jhapaonline add

विराटनगर, १७ बैशाख । विराटनगर महानगरपालिका–१३ बाट भारतीय ५ सय दरका ७ थान नक्कली नोटसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । भारत बिहार अररिया बस्ने १९ वर्षीया सिम्पी बैसन्तिलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो । सोही ठाउँस्थित किराना पसलमा सिम्पीले सामान किने पश्चात् नक्कली नोट दिएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोट सहित पक्राउ गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Read More

झापा, १७ बैशाख । झापाको मेचीनगर नगरपालिका–१३ प्रगति सामुदायिक वनस्थित पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । आज साँझ ५ः३० बजेको समयमा दुर्घटना भएको थियो । बिर्तामोडबाट चारआलीतर्फ जाँदै गरेको ना ३ ख २३५३ को ट्रकले सोहि दिशातर्फ जाँदै गरेको मे ८ प ६४९८ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाईकल चालक अर्जुनधारा नगरपालिका–१० अन्दाजि ६८ बर्षिय टंकप्रसाद बराल गम्भिर घाईते भएका थिए । घाइते उनलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएको थियो । अस्पताल पुग्ना साथ ६ः२० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको छन् । शव सोही अस्पतालमा रहेको र ट्रक चालक पाँचथरको फिदिम…

Read More

कनकाई, १७ बैशाख । झापाको कनकाई नगरपालिका–४ स्थित इलुवाबारीमा कवर्ड हल निर्माण हुने भएको छ । कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले आज एक कार्यक्रमका बीच कवर्ड हलको शिलान्यास गर्नुभयो । संघीय सरकारले प्रदान गरेको बजेटबाट ‘तुर्सा हेमरम कवर्ड हल’ निर्माण हुने भएको हो । कवर्ड हलको शिलान्यास गर्नुहुँदै नगर प्रमुख पोखरेलले नगर क्षेत्रमा सुविधा सम्पन्न कवर्ड हल आवश्यक रहेको बताउनुभयो । “खेलकुदका लागि खेल मैदान भए पनि पर्याप्त कवर्ड हल छैन”, उहाँले भन्नुभयो, “राष्ट्रिय र अन्तर्राष्टियस्तरको कुनै खेल खेलाउनु पर्दा हामीसँग पूर्वाधार छैन ।” खेलकुदसँग सम्बन्धित थप पूर्वाधार निर्माणका लागि सरोकारवाला निकायसँग पहल भइरहेको उहाँले बताउनुभयो । कनकाई खेलकुद विकास…

Read More

बिर्तामोड, १७ बैशाख । जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठानले पूर्ण–टुङ्ग नागरिक सम्मान–२०८१ दुई जना झापालीलाई प्रदान गर्ने भएको छ । पूर्ण–टुङ्ग स्मृति प्रतिष्ठानको सहयोगमा प्रतिष्ठानले यही बैशाख २० गते झापाको मेचीनगर निवासी याम भण्डारी र भद्रपुर निवासी दिव्य भुर्तेललाई उत्कृष्ट नागरिक सम्मान प्रदान गर्ने भएको हो । प्रतिष्ठानले आज बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी उत्कृष्ट नागरिक सम्मान समर्पण कार्यक्रमबारे जानकारी दिएको छ । प्रतिष्ठानका अध्यक्ष गोपालकुमार बस्नेतले योग्यभन्दा योग्य व्यक्ति छनोट गरेर नागरिक सम्मान समर्पण गर्न लागेको बताउनुभयो । भद्रपुरमा मेची पुल निर्माणका लागि स्थानीयले संकलन गरेको २५ लाख रुपैयाँ २०२८ सालमा तत्कालीन युवराज वीरेन्द्रवीर विक्रम शाहमार्फत महेन्द्रलाई पठाइएको थियो…

Read More

शिवसताक्षी,१७ बैशाख । झापाको शिवसताक्षीबाट दुई जना सडक मानवलाई उद्धार गरी मानव सेवा आश्रम पठाइएको छ । शिवसताक्षी वडा नं. ११ स्थित दुधे बजारबाट आज वेवारिसे दुई जना सडक मानवलाई शिवसताक्षी नगरपालिकाले उद्धार गरी मावन सेवा आश्रम काँकरभिटा पठाएको हो । दूधे बजारमा गएको तीन दिनदेखि बस्दै आएका भारतीय मुलका एक जना युवक र गएको एक महिनादेखि दूधेको पश्चिम बस स्टेण्डमा बस्दै आएकी एक युवतीलाई शिवसताक्षी नगरपालिकाल, वडा ११ को कार्यालय र इलाका प्रहरी कार्यालय झिलभिलेको सहयोगमा मानव सेवा आश्रम काँकरभिट्टा पठाइएको शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले बताइन् । शिवसताक्षीको दूधेबजारबाट दुई वेवरिसे मानवलाई शिवसताक्षी नगरपालिकाको गाडीमा आश्रममा पठाइएको थियो…

