झापा, २२ बैशाख । झापाको शिवसताक्षीमा अलकत्रा बोकेको ट्रकमा आगलागी हुँदा जलेर एकजना घाइते भएका छन् ।
हिजो दिउँसो शिवसताक्षी नगरपालिका वडा नं– ९ चिल्लागढस्थित चिल्लागढ–बैंकडाँडा सडकखण्डमा कालोपत्रे गर्ने क्रममा पार्वती अम्बिका कन्स्ट्रक्सन प्रा।लि। को ना ८ ख १३६४ नम्बरको अलकत्रा बोक्ने ट्रकमा अचानक आगलागी भएको हो । आगलागीबाट ट्रकको पछाडिको भाग जलेको छ ।
आगो निभाउने क्रममा सोही सडकमा काम गर्ने गौरीगञ्ज गाउँपालिका वडा नं। ४ बस्ने २५ वर्षीय ओम ताजपुरिया घाइते भएका छन् । कम्मरमुनि अगाडिको भाग जलेर घाइते भएका ताजपुरियालाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोडमा भर्ना गरिएकोमा थप उपचारका लागि पारस अस्पताल विराटनगर लगिएको प्रहरीले जनाएको छ । आगलागीबाट अन्दाजी १८ लाख बराबरको क्षति भएको जनाइएको छ ।


