झापा, ६ असार । झापाको मेचीनगरस्थित काँकरभिट्टा बसपार्क क्षेत्रबाट एक भारतीय नागरिक हतियारसहित पक्राउ परेका छन्।
गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको टोलीले भारतको दुर्गानगर सिलिगुडीका ३५ वर्षीय जय प्रकाश कुमार पाठकलाई पक्राउ गरेको हो ।उनलाई WB 70 G 3232 नम्बरको TUV300 गाडीको साथमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।



गाडी चेकजाँचका क्रममा चालक सिटमुनी लुकाइराखिएको एक थान कालो रंगको STAR RX एयर पेस्तोल, सोही पेस्तोलको म्याग्जिनमा ५ थान एयर बुलेट र चालक सिटको दुबै छेउमा लुकाइएको दुई थान खुकुरी फेला परेको हो ।
त्यस्तै, पाठकको साथबाट रेडमी र सामसुङ कम्पनीका दुई थान मोबाइल, परिचय खुल्ने कागजातहरू र गाडीको आरसी बुकसमेत बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।
हाल उनलाई नियन्त्रणमा लिई ईप्रका काँकरभिट्टामा राखी थप अनुसन्धान भइरहेको छ।