Read More

सन्तोष कुमार आत्रेयको निर्देशनमा फिल्म ‘शिवांश’ निर्माण हुने भएको छ । अक्षय तृतीयाको अवसर पारेर बुधबार एक पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरिएको हो । पोस्टरमा ‘च्याप्टर एक’ उल्लेख गरिएको छ । अर्थात् फिल्मको दोस्रो भाग पनि निर्माण हुनेछ । ‘शिवांश’को अर्थ भगवान् शिवको एक अंश भन्ने हुन्छ । सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकार प्रवीण खतिवडा फलामको साङ्लोले बाँधिएको अवस्थामा चित्रित छन् । उनको अनुहारको आधा भाग मात्र देखाइएको छ । पोस्टरमा अर्का एक पुरुष पात्रलाई अग्लो स्थानबाट घना बस्तीतिर हेर्दै गरेको देख्न सकिन्छ । र, उनको अगाडि आगोको चक्र छ । यसले शक्ति संघर्षको कथामा फिल्म आधारित रहेको…

Read More

१. बिहान उठेर कागती पानी पिउने गर्नाले शरीरको बिकार पदार्थ निकाल्नुका साथै स्फूर्ती पैदा गर्छ । यसले खाना पचाउने काम समेत गर्छ । २. कागती भिटामिन सी तत्वको भण्डार हो । जसमा एन्टी अक्सिडेन्टको गुण पनि हुन्छ । जसले त्वचाको दाग धब्बा हटाएर निखार लेराउने काम गर्छ । ३. कागती पानीले शरीरमा पाचन रसको उत्पादनमा सहयोग गर्छ । पाचन प्रणालीलाई स्वस्थ राख्न मद्दत गर्दछ । ४. शरीरको विभिन्न जोर्नीमा हुने दुखाईलाई कागती पानीले कम गर्छ । ५. कागती पानीले मुख गन्हाउने समस्या समाधान गर्न मद्दत गर्छ । ६. कागतीमा पाईने भिटामिन सी र पोटाशियमले रोगसँग लड्ने क्षमताको वृद्धि गर्छ ।…

Read More

झापा, १७ वैशाख। स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु ७०० ले घटेको छ । मङ्गलबार प्रतितोला रु एक लाख ८८ हजार ८०० मा कारोबार भएको पहेँलो धातु रु एक लाख ८८ हजार १०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको मूल्य प्रतितोला रु ५ ले घटेर एक हजार ९६५ कायम भएको छ । मङ्गलबार पनि सोही परिमाणको चाँदी रु एक हजार ९७० मा कारोबार भएको थियो ।

Read More

सुनसरी, १७ बैशाख । सुनसरीको हरिनगर गाउँपालिका–३ स्थितबाट लागूऔषध गाँजा ओसर पसारमा संलग्न सिटी सफारी सहित चालकलाई प्रहरीले पक्राउ गरेको छ । बैशाख १६ गते प्रहरी चौकी घुस्की र अस्थायी प्रहरी चौकी गौतमपुरबाट खटिएको प्रहरी टोलीले हरीनगर–३ गौतमपुर स्थितमा प्रदेश १.०२.००४ ह १६४३ नम्वरको सिटी सफारीलाई संका लागी चेकजाँच गर्ने क्रममा ४१ किलोग्राम गाँजा फेला पारेको हो । उक्त गाँजा बरामद भए संगै सिटी र चालक इनरुवा नगरपालिका–७ का ३० बर्षीय अमिर मियाँलाई प्रहरीले पक्राउ गरेको हो । गाँजा सहित पक्राउ परेका मियाँको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।

Read More

नेपालगन्ज, १७ वैशाख। आफ्नै नौ वर्षीय छोराको हत्या गरेर शवलाई जमिनमुनि गाड्ने आमा र सौतेला बुवालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरले दिएको जानकारी अनुसार कोहलपुर नगरपालिका ११ हरियाली मार्गमा कोठा भाडामा लिएर बस्दै आएका यशोदा बुढा र उनका दोस्रो पति निरकनाथ योगीले मिलेर आफ्नो नौ वर्षीय छोरा कुशल बुढाको हत्या गरेर शव जमिनमुनि गाडेको हुँदा उनीहरूलाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका निमित्त प्रहरी प्रमुख रेसमलाल पौडेलले कुशल बुढाको शव जमिनमुनि गाडिएको अवस्थामा भेटिएपछि सो घट्नाको अनुसन्धान गर्दै जाँदा सौतेला पिता निरकनाथ योगी र सहोदर आमा यशोदा बुढाले मिलेर बालकको हत्या गरी शव व्यवस्थापन…

Read More