
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, ७ असार । झापाका विभिन्न सञ्चारकर्मी प्रेस सेन्टर नेपालमा प्रवेश गरेका छन् । प्रेस सेन्टर नेपाल झापाको आयोजनामा शनिबार दमकमा आयोजित कार्यक्रममा चन्द्रमान राईको नेतृत्वमा छ जना सञ्चारकर्मी प्रेस सेन्टर नेपालमा प्रवेश गरेका हुन् । मानुसी मिडिया प्रालिद्वारा सञ्चालित नेपाल एक्सप्रेस मिडियाका सञ्चालक राईको नेतृत्वमा गणेश भट्टराई, आयुस्मा परियार, उमेश खत्री, फ्रिपेश श्रेष्ठ र किस्मिका पोखरेल प्रेस सेन्टर नेपालमा प्रवेश गरेका छन् । उनीहरुलाई नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो ‘मौसम’, प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव दिपीन राई, केन्द्रीय सदस्य राम योङहाङ, पूर्वकेन्द्रीय सचिव विमल लामिछाने, प्रदेश सचिव डिकेश लामा, झापा…
बुधबारे, ७ असार । झापाको बुद्धशान्ति गाउँपालिका–४ स्थित टिमाई खोलामा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने पाँच वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । आज झापा बुद्धशान्ति– ४ स्थित टिमाई खोला ट्याक्टरहरुले नदीजन्य पदार्थ ढुङ्गा अवैध रुपमा ओसार–पोसार गर्दै गरेको अवस्थामा अस्थायी प्रहरी चौकी मंगलबारे खटिएको गस्ती टोलीले मे १ त ५१३५, मे १ त ७३७२, मे १ त ७५४३, मे १ त ५४४६ र मे १ त २४६१ प्लेट नम्बरका ट्याक्टर नियन्त्रणमा लिएको थियो । ती पाँच वटै ट्याक्टरलाई अस्थायी प्रहरी चौकी मंगलबारे झापामा ल्याएर आवश्यक कारबाहीका लागि बुद्धशान्ति गाँउपालिकाको कार्यालय बुधबारे झापा पठाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको…
बिर्तामोड, ७ असार । बिर्तामोड नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १ का वडाअध्यक्ष अग्निप्रसाद पाण्डेले २०८३ साउन १ गते भित्र वडा नम्बर १ लाई बालमैत्री वडा घोषणा गर्ने बताउनु भएको छ । बिर्तामोडलाई बालमैत्री पालिका घोषणा गर्ने अभियान अन्तर्गत आज वडा नं. १ को कार्यालयमा एक दिवसीय अभिमुखीकरण कार्यक्रममा बोल्दै उहाँले आगामी दिनमा बाल श्रम तथा बाल दुर्व्यवहारमुक्त वडा निर्माण गर्ने प्रतिबद्धता जनाउनु भयो। कार्यक्रम बिर्तामोड नगरपालिका महिला, बालबालिका तथा सामाजिक कल्याण शाखाको आयोजनामा भएको कार्यक्रममा बालमैत्री पालिका घोषणासम्बन्धी जानकारी र स्थानीय शासनको भूमिकाबारे छलफल गरिएको छ । कार्यक्रममा प्रशिक्षक भरत कुसुवारले सहभागीहरूलाई बाल अधिकार, सुरक्षाको उपाय, शिक्षा, स्वास्थ्य तथा…
झापा, ७ असार । अन्तर्राष्ट्रिय योग दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ । संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णय अनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्रदामोदरदास मोदीले संयुक्त राष्ट्र सङ्घको ६९ औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गर्नुभएको थियो । सो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियन लगायत संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका…
चन्द्र बस्नेतकनकाई, ७ असार । झापाको कनकाई नगरपालिका वडा नम्बर ७ ले वडामा रहेको सामुदायिक विद्यालयमा अध्ययनरत छात्रछात्रालाई साइकल वितरण गरेको छ। वडाका सामुदायिक विद्यालयमा अध्यनरत आदिवासि जनजाति विद्यार्थीलाई शुक्रबार वडा कार्यलयमा एक संक्षिप्त कार्यक्रमको आयोजना गर्दै साइकल वितरण गरिएको हो । आदिवासि जनजाति महासंघ वडा समन्वय समिति तथा वडाका १० वटै टोलको सिफारिसको आधारमा सामुदायिक विद्यालयमा अध्ययरत १२ जना छात्रछात्रालाई साइकल वितरण गरिएको वडा अध्यक्ष भीष्मभुषण सिटौलाले जानकारी दिनुभयो । वडामा प्राप्त बजेटको सदुपयोग गर्दै सकेसम्म काम गरिएको उहाँले बताउनुभयो । वडामा भौतिक पूर्वधार अन्तर्गत सडक निर्माण देखि युवा, विद्यार्थी, विपन्न, महिला, दलित, अल्पसंख्यक तथा पिछडिएको वर्ग, जेष्ठ नागरिक,…
