
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
What's Hot
jhapaonline add
झापा, ९ असार । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधरणतया बादल लागेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लागेको छ । सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशका हिमाली र पहाडी भूभाग साथै कोशी प्रदेशका तराई भूभागमा साधरणतया बादल लाग्नेछ । मधेस प्रदेश तथा बागमती र गण्डकी…
झापा, ८ असार । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ पर्नुभएको छ । पूर्व अर्थमन्त्री समेत रहनुभएका पौडेललाई सम्पत्ति शुद्धीकरण विभागले आज दिउँसो सुर्खेतको वीरेन्द्रनगरबाट पक्राउ गरेको हो । एमाले पुनर्गठन सम्बन्धी सुझाव सङ्कलन कार्यक्रमका लागि सुर्खेत आइपुग्नुभएका पौडेललाई पक्राउ गरेर काठमाडौँ लैजाने तयारी भइरहेको सुरक्षा स्रोतले जनाएको छ । उहाँलाई वीरेन्द्रनगरस्थित होटलमा भइरहेको कार्यक्रम स्थलबाटै पक्राउ गरेर अहिले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको छ । सुरक्षा स्रोतका अनुसार पौडेलले गरेको सेयर कारोबार र सम्पत्तिको शङ्कास्पद स्रोतको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको हो । यसअघि पौडेल ललिता निवास जग्गा प्रकरणमा समेत मुछिनुभएको थियो ।
झापा, ८ असार । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुलाई अनावश्यक दुःख तथा हैरानी दिएको आरोपमा १० जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको टोलीले कोटेश्वर र जडीबुटी क्षेत्रमा सञ्चालित बस काउन्टरका कर्मचारी, चालक तथा सहचालकले यात्रुलाई अनावश्यक दुःख हैरानी दिएको आरोपमा आज १० जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनुषाका ४० वर्षीय सूर्यबहादुर देवकोटा, दोलखाका ३२ वर्षीय प्रकाश शिवाकोटी, भक्तपुरका ५५ वर्षीय हरिभजन थापा, दोलखाका ३८ वर्षीय डिल्लीप्रसाद लामिछाने, सिन्धुपाल्चोकका २८ वर्षीय सुरेश तामाङ रहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिनुभयो । त्यस्तै सिन्धुलीका २७ वर्षीय तिलककुमार थापा, दोलखाका २६…
चितवन, ८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत बन्दसत्रका लागि प्रतिनिधिहरू हलभित्र प्रवेश गर्न थालेका छन्। चितवनस्थित उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा बन्दसत्रको आयोजना गरिएको हो। बिहानैदेखि बन्दसत्र सुरु हुने कार्यतालिका रहे पनि तयारी कार्य बाँकी रहेकाले कार्यक्रम केही ढिलो हुने नेताहरूले बताएका छन्। प्रदर्शनी केन्द्रका तीनवटा ठूला हलमध्ये दुईवटामा बन्दसत्रको व्यवस्था गरिएको छ भने अर्को हलमा प्रतिनिधिहरूका लागि खाजा तथा भोजनको व्यवस्था मिलाइएको छ। रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बन्दसत्रको प्रारम्भमा अनुशासन आयोगका संयोजक रमाकान्त रिमालले आयोगको प्रतिवेदन प्रस्तुत गर्नेछन्। प्रतिवेदनमाथि छलफलपछि कोषाध्यक्ष लिमा अधिकारीले आर्थिक प्रतिवेदन पेश गर्ने र त्यसमाथि पनि छलफल हुने कार्यसूची रहेको छ।…
झापा, ८ असार । कोशी प्रदेश प्रहरीले सञ्चालन गरिरहेको लागूऔषधविरुद्धको महाअभियानअन्तर्गत विभिन्न जिल्लाबाट १० जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूको साथबाट ब्राउनसुगर, प्रतिबन्धित औषधि, गाँजा तथा नगद बरामद गरिएको प्रहरीले जनाएको छ। कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार लागूऔषध कारोबार तथा सेवनमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउने, मनोसामाजिक परामर्श प्रदान गर्ने तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले परिचालित संयुक्त प्रहरी टोलीले उक्त कारबाही गरेको हो। पक्राउ परेकाहरूबाट कुल ७ ग्राम १०० मिलिग्राम ब्राउनसुगर, ठूलो परिमाणमा गाँजा, ५९ क्याप्सुल, २९९ ट्याब्लेट प्रतिबन्धित औषधि तथा ६९ हजार ७२० रुपैयाँ नगद बरामद गरिएको छ। झापाको कन्काई नगरपालिका–४ का २१ वर्षीय हेमबहादुर लिम्बुलाई इलाका प्रहरी कार्यालय…
