
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, १८ बैशाख । झापाको बिर्तामोड नगरपालिका–५ स्थित कृषिथोक बजार व्यवस्थापन समितिले ‘हिनामिना’ गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । कृषिथोक बजार व्यवस्थापन समितिका अध्यक्ष समेतको मिलेमतोमा हिनामिना भएको भन्दै उजुरी परेपछि यथार्थ छानबिनसँगै आवश्यक कारबाही गर्न कृषि विभाग हरिहरभवन ललितपुरलाई अख्तियारले पत्र काटेको हो । गत चैत ३१ गते अख्तियारले विभागलाई काटेको पत्रमा भनिएको छ– “जिल्ला झापा बिर्तामोड नगरपालिका वडा नं. ५ स्थित कृषिथोक बजार व्यवस्थापन समितिका अध्यक्ष समेतको मिलेमतोमा बजार समितिको कार्यालय सञ्चालन गर्ने कोठा निर्माण गर्दा सामग्री आफू खुसी खरिद गरेको साथै बजारको आर्थिक आम्दानी समेत हिनामिना गरेको भन्ने समेत व्यहोराको यस कार्यालयमा दर्ता…
भद्रपुर, १८ बैशाख । झापाको भद्रपुरमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मंगलबार साँझ ७ः३० बजेको भद्रपुर नगरपालिका–२ स्थित बनियानी–भद्रपुर सडकखण्डमा हिमाली टोलबाट भद्रपुरतर्फ आउँदै गरेको बीआर ३७ भी २१२७ नं. को मोटरसाइकललाई सोही दिशातर्फ आई पश्चिमतर्फ मोड्दै गरेको मे १ च ५४४७ नं को पिकअपले ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक भद्रपुर–१ का ३५ वर्षीय दिलिप राजवंशी गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागि ओमसाई पाथीभरा अस्पताल भद्रपुर पठाइएकोमा राति ८ः५ बजे चिकित्सकले मृत घोषणा गरेको थियो । दुबै सवारी साधन र पिकअप चालक भद्रपुर–३ का ४४ वर्षीय पंकज सुवेदीलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा…
झापा, १८ बैशाख । आफू बसोबास गरेको स्थानमाबाट नै सेवाग्राहीले स्वास्थ्य बिमा सेवा पाउने व्यवस्था भएको छ । बुधबारको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य बिमा नियमावली संशोधन गर्ने निर्णय गरेसँगै अब स्वास्थ्य बिमा गरेकाले आफ्नै थातथलोमा लिन सक्ने छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको निजी सचिवालयका अनुसार अब सेवाग्राहीले एक महिनाभित्रमा नै सुविधा उपभोग गर्न पाउने छन् । यसअघि बिमासेवा लिन तीन महिना प्रतीक्षा गर्नुपथ्र्यो ।
झापा, १८ बैशाख । मकवानपुरको भीमफेदी गाउँपालिका–९ अघोरमा छोराले बुवालाई गोली प्रहार गरेका छन् । आफ्नो घरको आँगनमा कुखुरा आएको निहुँमा बुधबार बिहान ३५ वर्षीय इमानसिंह थिङले आफ्नै बुबा ५९ वर्षीय कान्छाराम थिङमाथि गोली चलाएका हुन् । भरुवा बन्दुकबाट गोली प्रहारबाट कान्छाराम घाइते भएका छन् भने छोरा इमानसिंहलाई प्रहरीले नियन्त्रणमा लिएका जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी श्यामु अर्यालले जनाएका छन् । बुवा र छोरा अलग बस्दै आएपनि आँगन एउटै रहेको थियो । आफ्नो आँगनतर्फ बुवाले पालेको कुखुरा आएपछि विवाद भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
झापा, १८ बैशाख । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य घटेको को छ। यी सबै मुद्राको विनियमदर हिजो भने बढेको थियो। आज अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ८९ पैसा र बिक्रीदर १३५ रुपैयाँ ४९ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ १३ पैसा र बिक्रीदर १३६ रुपैयाँ ७३ पैसा थियो। गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो…
