बुधबारे, ७ असार । झापाको बुद्धशान्ति गाउँपालिका–४ स्थित टिमाई खोलामा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने पाँच वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।
आज झापा बुद्धशान्ति– ४ स्थित टिमाई खोला ट्याक्टरहरुले नदीजन्य पदार्थ ढुङ्गा अवैध रुपमा ओसार–पोसार गर्दै गरेको अवस्थामा अस्थायी प्रहरी चौकी मंगलबारे खटिएको गस्ती टोलीले मे १ त ५१३५, मे १ त ७३७२, मे १ त ७५४३, मे १ त ५४४६ र मे १ त २४६१ प्लेट नम्बरका ट्याक्टर नियन्त्रणमा लिएको थियो ।



ती पाँच वटै ट्याक्टरलाई अस्थायी प्रहरी चौकी मंगलबारे झापामा ल्याएर आवश्यक कारबाहीका लागि बुद्धशान्ति गाँउपालिकाको कार्यालय बुधबारे झापा पठाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Facebook Comments Box