सङ्खुवासभा, ८ असार । अविरल वर्षासँगै आएको पहिरोका कारण सङ्खुवासभाको खाँदबारी नगरपालिका र सभापोखरी गाउँपालिकाका तीन परिवार विस्थापित भएका छन् । पहिरोले सभापोखरी–१ धुपुमा धनबहादुर विश्वकर्माका चार जनाको परिवार र शान्तिराम पोख्रलका चार जनाको परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी धनबहादुर राजवंशीले बताउनुभयो । पहिरो जोखिमकै कारण खाँदबारी नगरपालिका–६ खानीडाडाँमा यारबहादुर तामाङका ६ जनाको परिवार पनि विस्थापित भएको प्रहरी निरीक्षक राजवंशीले बताउनुभयो । उहाँका अनुसार पहिराले विश्वकर्माको दुईतले घर पछाडितिरको भाग भत्काएको छ । पहिरोकै कारण सोही ठाउँका शान्तिरामको घरसमेत जोखिममा परेको छ । फेरि पहिरो जानसक्ने र दुवै घरमा क्षति पुग्ने सम्भावना देखिएपछि स्थानीय निकायसँग समन्वय गरी…
झापा, ८ असार । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका वरिष्ठ नेता राजेन्द्र खरेलको ८० वर्षको उमेरमा निधन भएको छ । पारिवारिक स्रोतका अनुसार गएराति बानेश्वरस्थित अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । दमसहितका स्वास्थ्य समस्याका कारण केही दिनअघि उनी अस्पताल भर्ना भएका थिए । काभ्रेको खरेलथोकमा २००३ सालमा जन्मिएका खरेल विद्यार्थी जीवनदेखि नै प्रजातान्त्रिक आन्दोलनमा सक्रिय थिए। उनले २०२५र०२६ सालतिर तत्कालीन नेशनल कलेज ९हाल शंकरदेव क्याम्पस० मा नेपाल विद्यार्थी संघको इकाइ समिति सचिवको जिम्मेवारी सम्हाल्दै राजनीतिक यात्रा सुरु गरेका थिए। खरेलले २०३६ सालको जनमत संग्रह, २०४२ सालको सत्याग्रह, २०४६ सालको जनआन्दोलन तथा जनआन्दोलन २०६२–६३मा सक्रिय भूमिका निर्वाह गरेका थिए। लोकतन्त्रका…
झापा, ८ असार । विषालु सर्पले डस्दा झापाको गौरीगञ्जमा एक जनाको मृत्यु भएको छ । आइतबार साँझ झापाको गौरीगञ्ज गाउँपालिका–४ बाइसेटोलकी ८८ वर्षीया पञ्चमाया शेर्माको सर्पले डस्दा मृत्यु भएको हो । सर्पदंशबाट गम्भीर घाइते भएकी शेर्मालाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बी एन्ड सी अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको सोही दिन राति मृत्यु भएको हो ।
झापा, ८ असार । नेपालमा पछिल्ला तीन महिनादेखि फैलिएको बर्ड फ्लु नियन्त्रणबाहिर जाँदै गर्दा ललितपुरस्थित जावलाखेल सदर चिडियाखानामा संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख सत्यनारायण साहमाथि छानबिन सुरु गरिएको छ। चिडियाखानामा रहेका जीवजन्तुमा बर्ड फ्लुसँग मिल्दोजुल्दो लक्षण देखिएपछि असार २ गते नमुना परीक्षणका लागि पशु सेवा विभाग पठाइएको थियो। परीक्षणपछि असार ३ गते बर्ड फ्लु पुष्टि भएको विभागले जनाएको छ। विभागले तत्काल समन्वय र नियन्त्रणका लागि टोली खटाए पनि चिडियाखाना भने तीन दिनसम्म खुला नै राखिएको थियो। असार ५ गते मात्रै चिडियाखाना प्रशासनले बर्ड फ्लु देखिएको भन्दै अनिश्चितकालका लागि चिडियाखाना बन्द गर्ने सूचना जारी गरेको थियो। संक्रमण पुष्टि भएको विषय समयमै…
झापा, ८ असार । मेचीनगर नगरपालिका–९ स्थित मागुरमाडी जङ्गल आसपासका किसानहरू वर्षौंदेखि जङ्गली हात्ती र बाँदरको आतंकबाट पीडित छन्। बाली पाक्ने समय नपुग्दै वन्यजन्तुले क्षति पुर्याउने समस्या यहाँका किसानका लागि सामान्य बनेको छ। तर स्थानीय भूपेन्द्र तामाङका लागि यो समस्या अहिले विगतको कुरा बनेको छ। पेसाले इन्जिनियर रहेका तामाङले छ वर्षअघि ‘टुकु कृषि फार्म’ दर्ता गरेर दुई बिघा निजी जग्गामा ३०० वटा ‘मेकाडामिया नट्स’का बिरुवा रोपे। पोखरास्थित कृषि अनुसन्धान केन्द्रबाट प्रतिगोटा २०० रुपैयाँका दरले बिरुवा खरिद गरी ल्याएका उनले नेपालमै पहिलोपटक यति ठूलो क्षेत्रफलमा यसको व्यावसायिक खेती सुरु गरेको दाबी गर्छन्। ओमेगा–१, ओमेगा–२ र ओमेगा–३ जस्ता पोषक तत्व प्रशस्त मात्रामा…