jhapaonline add

ओखलढुंगा, ३० साउन । ओखलढुंगाको मोलुङ गाउँपालिका–५ गोगुनडाँडाबाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोलुङ गाउँपालिका–५ गोगुनडाँडा बस्ने ३३ वर्षीय मोहन तामाङ रहेका छन्। प्रहरीका अनुसार साउन ३० गते बिहान करिब ११ः३० बजे तामाङको घरमा भरुवा बन्दुक रहेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय बरुणेश्वरबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिएको थियो। प्रहरी टोलीले तामाङलाई भरुवा बन्दुक, उक्त बन्दुकमा प्रयोग हुने बारुद र छर्रासहित नियन्त्रणमा लिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

झापा, ३० साउन । नेपाल भलिबल लिग (एनभीएल) आउँदो भदौ १९ देखि २७ गतेसम्म हुने भएको छ । आयोजक केडिया ग्रुपले प्रतियोगिताको आधिकारिक मिति घोषणा गर्दै पुरुष फ्रेन्चाइज भलिबल लिग भदौ १९ गतेदेखि राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बहुउदेश्यीय कभर्डहलमा सञ्चालन हुने जनाएको हो । लिगमा ६ वटा फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ । प्रतियोगिताका लागि खेलाडी अक्सनसमेत भइसकेको छ । अक्सनमार्फत खप्तड फाल्कोन्स, कर्णाली शिवराज, काठमाण्डौ रेड्स, अन्नपूर्ण स्पाइकर किंग्स, सगरमाथा स्माशर्स र मधेश वारियर्सले आ–आफ्नो टोली निर्माण गरेका छन् । सहभागी टोलीको खेलतालिका सार्वजनिक हुन बाँकी छ ।

Read More

एजेन्सी, ३० साउन । इन्डोनेसियामा ७ दशमलव ७ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार स्थानीय समयअनुसार आज बिहान ५ बजेभन्दा केही अघि नुसा तेन्गाराको फ्लोरेस क्षेत्रमा ७ दशमलव ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो । पूर्वी समुद्री क्षेत्रमा भूकम्पपछि इन्डोनेसिया सरकारले सुनामीको चेतावनीसहित नागरिकलाई सुरक्षित ठाउँमा सर्न निर्देशन दिएको बीबीसीले जनाएको छ । भूकम्पका कारण पूर्वी नुसा तेन्गारा, दक्षिण सुलावेसी र पश्चिम नुसा तेन्गारा प्रान्तमा सुनामीको जोखिम रहेको जनाएको छ । राष्ट्रिय विपद् न्यूनीकरण निकायका प्रवक्ता डोदी युलेओभाका अनुसार नगेकेओ र बिमालगायतका क्षेत्रमा झण्डै एक मिनेटसम्म भूकम्पको शक्तिशाली धक्का महसुस गरिएको छ । कम्पनलगत्तै नागरिक घरबाहिर निस्किएर…

Read More

झापा, ३० साउन । कारागारहरुभित्र कैदी–बन्दीको व्यवस्थापनमा सहयोग गर्ने भन्दै राखिने गरेका चौकिदार, नाइके र भाइनाइकेको नियुक्ति गृह मन्त्रालयले रोकेको छ । अब ती पदमा हुने नियुक्ति प्रक्रिया पारदर्शी बनाउने तयारी थालिएको हो । गृहमन्त्री सुधन गुरुङले नै संसद्को कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै कारागारभित्र ती पदलाई लिएर आर्थिक लेनदेन, पहुँच र अपारदर्शिताका गुनासा बढेपछि नियुक्ति प्रक्रिया रोकिएको जनाएका हुन् । ‘नाइके, भाइनाइके, चौकिदार नियुक्ति प्रक्रिया हामीले रोकिदिएका छौं । चौकिदार नियुक्ति अलिकति ट्रान्सपरेन्ट हिसाबले गर्नु पर्ने छ । किनभने कारागार जाँदा मान्छेले कमाएर फर्किने भयो । यो समस्या भयो’– गृहमन्त्री गुरुङको कथन छ । त्यसो त…

Read More

झापा, ३० साउन । कैयौंको सपनाको शहर देशको राजधानी काठमाडौंमा धेरैले सफलताको कथा रचेका छन् । कठोर संघर्षका बीच त्यस्तै कथाका पात्र बनेका छन्— बाजुराका राजेश रेग्मी, जो आज ‘दारी भाइ’ को नामले चिएका छन् । सानै उमेरमा पिताको निधन भएपछि विपन्न परिवारका राजेशको परिवारमाथि बज्रपात प¥यो । तर, उनकी साहसी आमाले एउटा सानो चिया पसल चलाएरै ती ५ जना छोरा–छोरीलाई हुर्काइन् । आमाले राजेशलाई इन्जिनीयरिङसम्मको उच्च शिक्षा दिलाइन् । तर, आमाले चिया बेचेरै परिवारको भोक मेटेको र शिक्षादीक्षा दिएको दृश्य मानसपटलमा गहिरोसँग गढेको राजेशमा पनि त्यस्तै व्यवसाय गर्ने हुट्हुटी थियो । मुश्किलले ५ हजार रुपैयाँ जुटाएर उनले २०७६ सालदेखि…

