झापा, २२ बैशाख । झापाको कमल गाउँपालिका–५ पाडाजुँगीस्थित पूर्वपश्चिम लोकमार्गमा टिपर, कार र मोटरसाइकल ठोक्किँदा चार जना घाइते भएका छन् ।
आज दिउँसो ५ बजे कमल–५ स्थित लोकमार्गमा दमकबाट पाडाजुँगीतर्फ जाँदै गरेको ना १ क ७६७६ नम्बरको टिपर र विपरित दिशाबाट आउँदै गरेको को १ च ७९६९ नम्बरको कार र सोही कार पछाडी आउँदै गरेको प्रदेश १–०१–०१६ प ४३९२ नम्बरको मोटरसाइकल समेत ठक्कर खाई दुर्घटना हुँदा उनीहरु घाइते भएका हुन् ।
दुर्घटनामा कार चालक जिल्ला सुनसरी धरान उपमहानगरपालिका–११ का ६८ को जीवन कुमार विश्वकर्माको छातीमा चोट लागेको छ भने उनको अवस्था बोल्न सक्ने मध्यम रहेको छ । कारमा सवार इटहरी उपमहानगरपालिका–८ का ५३ को राजु गहतराज, कारमा पछाडी सोही स्थानका ३१ वर्षीय भीम गहतराज, मोटरसाइकल चालक जिल्ला झापा कमल गाउँपालिका–६ का १८ वर्षीय सोहत भुजेल घाइते भएका छन् ।
घाइतेहरुलाई उपचारका लागि निम्स अस्पताल दमक पठाएको छ । उनीहरुको मध्यम रहेको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले तीन वटै सवारी साधन र टिपर चालक जिल्ला मोरङ बेलबारी नगरपालिका–११ का ३२ वर्षीय अरुण कटुवाल नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दमकमा राखेको छ ।


