हुम्ला, ४ असार । हुम्लाको सिमकोट गाउँपालिका–४ स्थित बुराउसेमा माटोको ढिस्कोमा पुरिँदा स्थानीय २३ वर्षीया सुवित्रा विकको मृत्यु भएको छ ।
निर्माणाधीन सडकमा ग्याबिन भर्ने उद्देश्यले जग खन्ने क्रममा अचानक माथिबाट माटोको ठूलो ढिस्को खस्दा उनको मृत्यु भएको हो । घटनामा गम्भीर घाइते भएकी विकको उपचारको क्रममा जिल्ला अस्पताल सिमकोटमा मृत्यु भएको हो ।
उक्त घटनामा पाँच जना घाइते भएका छन् । बाजुराको जगन्नाथ गाउँपालिका–१ का २५ वर्षीय पदम सार्की, सिमकोट गाउँपालिका–४ का अन्दाजी २२ वर्षीया शर्मिला विक, सिमकोट गाउँपालिका–४ का ५४ वर्षीया हीरा लामा, ४० वर्षीय पेमा लामा र ५० वर्षीया डोल्मा लामा घाइते भएका छन् । उनीहरूको जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको छ ।
Facebook Comments Box