Read More

बिर्तामोड, ३० साउन । नेपाल हृदयरोग निवारण प्रतिष्ठान–झापाले जिल्लाका विभिन्न पालिका क्षेत्रमा सीपीआर सम्बन्धी तालिम सञ्चालन गर्ने क्रमको शुरुवात बिर्तामोडबाट गरेको छ । यहाँस्थित बीएण्डसी मेडिकल कलेज तथा टिचिङ हस्पिटलको कार्डियो विभागको प्राविधिक सहयोगमा पूर्वाञ्चल क्यान्सर अस्पतालको अडिटोरियममा साउन २९ गते ५० जना प्रशिक्षार्थीलाई तालिम दिइएको प्रतिष्ठानका झापा जिल्ला अध्यक्ष सन्तोष अग्रवालले बताएका हुन् । कार्यक्रमलाई रोटरी क्लब अफ् बिर्तामोड मिडटाउन, रोटर्याक्ट क्लब अफ् बिर्तामोड मिडटाउन, रोटर्याक्ट क्लब अफ् बिर्तामोड, रोटरी क्लब अफ् सुरुङ्गा र बिर्तामोड रन क्लबले सहयोग गरेका थिए । के हो– सीपीआर ?सीपीआर भनेको ‘कार्डियोपल्मोनरी रिसस्सिटेशन’ हो । यो मुटुको धड्कन वा श्वास–प्रश्वास अचानक बन्द भएको व्यक्तिको…

Read More

भद्रपुर, ३० साउन । कोशी प्रदेशमा ४५० वटा सहकारी संघ–संस्था निष्क्रिय रहेको पाइएको छ । प्रदेशका १४ जिल्लामध्ये सबैभन्दा बढी अर्थात् १२० वटा निष्क्रिय संस्था झापा जिल्लामा छन् । प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालय मातहत प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले सार्वजनिक गरेको निष्क्रिय संघ–संस्थाको विवरण अनुसार, मोरङका ७३ वटा, सुनसरीका ४९, इलामका ३९, पाँचथरका २०, ताप्लेजुङका ९, धनकुटा १८, तेह्रथुम २२, भोजपुरका १७, संखुवासभाका १२, सोलुखुम्बुका ११, ओखलढुङ्गाका २३, खोटाङका १२ र उदयपुरका २५ वटा संस्थाको नाम सार्वजनिक गरेको हो । त्यसमध्ये झापा जिल्लाको सदरमुकाम नगर भद्रपुर क्षेत्रका १२ वटा सहकारी संस्था– नवप्रभात, पहिलो पाइला बहुउद्देश्यीय, शुभ साइत,…

Read More

झापा, ३० साउन । झापाको गौरादहलाई कार्यक्षेत्र बनाएर कला तथा संस्कृतिको संरक्षणसँगै जनचेतनामूलक सन्देश प्रवाह गर्दै आएको दर्पण कला संसारले २०८३ सालको तीजलाई लक्षित गरी निर्माण गरेको तीज गीतको छायाङ्कन सम्पन्न गरेको छ। स्थानीय सांस्कृतिक तथा पौराणिक महत्व बोकेका विषयवस्तुका साथै लागूऔषधविरुद्धको जनचेतनामूलक सन्देश कलामार्फत प्रस्तुत गर्दै आएको संस्थाले यसपटक स्थानीय महिला कलाकारलाई प्राथमिकता दिएर तीज गीत निर्माण गरेको हो। गौरादह नगरपालिका–१ स्थित मोक्षेश्वर शिवालय मन्दिरको प्राङ्गणमा विशेष कार्यक्रम आयोजना गरी गीतको शुभमुहूर्त गरिएको थियो। कार्यक्रममा गौरादह नगरपालिकाका नगर प्रवक्ता तथा वडा नं। १ का वडाध्यक्ष नगेन्द्र भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो भने गौरादह उद्योग वाणिज्य सङ्घका अध्यक्ष ईश्वर खत्री…

Read More

झापा, ३० साउन । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी मौरिसस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । काठमाडौँ महानगरपालिका–३ बस्ने ताप्लेजुङ सिरीजङ्घा गाउँपालिका–७ घर भएका ३० वर्षीय सुमन भट्टराईलाई प्रहरीले बुधबार पक्राउ गरी आज सार्वजनिक गरेको छ । सुमनले मौरिसस पठाइदिन्छु भन्दै दुई जना पीडितबाट एक लाख ९० हजार लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले निजलाई काठमाडौँ महानगरपालिका–२६ बाट पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । निजलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले…

Read More

झापा, ३० साउन । मिथिलाञ्चलका नवविवाहिता मिथिलानीले दाम्पत्य जीवनमा प्रेम, सुख र सौभाग्यको कामना गर्दै मनाउँदै आएको मधुश्रावणी पर्व आज समापन गर्दैछन्। साउन कृष्ण पञ्चमीका दिन सुरु भएको पर्व साउन शुक्ल तृतीयाका दिन समापन गर्ने मैथिल परम्परा छ। पर्वमा भगवान् शिव, देवी गौरी ९पार्वती० र विषहराको पूजा आराधना गरिन्छ। पर्व अवधिमा नवविवाहिताहरू सामूहिक रूपमा भेला भई गीत गाउने, हासपरिहास गर्ने तथा ‘फूललोढी’ विधिबाट फूल तथा बेलपत्र संकलन गरी पूजाआजा गर्ने गर्छन्। पर्वको १२औँ दिन राति ‘टेमी’ विधिअन्तर्गत घुँडामा बत्तीको लप्काले डाम्ने परम्परा रहे पनि पछिल्ला वर्षमा नयाँ पुस्ताले यसको सट्टा चन्दनको लेप लगाउने चलन बढेको छ। मधुश्रावणी पर्वले नवविवाहिताको दाम्पत्य…

Read More