झापा, १८ बैशाख । नेपाल शिक्षक महासंघ र सरकारबीच ९ बुँदे सहमति भएको छ । शिक्षामन्त्री रघुजी पन्त र शिक्षक महासंघबीच ९ बुँदे सहमति भएको हो । सहमति भएका विषयहरू मन्त्रिपरिषदबाट पारित भएपछि कार्यान्वयनमा आएका हुन् । ७ बुँदाको जगमा टेकेर शिक्षा मन्त्रालयले सहमति गरेको हो । त्यसका लागि शिक्षामन्त्री पन्तले निर्तमान शिक्षामन्त्री विद्या भट्टराईलाई धन्यवाद दिए । यी हुन् ९ बुँदे सहमति१. शिक्षकहरूको स्वास्थ्य उपचारका सम्बन्धमा काठमाडौँमा अवस्थित निजामती अस्पतालमा सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारीलाई सहुलियत उपलब्ध गराउने व्यवस्था गर्ने ।२. अस्थायी प्रकृतिका शिक्षक – राहत,अस्थायी, साबिक उमावि, सिकाई अनुदान, प्राविधिक धार, विशेष शिक्षा र बाल विकास सहजकर्ताको बिरामी…
झापा, १८ बैशाख । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ। कोशी, बागमती, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउसो देशभर आंशिक देखि साधरणतया बदली रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका हिमाली भूभागका थोरै स्थानहरूमा हिमपातको पनि सम्भावना…
झापा, १८ बैशाख । आज मे दिवस अर्थात् यस वर्षको १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक वर्ष मे १ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । विश्वभरका मजदुरले यस दिवसलाई पर्वका रूपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले यो दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै आएका छन् । यसपटक पनि नेपालमा समेत विभिन्न मजदुर सङ्गठनले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउँदैछन् । सन् १८८६ मे १ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’…
झापा, १८ बैशाख । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमका अनुसार बुधबार रातिदेखि लागू हुने गरी प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्टितेलमा १ रुपैयाँ, हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर ४ रुपैयाँ र हवाइ इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रतिकिलो लिटर २९ अमेरिकी डलरका दरले घटाइएको हो। हवाइ इन्धन अन्तर्राष्ट्रियतर्फ पोखरा र भैरहवाका लागि ब्रेक इभन प्वाइन्टमा बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ। खाना पकाउने ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत् छ। इन्डियन आयल कर्पोरेसनबाट पेट्रोलियमको नयाँ खरिद मूल्य घटेर आएको थियो। जसअनुसार प्रतिलिटर पेट्रोलमा २.१६, डिजेलमा १.३०, हवाइ इन्धनमा ४.३३ र प्रतिसिलिन्डर एलपी ग्यासमा १५.७० रुपैयाँ घटेर…
शिवसताक्षी, १७ बैशाख । झापाको धार्मिक तथा पर्यटकीय क्षेत्र दोमुखामा १०८ ढुंगे धारा निर्माणका लागि भुमीपुजन सहित शिल्यान्यस गरिएको छ । शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रा र उपप्रमुख नरमाया कार्कीले १०८ धाराको शिल्यान्यस गरेका हुन् । शिवसताक्षी–१० स्थित दोमुखा धार्मिक तथा पर्यटकीय विकास संस्थाले धार्मिक पर्यटकीय अवधारणामा दोमुखालाई विकास र प्रवर्द्धन गर्ने लक्ष्यसहित जलधारा निर्माणका लागि आज भूमी पुजन र साँझ सवा लाख बत्ती बालेर ढुंगे जालधारा निर्माण सुरु गरिएको संस्थाका अध्यक्ष धनप्रसाद लावतीले बताए । अध्यक्ष लावतीले मुक्तिनाथ धामको शैलीमा १०८ धारा निर्माण गरिने र मुक्तीनाथ जान नसक्ने भक्तजनहरुले जलधारामा स्नान गरे पुन्य प्राप्त हुने विश्वास गरिएको जानकारी दिए…