छ भने उनको अवस्था बोल्न सक्ने मध्यम रहेको छ । कारमा सवार इटहरी…

Read More

शिवसताक्षी, २२ बैशाख । झापाको शिवसताक्षीमा लोकसेवा आधारभूत निशुल्क कक्षा सञ्चालनमा आएको छ । शिवसताक्षी नगरपालिका शिक्षा शाखाको आयोजनामा शिवसताक्षीको श्री राष्ट्रिय रमणीय आदर्श माविमा कक्षा सञ्चालन गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । नगर भरिबाट लोक सेवा दिन चाहने विद्यार्थीहरुलाई लक्षित गरि कक्षा सञ्चालन गरिएको शिवसताक्षी नगरपालिका शिक्षा शाखा प्रमुख छवि ढकालले जानकारी दिनु भयो । कक्षा सञ्चालनको उद्घाटन गर्दै नगर प्रमुख मेगाहाङ्ग थोप्राले विद्यार्थीहरुमा विदेश पढ्न जाने क्रमम चलिरहेका बेला नेपाल मै केही गर्छु भन्ने उद्दे्रश्य राखेर लोकसेवा परीक्षा तयारीका लागि पढ्न आउने विद्यार्थीहरुलाई धन्यवाद दिनु भयो । उहाँले विद्यार्थीहरुलाई हौसला दिदै तपाईँहरुले देशको सेवा गर्ने हिम्मत गर्नु भएको…

Read More

१– पानी गर्मी मौसममा शरीरलाई पानीको बढी आवश्यकता पर्दछ त्यसैले बिहान उठ्नासाथ प्रशस्त मात्रामा पानी पिउनु फाइदाजनक हुन्छ । जसले शरीरमा रहेको बिकार पदार्थहरु बाहिर निकाल्न मद्दत गर्छ र शरीरमा रोग लाग्नबाट बचाउँछ । यो समयमा चिया तथा कफिको सेवन कम गर्नु राम्रो हुन्छ । २. नरिवल पानी गर्मी मौसममा नरिवलको पानी पिउने गर्नाले शरीर।लाई शीतलता प्रदान गर्छ । यसले शरीरलाई निकै फाइदा गर्छ । यसका साथै दहीको सेवन गर्नु पनि उत्तम हुन्छ । दहीमा एन्टीबायोटिक हुन्छ जसले शरीरमा पाचन प्रक्रियालाई मजबुत बनाउन मद्दत गर्छ । ३. फलफूल गर्मी मौसममा मौसम अनुसारका फलफूल प्रशस्त मात्रामा खानाले शरीरलाई निकै फाइदा गर्छ…

Read More

झापा, २२ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज सनराजर्स हैदराबाद र दिल्ली क्यापिटल्स खेल्दैछन् । हैदराबादमा हुने खेल नेपाली समयानुसार बेलुकी पौने ८ बजे शुरू हुनेछ । अहिलेसम्म १० खेल खेलेको दिल्ली ६ मा जीत र ४ मा हार बेहोरेर १२ अङ्कसहित अङ्क तालिकामा पाँचौं स्थानमा रहेको छ । समान खेलमा ३ मा जीत र ७ मा हार बेहोरेको हैदराबाद ६ अङ्कका साथ नवौं स्थानमा छ ।

Read More