झापा, ७ असार । ढुङ्गा प्रहारबाट झापाको कमल गाउँपालिकामा एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका–४ का ३५ वर्षीय सूर्यविक्रम लिम्बू रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी प्रमुख राजन लिम्बूका अनुसार बिहीबार साँझ ५ः३० बजे मृतक लिम्बू र सोही ठाउँका ३७ वर्षीय देवेन्द्र लावतीबीच एकापसमा विवाद भएको थियो । दुवैले मादकपदार्थ सेवन गरेका र झगडाका क्रममा देवेन्द्र लावतीको ढुङ्गा प्रहारबाट सूर्यविक्रम गम्भीर घाइते भएका थिए । घाइतेलाई दमकको लाइफलाइन अस्पताल ल्याई सामान्य उपचारपश्चात थप उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल पठाइएकामा उपचारका क्रममा आज मृत्यु भएको उहाँले जानकारी दिनुभयो । लावतीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान…
झापा, ७ असार । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज ९असार ७, शनिबार० को सम्भावित वर्षाबारे जानकारी दिएको छ । महाशाखाले बिहान ६ बजे जारी गरेको संक्षिप्त बुलेटिनअनुसार आज दिउँसो देशको पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा, हिमपातको सम्भावना छ । आज राति देशको पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।…
झापा, ६ असार । यस वर्षको मनसुन प्रणाली आजदेखि देशभर फैलिएको छ । मौसम पूर्वानुमान महाशाखाले आज विशेष मौसम बुलेटिन निकालेर २३ दिनपछि मनसुन देशभर फैलिएको जनाएको हो । यस वर्षको मनसुन जेठ १५ गते देशको पूर्वी भागबाट प्रवेश गरी कोशी प्रदेशको अधिकांश भूभागमा विस्तार भएकामा जेठ २९ गते मधेस, बागमती र गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका केही भागसम्म विस्तार भएको थियो । मौसमविद् प्रतिमा मानन्धरले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आजदेखि मनसुन फैलिएसँगै अब देशभर मनसुन सक्रिय रहने बताइन् । ‘हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रमा मनसुनी…
दमक, ६ असार । झापाको दमकबाट लागुऔषध कारोबार गरिरहेका अवस्थामा चार जना युवालाई प्रहरीले पक्राउ गरेको छ । दमक नगरपालिका–५ बाट आज बेलुका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । यस्तो छ प्रहरीको रिपोर्ट – मिति २०८२।०३।०६ गते अन्दाजी २०:०० बजेको समयामा जिल्ला झापा दमक न.पा. वडा न.५ सृष्टी टोल स्थित देवु गडर्तौलाको टाडे घरको भुई तल्लाको कोठामा डेरा गरी बस्ने जिल्ला झापा गौरादह न.पा. वडा न. ४ धोबिने बस्ने केदार दर्जीको छोरा हाल जिल्ला झापा दमक न.पा वडा न. ५ बस्ने वर्ष २४ को अनुभव दर्नाल लगाएतका निम्न स्थान बस्ने निम्न मानिसहरु उक्त कोठामा भेला जम्मा भई लागु औषधको बिक्री…
झापा, ६ असार । झापाको मेचीनगरस्थित काँकरभिट्टा बसपार्क क्षेत्रबाट एक भारतीय नागरिक हतियारसहित पक्राउ परेका छन्। गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको टोलीले भारतको दुर्गानगर सिलिगुडीका ३५ वर्षीय जय प्रकाश कुमार पाठकलाई पक्राउ गरेको हो ।उनलाई WB 70 G 3232 नम्बरको TUV300 गाडीको साथमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। गाडी चेकजाँचका क्रममा चालक सिटमुनी लुकाइराखिएको एक थान कालो रंगको STAR RX एयर पेस्तोल, सोही पेस्तोलको म्याग्जिनमा ५ थान एयर बुलेट र चालक सिटको दुबै छेउमा लुकाइएको दुई थान खुकुरी फेला परेको हो । त्यस्तै, पाठकको साथबाट रेडमी र सामसुङ कम्पनीका दुई थान मोबाइल, परिचय खुल्ने कागजातहरू र गाडीको…